हाम्रा सहर मासु र रक्सी बेच्ने केन्द्र मात्रै नबनुन्




अहिले देशभर सहर विकास गर्ने चर्चा चुलिएको छ । सरकारले केही दिन अघि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा पनि संभावनाका आधारमा मेगा सहर विकास गर्ने उल्लेख गरेको छ । कतिपय स्थानमा सहर विकास र निर्माणको लागि काम पनि सुरु भईसकेको छ ।

सहर विकास हुनु राम्रो कुरा हो । तर त्यो सहरले आफु भित्र के बोक्छ भन्ने अर्को प्रश्न र चुनौति हो । जुन अहिले गौण देखिएको छ ।

सहर र पहिचान
हरेक स्थानको आफ्नै पहिचान हुन्छ । पहिचान सांस्कृति, धार्मीक, जातीय र आर्थिक गरी भिन्न भिन्न हुन सक्छ । मानिसहरु सहरमा बासोबास गर्न आईसकेपछि उसका केही पहिचान गौण बन्छन् ।

गाउँमा बसोबास गर्ने मानिसहरुको सामुहिक परिचय र पहिचान हुन्छ । गाउँको वा समुदायको सांस्कृतिक, जातीय तथा धार्मिक र आर्थिक पहिचान र परिचय हुन्छ । तर सहरसँग कुनै एउटा मात्रै परिचय हुँदैन । प्राचिनकालका सहरसँग भने केही निश्चित पहिचान र परिचय हुन्थे, जसको आधारमा ती सहर विकास र विकसित भएका हुन्थे । तर आजको युगमा एउटा सहरको एउटै मात्र पहिचान संभव छै्रन ।

राणाकालमा बडा हाकिम बस्ने स्थानलाई गौँडा भनिन्थ्यो । गौँडा भनेको त्यतिखेरको प्रशासनिक काम कारबाहीका लागि तोकिएको स्थान हो । यी गौँडाहरु पछि जिल्लाका सदरमुकामका रुपमा विकसित भए । जो सहरकै एउटा रुप हुन् । यसरी प्रशासनिक काम कारबाहीका लागि तयार पारिएका क्षेत्रहरु पछि सहरको रुपमा विकसित भएका छन् ।

लिच्छवी कालमा नै काठमाडौं उपत्यका सहर थियो । भारत तिब्बत व्यापारिक मार्गको रुपमा काठमाडौं विकसित भएको थियो । त्यतिखेर काठमाडौं व्यापारिक केन्द्रको रुपमा विकास भएको सहर थियो । उपत्यकाको कृषि उत्पादनले यहाँका बासिन्दालाई खान लाउन पुग्थ्यो । र, अन्य अर्थतन्त्र व्यापारले धानिन्थ्यो । त्यही लिच्छवीकालमा नै उपत्यकालाई सांस्कृतिक सहरको रुपमा पनि विकास गरियो । व्यापार र कृषिले अर्थतन्त्र धानेको थियो । र, यहाँका शासकलाई आफ्नो पहिचान निर्माण गर्नु थियो । त्यही पहिचान र परिचयको खोजी तथा विकासको क्रममा यो सहर सांस्कृतिक रुपमा विकसित भयो ।

राणाकालमा बडा हाकिम बस्ने स्थानलाई गौँडा भनिन्थ्यो । गौँडा भनेको त्यतिखेरको प्रशासनिक काम कारबाहीका लागि तोकिएको स्थान हो । यी गौँडाहरु पछि जिल्लाका सदरमुकामका रुपमा विकसित भए । जो सहरकै एउटा रुप हुन् । यसरी प्रशासनिक काम कारबाहीका लागि तयार पारिएका क्षेत्रहरु पछि सहरको रुपमा विकसित भएका छन् ।

