के तपाईलाई थाहा छ ? यस्ता छन् विश्वकपका रोचक पक्ष



काठमाडौं । विश्व फुटबलको महासंग्राम आउन तीन केही दिन मात्रै बाँकी छ । महासंग्राममा कसले जित निकाल्ला , के नयाँ कीर्तिमान कायम होला ? भन्ने जिज्ञासा विश्वभर नै उत्पन्न भइरहेको छ ।

विगतमा भएका विश्वकप फुटबलका केही रमाइला र रोचक पक्षलाई यस आलेखमा समेट्ने प्रयास गरिएको छ ।

विश्वकपका कसको कति जित ?

हालसम्म विश्वकप विजेताको सूचीमा ब्राजिल शीर्ष स्थानमा रहेको छ । उसले पाँच पटक विश्वकप जितेको छ । अन्तिम पटक उसले सन् २००२ मा विश्वकप जितेको थियो । सन् २०१४ मा ब्राजिलले विश्वकप आयोजना गरेको थियो। तर सेमीफाइनलमा ७–१ गोलको ठूलो अन्तरले पराजित भयो ।

युरोपेली र दक्षिण अमेरिकी देशबाहेक अरूले अहिलेसम्म विश्वकपको उपाधि उचालेका छैनन् । जर्मनी, स्पेन र इटलीले पछिल्ला तीन प्रतियोगिता जितेपछि युरोपेली देशको पोल्टामा विश्वकप ११ चोटि र दक्षिण अमेरिकाको पोल्टामा जम्मा ९ पटक पुगेको छ ।

सर्वाधिक गोल गर्ने खेलाडी

जर्मनीका मिरोस्लाभ क्लोज सबैभन्दा बढी गोल गर्ने खेलाडीको रुमपा परिचित छन् । उनले विश्वकपमा १६ गोल गरेर कीत्र्तिमान कायम गरेका छन् ।

सन् २०१६ मा खेलबाट सन्यास लिएको भए पनि उनी यसपालि जर्मनीको टोलीमा सहयोगी प्रशिक्षकको रुपमा रुस पुगेका छन् ।

यस्तै १५ गोल गरेका ब्राजिलका रोनाल्डो दोस्रो स्थानमा रहेका छन् । उनले २००२ को विश्वकपमा ८ गोल गरेका थिए ।

एउटै प्रतियोगितामा धेरै गोल गरेको कीर्तिमान भने फ्रान्सका जुस्ट फोँतेनको नाममा रहेको छ । उनले सन् १९५८ को विश्वकपका ६ खेलमा १३ गोल गरेका थिए ।

हालका खेलाडीको कसको कति गोल ?

दश वा सोभन्दा बढी गोल गरेका खेलाडीमध्ये जर्मनीका थोमस मुलर मात्र खेलाडीका रूपमा यो विश्वकपमा सहभागी भएका छन् ।
म्युलरले एउटै प्रतियोगितामा ५ गोल गरेको आफ्नै कीर्तिमान ब्रेक गर्न सक्ने अनुमान पनि गरिएको छ ।

गत विश्वकपमा कोलम्बियाका खेलाडी हामेस रोद्रिगेसले गोल्डन बूट जितेका थिए । यसपालि पनि उस्तै प्रदर्शन गर्नसके सर्वोत्कृष्ट खेलाडीको रूपमा उनले आफूलाई प्रमाणित गर्ने अवसर प्राप्त भएको छ ।

गोलकर्ताको सूचीमा भएका एक मात्र डिफेन्डर मेक्सिकोका राफाएल मार्केस पनि छन् । ३९ वर्षीय खेलाडी ५ औं पटक विश्वकपमा सहभागी भएका छन् । उनीसँगै र पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले तीन, तीन गोल गरेका छन् ।

इङल्यान्डका उच्च तीन लिगका विभिन्न क्लबमा अनुबन्धित १३० जना खेलाडीहरू विश्वकपमा छानिएका विभिन्न टोलीमा परेका छन् ।
जबकी स्पेनी क्लबका ८१ र जर्मन क्लबका ६७ खेलाडी त्यसरी खेल्दैछन्। उरुग्वे, पनामा, सउदी अरब र रुस मात्र ती देश हुन् जसको टोलीमा इङल्यान्डका कुनै क्लबबाट खेल्ने खेलाडी परेका छैनन् ।

इङल्यान्डको टोलीका सबै २३ जना खेलाडी उही लिगमा खेल्छन्। यस्तै स्वीडन र सेनेगलका टोलीमा भने ती देशका घरेलु लिगमा खेल्ने एउटा पनि खेलाडी परेका छैनन ।

कस्तो होला रुसको नतिजा

ब्राजिलले दुई पटक विश्वकप आयोजना गर्दा कस्तो परिणाम आएको थियो त्यो ब्राजिलमा कसैलाई पनि सम्झाइराख्नु पर्दैन। सन् १९५० मा सानो छिमेकी देश उरुग्वेसँग बेहोरेको पराजय अनि सन् २०१४ मा जर्मनीसँग ७–१ ले भएको हार उसको लागि सबैभन्दा पीडाको विषय बनेको थियो ।

तर अधिकांश अन्य देशले घरेलु समर्थन पाउँदा राम्रो प्रदर्शन गर्ने गरेको पाइन्छ । रुस पनि त्यही आशामा छ । उसले आफ्नो समूहमा रहेका उरुग्वे, इजिप्ट र साउदी अरबलाई उछिनेर दोस्रो चरणमा जाने आशा राखेको छ ।

त्यसो भयो भने दक्षिण अफ्रिकामात्र त्यस्तो देश हुनेछ जसले आफ्नै भूमिमा आयोजित विश्वकप प्रतियोगितामा पहिलो चरणबाटै बाहिरिनु परेको थियो ।
यसपटको विश्वकपमा ब्राजिल, अर्जेन्टीना, जर्मन, स्पेन, फ्रान्सलाई प्रमुख दावेदारको रुपमा लिएको छ । बिबिसिको सहयोगमा


पुष्प दुलाल