कुन देशमा कति आयकर ? अर्थमन्त्रीका दावी के कति मिल्यो ?



काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले आयकर बढी लगाइएको विषयमा आइतबारको संसदमा बचाऊ गर्दै यूरोपेली देशमा ५० प्रतिशत बढी आयकर लगाइएको दृष्टान्त पेश गरे ।

प्रतिपक्षी दलका सांसदले बढी कर लगाइएका कारण औद्योगिक वातावरण बिग्रिएको तथा लगानीका लागि समेत समस्या पर्ने बताइरहँदा अर्थमन्त्री खतिवडाले त्यसको प्रतिवाद गरेका थिए । उनको दावी थियो – बढी कमाउने ले बढी नै कर तिर्नु पर्दछ ।

उनले आफूहरूले धेरै कमाउनेसँग धेरै कर लिने र कम आय हुनेसँग कम नै लिन लागेको बताएका थिए ।

न्यूनतम आय भएको वर्गलाई १० प्रतिशत मात्रै कर लगाइएको र प्रभावकारी करको दर ३५/३६ प्रतिशत मै सिमित गरेको र त्यो विगतको वर्षहरुकै अनुपातमा रहेको दावी गरेका थिए ।

उनले पटक संसारका विभिन्न मुलुकको नाम लिदै उनीहरुको तुलनामा कर कम रहेको दावी गरेका थिए ।

उनले भनेका थिए –धेरै विकसित मुलुकहरूमा आयकरका दरहरू ४० देखि ५० प्रतिशतभन्दा बढी नै रहेको र त्यहाँ निजी क्षेत्र निरुत्साहित नभएको जिकिर गरेका थिए ।

विकासका लागि आम्दानी गर्नेले नै कर तिर्नुपर्न भन्दै उनले ऋण लिएर विकास निर्माण गर्न नसकिने दावी गरेको थिए ।

संस्थागत रुपमा तिर्नुपर्ने करहरू यथावत नै रहेकोले लगानीकर्ताले करको विषयमा निरुत्साहित हुने अवस्था नभएकोमा उनले बताएका थिए ।
उनले दावी गरेको संसारका केही बढी आयकर लिने मुलुकहरुको तथ्यांक प्रस्तुत गरिएको छ ।

जापनका नागरिकले ५५.९५ प्रतिशत आयकर तिर्ने गरेका छन् । यस्तै नेदरल्याण्डमा आयकरको मात्रा ६० प्रतिशत रहेको छ ।

यस्तै जर्मनीमा ५७ प्रतिशत, अष्ट्रेलियामा ४७ प्रतिशत, चीनमा ४५ प्रतिशत, फ्रान्समा ५९.६, स्पेनमा ५६, बेलायतमा ५० प्रतिशत, इटालीमा ५१ प्रतिशत, दक्षिण कोरियामा ४०, स्वीटजरल्याण्डमा ४०.४ अमेरिकामा ३९.६ प्रतिशत आयकर तिर्नुपर्दछ ।

छिमेकी देश भारतमा ३५.५४ , मेक्सिकोमा ४०, टर्कीमा ४०, क्यानडामा ३५, इन्डोनेशियामा ३५, ब्राजिलमा २७.५ र रसियामा १३ प्रतिशत आयकर तिर्नुपर्दछ ।


क्लिकमान्डु