मानिस एक स्थानबाट अर्को स्थानमा जाँदा आफ्ना सास्कृतिक र धार्मिक मान्यता पनि बोकेर जान्छ । तर सहरमा एउटै सांस्कृतिक र धार्मिक परिचय र पहिचान बोेकेका मानिस हुँदैनन् । यसकारण सहर एउटै सांस्कृतिक र धार्मिक पहिचान बोकेर बस्दैन ।

यो नेपालको पहिलो सहरी विकासको उदाहरण हो । सुरुवाती दिनमा सहरको रुपमा विकास गर्ने धारणाबाट भन्दा पनि प्रशासनिक काम गर्ने उद्देश्यले तोकिएका क्षेत्रहरुमा मानिसको प्रवाह बढि हुन थालेपछि ती क्षेत्रहरु सहरको रुपमा विकास भए । यसरी ती क्षेत्रमा मानिसको बसाई सराई गरेर आउने प्रचलन पनि बढ्न थाल्यो । मानिसको प्रवाह धेरै हुने भएपछि स्वभाविक रुपमा व्यापार र सेवामुखी उद्योग धेरै चल्न थाले ।

मानिस एक स्थानबाट अर्को स्थानमा जाँदा आफ्ना सास्कृतिक र धार्मिक मान्यता पनि बोकेर जान्छ । तर सहरमा एउटै सांस्कृतिक र धार्मिक परिचय र पहिचान बोेकेका मानिस हुँदैनन् । यसकारण सहर एउटै सांस्कृतिक र धार्मिक पहिचान बोकेर बस्दैन ।

उदाहरणको लागि कैलालीको टिकापुर थारुहरुको बस्ती हो । टिकापुर पुनरवासको रुपमा विकास गरिएको सहर हो । यो सहरमा पहाडबाट बसाई सरेकाहरु पनि थारुको माघी पर्व मनाउँछन् । त्यसैगरी थारु पनि पहाडीहरुको पर्व मनाउँछन् ।

यसले के देखाउँछ भने सहरले भिन्नभिन्न संस्कृतिलाई समायोजन गर्छ । एउटै संस्कृति वा जातिको परिचय बोकेर सहर बस्न सक्दैन । सहर सांस्कृतिक रुपमा खुल्ला हुन्छ । अर्थात सहरले सबैप्रकारका संस्कृति र परिचयलाई अत्मसात गर्छ । सबैलाई स्विकार गर्छ । यसो हुँदा सहर परिचयको समायोजक बन्न जान्छ ।

अर्को महत्वपूर्ण कुरा सहरले मानिसलाई उसको धर्म, जाति वा संस्कृतीको रुपमा भन्दा पनि उसको ‘प्रोफेसन’को आधारमा चिन्छ । तर गाउँमा भने फलानाको छोरा, फलानको बुहारी भनेर परिचय बनेको हुन्छ । यस्तो परिचयले गाउँको जनजिवनलाई सहज पनि बनाउँछ । तर सहरमा हरेकको जीवन पैसामा निर्भर रहन्छ । पैसा कमाउनलाई कुनै न कुनै पेसा अपनाउनुपर्छ । त्यसकारण सहरमा पैसा र पेसाको आधारमा परिचय निर्माण हुन्छ । गाउँमा समाजिक सम्बन्ध र पहिचानले मानिसको परिचय निर्माण हुन्छ । सहरमा त्यसको ठिक विपरित वस्तु र सेवाले पहिचान र परिचय निर्माण गर्छ । यो निकै ठूलो समाजशात्रीय विषय हो ।

सहरमा को कसको छोरा वा नाति हो भन्दा पनि कुन मान्छेले के गर्छ भन्ने कुरा धेरै महत्वपूर्ण हुन्छ । त्यसकारण सहर चलायमान अर्थतन्त्रको लागि महत्वपूर्ण आधार बन्छ । सहर सबै प्रकारका परिचय बोकेका मानिसलाई स्वागत गर्छ । तर सहरले ती मान्छेलाई उसको सामाजिक परिचय भन्दा पनि पेसागत परिचयतर्फ धेरै उन्मुख गराउँछ ।

