अर्थतन्त्रमा ३ नम्बर प्रदेशको हिस्सा सबैभन्दा बढी, प्रदेश नम्बर ३ मा बस्ने धनी, ७ नम्बरका गरीब



काठमाडौं । चालु आर्थिक वर्षदेखि नेपाली अर्थतन्त्रको आकार ३० खर्ब रुपैयाँको पुगेको छ ।

राष्ट्र बैंकले देशको कुल ग्राहस्र्थ उत्पादन(जिडिपी)मा प्रदेश अनुसारको आकारको प्रतिवेदन सार्वजनिक गरेको छ ।

स अनुसार ३ प्रदेशको हिस्सा सबैभन्दा बढी ३१.९ प्रतिशत रहेको छ । कर्णाली प्रदेशको हिस्सा सबैभन्दा कम ४.१ प्रतिशत रहेको छ ।

१ नम्बरको १७.५,२ नम्बरको,१६.२,४ को १०.५,५ को १३.४ र ७ प्रदेशको ६.२ प्रतिशत हिस्सा नेपालको अर्थतन्त्रमा देखिएको छ ।

यो वर्षदेखि नेपालीको औसत आय १ हजार ४ अमेरिकी डलर पुगेको छ । प्रदेशगत आधारमा ३ नम्बरमा बस्नेको आय देशको औसत आयभन्दा बढी रहेको छ । ३ नम्बरमा प्रदेशका बासिन्दाको औसत प्रतिव्यक्ति आय १५३४ अमेरिकी डलर रहेको छ ।

राष्ट्र बैंकको अध्ययन प्रतिवेदन अनुसार २ नम्बर,५ नम्बर,कर्णाली र ७ प्रदेशमा बस्नेको आय देशको औसत आयभन्दा कम छ ।

१ नम्बर,३ नम्बर र ४ नम्बर प्रदेशमा बस्नेको आय देशको भन्दा बढी छ । १ नम्बर प्रदेशमा बस्नेको १०२४ र ४ नम्बरको १०२१ अमेरिकी अमेरिकी डलर औसत आय रहेको छ ।
यस्तै २ नम्बरको ७९९,५ नम्बरको ८६८,कर्णालीको ६७७ र ७ नम्बरको ६६० अमेरिकी डलर औसत आय रहेको छ ।

‘देशको कुल गार्हस्थ्य उत्पादनमा प्रदेशगत अशंको अन्तर ठूलो रहेको छ, प्रदेश नम्बर ३ सबैभन्दा बलियो रुपमा छ’राष्ट्र बैंकले आफ्नो प्रतिवेदनमा भनेको छ ।
प्रदेश अनुसार कृषि क्षेत्रको योगदान १ नम्बर प्रदेशमा सबैभन्दा बढी देखिन्छ ।

सबैभन्दा कम कर्णाली प्रदेशको रहेको छ । उद्योग र सेवा क्षेत्रमा सबैभन्दा बढी योगदान ३ नम्बर प्रदेशको रहेको छ । सबैभन्दा कम कर्णाली प्रदेशको रहेको छ ।
आर्थिक रुपले सक्रिय जनसंख्या सबैभन्दा बढी प्रदेश नम्बर १ मा ४३ प्रतिशत छ । सबैभन्दा कम २ प्रदेशमा ३१ प्रतिशत रहेको छ ।


क्लिकमान्डु