सहरमा को कसको छोरा वा नाति हो भन्दा पनि कुन मान्छेले के गर्छ भन्ने कुरा धेरै महत्वपूर्ण हुन्छ । त्यसकारण सहर चलायमान अर्थतन्त्रको लागि महत्वपूर्ण आधार बन्छ । सहर सबै प्रकारका परिचय बोकेका मानिसलाई स्वागत गर्छ । तर सहरले ती मान्छेलाई उसको सामाजिक परिचय भन्दा पनि पेसागत परिचयतर्फ धेरै उन्मुख गराउँछ । तसर्थ सहर अर्थतन्त्रको इन्जिन पनि हो ।

अर्कोतर्फ सहर सभ्यताको पनि परिचायक हो । गाउँबाट सहरमा आएपछि मात्रै धेरै कवि, लेखक, कलाकारको प्रतिभा उजागर भएको छ । नेपालमै पनि धेरे यस्ता कलाकार छन्, जो सहरमै आएर चर्तित भएका छन् । गाउँमा तपाईले लेख्नु भएको कविता वा कथाको त्यति धेरै चर्चा र महत्व हुँदैन, तर त्यही कुरा सहरमा महत्वपूर्ण हुन्छ ।

यति मात्रै होइन, सहरसँग आफ्नै अनुशासन पनि हुन्छ । जस्तो आजभोलि बाटोमा चुरोट खाँदै हिडन् पाईदैन । मेरो सम्पत्ति भन्दैमा मैले जे पनि गर्न पाउँदिन । यस अर्थमा सहरले मानिसलाई सभ्य र अनुशासित हुन पनि सिकाउँछ ।

सहरले सबै प्रकारका अवसर प्रदान गर्छ । मान्छेले आफ्नो आवश्यकता र क्षमता अनुसार अवसर प्राप्त गर्न सक्छ । प्रतिस्पर्धा गर्न सक्छ । सहरले मान्छेको वृत्ति विकासमा ठूलो योगदान गर्छ । यसर्थ सहर आवश्यक हुन्छन् । सहर कसैले चाहेर बन्ने पनि होइन । सहर समाजको आवश्यकता अनुसार आफै निर्माण हुने हो । सरकारले वा प्रशासनिक निकायले सहर बन्ने प्रक्रियालाई व्यवस्थित बनाउन सघाउने हो । सहरलाई दिगो विकासको मार्गतर्फ उन्मुख गराउने हो ।

भर्खर मात्रै खोकनाको विषय निकै चर्चामा आएको थियो । सहर र भौतिक पूर्वाधार विकास गर्ने नाममा वर्षौदेखिको परम्परा र पहिचान भने भत्काउनु हुँदैन । सभ्यता र संस्कृति समुदायको अस्तित्वको आधार हो । नेपालको हकमा भन्दा यहाँ धेरै प्राचिन सम्पदा र सभ्यता छन् । आजको समयमा हामी ती सभ्यता र सम्पदाको आडमा पर्यटन उद्योग सञ्चालन गरिरहेका छौं । पुरातात्विक सम्पदा एकातिर हाम्रो पहिचान बनिरहेका छन् भने अर्कोतिर हाम्रो आम्दानीको श्रोत पनि । बहुउपयोगी यस्ता सम्पदालाई मासेर कुनै पनि सहर वा देश सभ्य र विकसित बन्न सक्दैन । धर्म, संस्कृति, सभ्यता र विकास समानान्तर रुपमा लग्नुपर्छ ।

सहर र अर्थतन्त्र
सहरमा धेरै मान्छेको बसोबास हुन्छ । धेरै मानिस भएपछि वस्तु र सेवाको खपत पनि बढी हुन्छ । वस्तु र सेवा खपत गरेवापत उपभोक्ताले मूल्य तिर्नु पर्छ । धेरै मानिस भएपछि अवश्यकता फरक फरक हुन्छन् । सहर मानिसका सबै आवश्यकता परिपूर्ति गर्न सकिने थलो हो । तर हाम्रा सहरहरु मानिसका सबै आवश्यकता पुर्ति गर्ने तहका छैनन् । किन भने हामीसँग सेवा र वस्तु उत्पादन अझै पर्याप्त हुन सकेको छैन । हाम्रा सहर भारत र चीनको वस्तु खपत गर्ने केन्द्र मात्र भएका छन् ।

त्यसमाथि सहरको आफ्नै उत्पादन पनि छैन । यदि कुनै पनि सहरको आफ्नो उत्पादन छैन भने त्यो सहर खपत केन्द्र मात्रै हो । व्यापार र खपतले मात्रै कुनै पनि स्थानको अर्थतन्त्र दिगो र बलियो हुँदैन । तसर्थ सहर भन्ने वित्तिकै त्यहाँको आफ्नै उत्पादन हुनुपर्छ ।

त्यसमाथि सहरको आफ्नै उत्पादन पनि छैन । यदि कुनै पनि सहरको आफ्नो उत्पादन छैन भने त्यो सहर खपत केन्द्र मात्रै हो । व्यापार र खपतले मात्रै कुनै पनि स्थानको अर्थतन्त्र दिगो र बलियो हुँदैन । तसर्थ सहर भन्ने वित्तिकै त्यहाँको आफ्नै उत्पादन हुनुपर्छ ।

अहिले सरकारसँग ४० भन्दा धेरै सहर विकास गर्ने योजना छन् । यी सबै सहरको जनजिवन र अर्थतन्त्र कसरी सञ्चालन गर्ने भन्नेमा सरकारले सोचेको छैन । सहरमा मान्छे बसेर मात्रै हुँदैन, मान्छेले सेवा र सुविधा उपभोग गरेर मात्रै हुँदैन । सहरले आफै उत्पादन गरेर उपभोग गर्न सक्नु पर्छ ।

सहर रोजगारीको थलो हो । रोजगारीका लागि उत्पादन हुनै पर्छ । सेवा र व्यापारले धेरै रोजगारी प्रदान गर्न सक्दैन । सेवा र व्यापारले मुलुकको आर्थिक विकासका लागि आवश्यक अर्थतन्त्र पनि विकास गर्न सक्दैन । सेवा र व्यापार अर्थतन्त्रका दोस्रो तह हुन् । पहिलो तह भनेको उत्पादन नै हो । व्यापारले परनिर्भरता मात्रै बढाउँछ ।

अहिले सरकारसँग ४० भन्दा धेरै सहर विकास गर्ने योजना छन् । यी सबै सहरको जनजिवन र अर्थतन्त्र कसरी सञ्चालन गर्ने भन्नेमा सरकारले सोचेको छैन । सहरमा मान्छे बसेर मात्रै हुँदैन, मान्छेले सेवा र सुविधा उपभोग गरेर मात्रै हुँदैन । सहरले आफै उत्पादन गरेर उपभोग गर्न सक्नु पर्छ ।

अहिलेका हाम्रा सहरले रेमिट्यान्सबाट आएको पैसाले भारत तथा चीनको वस्तु मात्रै खरिद गरिरहेका छन् । अब विकास गर्ने सहर पनि यस्तै तरिकाले विकास गर्ने हो भने ती सहरभन्दा पनि विदेशी वस्तु खपत गर्ने केन्द्र बन्छन् । जसको असर मुलुकको अर्थतन्त्रमा पर्ने छ । तसर्थ अब विकास गरिने कुनै पनि सहरलाई उत्पादन केन्द्रीत सहरको रुपमा विकास गर्नुपर्छ । सहरलाई खपत केन्द्र भन्दा पनि उत्पादन केन्द्रको रुपमा विकास गर्न सकिएमा सहर र गाउँ दुवैको विकास हुन्छ ।

सहर र उत्पादन
सरकारले पनि एक सहर एक उत्पादन भन्दै सहर विकास गर्ने लक्ष्य लिएको छ । सरकारको यो कदम राम्रो हो । तर सबै सहरमा एउटा मात्रै वस्तु उत्पादन गर्न सकिन्छ भन्ने छैन । जस्तो पोखरा जस्ता सहरसँग पर्यटन उद्योग छ । जुन सेवा अन्तर्गत पर्छ, यसका अलवा पोखरामा रारा चाउचाउ पनि छ । सहरको आफ्नो संभावना र क्षमतालाई प्रयोग गरेर उत्पादनमा जोड दिनुपर्छ ।

अहिलेका हाम्रा सहरले रेमिट्यान्सबाट आएको पैसाले भारत तथा चीनको वस्तु मात्रै खरिद गरिरहेका छन् । अब विकास गर्ने सहर पनि यस्तै तरिकाले विकास गर्ने हो भने ती सहरभन्दा पनि विदेशी वस्तु खपत गर्ने केन्द्र बन्छन् ।

उदाहरणको लागि भक्तपुर जुजु धौको लागि प्रख्यात छ । खोकना तेलका लागि प्रख्यात छ । काठमाडौँको गुँदपाक कुनै समय प्रख्यात थियो । अछामको नौमुठे गाई । पाल्पाको ढाका टोपी । यस्ता विशेष उत्पादनको पहिचान बनाएका स्थानलाई तिनै उत्पादनमा केन्द्रीत गर्न सकिन्छ । र, ती उत्पादनको बजार सहर हुन्छ ।

कच्चा पदार्थ मात्रै संकलन गरेर सहरमा प्रसोधन गरेर बजारीकृत गर्न पनि सकिन्छ । समुदायका मानिसले बषौँदेखि उत्पादन गरिरहेको यस्ता सामाग्री उत्पादन गर्न लागत पनि कम लाग्छ, धेरै शीप सिकाउन पनि खर्च गर्नु पर्दैन । पहिलो चरणमा सहरलाई स्थानीय उत्पादनमै केन्द्रीत गराउनु पर्छ । थोरै लगानीमा यस्ता उत्पादन गर्न सकिन्छ ।

अर्को महत्वपूर्ण पक्ष भनेको हाम्रो देशको जडिबुटि हो । जडिबुटीलाई प्रसोधन गर्न सकिन्छ । कतिपय जडिबुटी थोरै मात्र प्रसोधन गरेर बजारमा पठाउन सकिन्छ । कतिपय चाहिँ जडिबुटीकै रुपमा प्रयोग गर्न सकिन्छ । कतिपय जडिबुटी पूर्ण प्रसोधन गरेर औषधी बनाउन सकिन्छ ।

उदाहरणको लागि तराईका सहरमा साबुन उत्पादन गर्ने, जसको लागि कच्चा पदार्थ पहाडका सहरले संकलन गर्ने, अनि त्यो साबुन देशभरका सहरमा पठाउन सकिन्छ । पर्यटकीय सेवा दिन सहरका होटलको प्रत्येक कोठामा त्यस्तो साबुन प्रयोग गर्न सकिन्छ ।

उदाहरणको लागि तराईका सहरमा साबुन उत्पादन गर्ने, जसको लागि कच्चा पदार्थ पहाडका सहरले संकलन गर्ने, अनि त्यो साबुन देशभरका सहरमा पठाउन सकिन्छ । पर्यटकीय सेवा दिन सहरका होटलको प्रत्येक कोठामा त्यस्तो साबुन प्रयोग गर्न सकिन्छ ।

यदि यस्तो गर्न सकियो भने देशभरका सहर एक आपसमा अन्र्तसम्बन्धित पनि हुन्छन् । एक अर्काको अर्थतन्त्रका लागि पनि सहयोगी हुन्छन् । हस्तकलाका सामाग्री उत्पादन गर्ने सहरको सामाग्री अन्य सहरले खपत गर्ने । अहिले काठमाडौंमा युरोपबाट अयातित मकैका विभिन्न उत्पादन पाईन्छन् । पहाडी र हिमाली जिल्लामा पर्याप्त मात्रामा मकै खेती गरिन्छ । अब बन्ने सहरले आलु, मकै जस्ता कृषि उपजलाई विभिन्न प्रकारले बजारमा पठाउन सक्छन् । हामी आफैले उत्पादन गरिरहेका समाग्रीलाई थोरै मात्रै लगानी गरेर कोल्ड स्टोरेजमा संकलन गरेर अफ सिजनमा सहरमा पठाउन सक्छौ ।

अहिले पनि गोर्खाको सुन्तला भनेर दुई हप्ता बजारमा पाईन्छ । अन्य सिजनमा भारतीय सुन्तला पाईन्छ । यो सुन्तलालाई अन्य सिजनमा पनि बजारीकृत गर्ने प्रयास अबका सहरबाट गर्नुपर्छ ।

अहिले पनि गोर्खाको सुन्तला भनेर दुई हप्ता बजारमा पाईन्छ । अन्य सिजनमा भारतीय सुन्तला पाईन्छ । यो सुन्तलालाई अन्य सिजनमा पनि बजारीकृत गर्ने प्रयास अबका सहरबाट गर्नुपर्छ । सहरलाई धेरै मानिसलाई एकै ठाउँमा ल्याएर जम्मा गर्ने केन्द्रको रुपमा विकास गर्ने भन्दा पनि उत्पादन केन्द्रको रुपमा विकास गर्ने तयारी सरकार र स्थानीय तहले गर्नुपर्छ ।

सहर र व्यवसाय
मानिसको उपस्थिति धेरै भएपछि सहरमा उपभोग पनि धेरै हुन्छ । तर उत्पादनको लागि अन्य देशमा निर्भर बन्नु हुँदैन । धेरै मान्छेलाई सहरमा बस्न लगाएर, थोरै मान्छेलाई गाउँमा कृषि तर्फ लगाउन सकिन्छ । अहिले कृषिमा धेरै मान्छे छन् । तर उत्पादन छैन । त्यसकारण गाउँलाई कृषि हबको रुपमा विकास गर्ने । गाउँमा उत्पादन भएको कृषि उपजलाई सहरले प्रसोधन, बजार र उत्पादन गर्ने मोडालिटिमा सहर विकास गर्न सकिन्छ । सहरको नाममा रक्सी र मासु मात्रै बेच्ने स्थान बनायो भने यो हानिकारक हुन्छ ।

सहर तथा गाउँका मान्छेलाई उद्यमतर्फ उन्मुख गराउने प्रयास अबका सहरले गर्नुपर्छ । अहिले हामीसँग सर्टिफिकेटधारी मान्छे धेरै छन । अथवा जागिर गर्न चाहाने मान्छे धेरै छन् । उद्यम गर्न चाहने मान्छे कम छन् । अझ शीप भएका मान्छे त निकै कम छन् । गाउँमा प्रसस्तै बाख्रा पालन गरिरहेको उद्यमीको बाख्रा सहरले खरिद गर्नुपर्यो । सहरले त्यो मासुलाई फ्रोजन मिट वा अन्य कुनै परिकार बनाउन सक्नु पर्छ । गाउँमा कफि खेती गरिरहेको कृषकको कफि सहरले खपत गर्नै पर्छ । यस्तो उत्पादन र खपत चक्र बनाउनुपर्छ ।

थोरै मान्छेले वैज्ञानिक तवरमा कृषि व्यवसाय गर्छन । र, धेरै उत्पादन गर्छन् । त्यो उत्पादन सहरका धेरै मान्छेले खपत गर्छन् । यसो भयो भने सहर र गाउँबीचको दुरी पनि कम हुन्छ । र, आर्थिक रुपमा पारस्पारिक सम्बन्ध पनि बनाउँछ । गाउँले कच्चा पदार्थ उत्पादन गर्छ, सहरले सेवा र वस्तु उत्पादन गर्छ । सहर वा गाउँ जुनसुकै पनि बस्तीले निर्वाहमुखी अर्थतन्त्र भन्दा उत्पादमुखी अर्थतन्त्रतर्फ जानुपर्छ ।

१२ वर्ष अगाडी अमेरिकाको ७ प्रतिशत मान्छेले गरेको कृषि उपजले पूरा अमेरिकीलाई खुवाएर विश्वभरको २० प्रतिशत मान्छेलाई पनि खुवाउँछन् । हामी यस्तै त गर्न नसकुमला । तर कम्तिमा पनि गाउँले सहरको लागि उत्पादन गर्ने र सहरले गाउँ तथा सहर दुवैको लागि सेवा र वस्तु उत्पादन गर्न सक्छ ।

यो प्रक्रिया सहरमा मात्रै नभई प्रादेशिक संरचनामा पनि लागू गर्न सकिन्छ । यसरी उत्पादनतर्फ अबका सहर र प्रादेशिक संरचना उन्मुख नहुने हो भने केही वर्षमा कठिनाई देखिन्छ ।

स्थानीय तह र प्रदेश सरकार ‘रेन्ट सिकिङ’ अर्थात भाडा उठाउनेतर्फ मात्र केन्द्रीत हुनु हुँदैन । सरकारले दिएको बजेट थाप्ने र भाडा उठाउने प्रवृतिबाट माथि उठेर उत्पादनतर्फ केन्द्रीत हुनुपर्छ । अनि अहिले जता पनि स्मार्ट सिटी बनाउने भन्ने चर्चा सुनिन्छ । यो स्मार्ट भन्ने शब्द नेताहरुले राजनीतिक फाईदा र चुनाव जित्नका लागि प्रयोग गरेको सुन्दर शब्द मात्रै हो ।

स्थानीय तह र प्रदेश सरकार ‘रेन्ट सिकिङ’ अर्थात भाडा उठाउनेतर्फ मात्र केन्द्रीत हुनु हुँदैन । सरकारले दिएको बजेट थाप्ने र भाडा उठाउने प्रवृतिबाट माथि उठेर उत्पादनतर्फ केन्द्रीत हुनुपर्छ । अनि अहिले जता पनि स्मार्ट सिटी बनाउने भन्ने चर्चा सुनिन्छ । यो स्मार्ट भन्ने शब्द नेताहरुले राजनीतिक फाईदा र चुनाव जित्नका लागि प्रयोग गरेको सुन्दर शब्द मात्रै हो ।

भाडा उठाएर र सरकारी बजेट थापेर सहरलाई स्मार्ट बनाउ सकिदैन । सहर स्मार्ट बनाउनको लागि सहरले उत्पादन गर्नुपर्छ । उत्पादन नभएपछि, सहरबासीले कसरी सरकारलाई भाडा (कर) तिर्न सक्छन् ? अहिले भएका सहरले त आफ्ना सडकको खाल्डो पुर्न नसक्नुको कारण पनि यही भाडा उठाउने प्रवृत्तिले हो । सहरसँग आफ्नै उत्पादन भयो भने पो सहरले सहरबासीलाई स्मार्ट सेवा सुविधा दिन सक्छ । उसले चाहेजस्तो विकास गर्न सक्छ । नभए त सहरबासीसँग उठाएको भाडा र सरकारले दिएको पैसाले मात्रै त पुग्दैन ।

सहर विलाशिताको लागि तयार गरिने होइन । सहर देशको विकासका लागि निर्माण गरिने सामाजिक आधार हो । सहर देश विकासको सामाजिक जग हो ।
(पूर्वसचिव थापासँग गरिएको कुराकानीमा आधारित)


क्लिकमान्डु