बुटवल पावरलाई ५०१ र नेशनल हाइड्रोलाई १ सय माथि उठ्न सकस



काठमाडौं । पछिल्लो एकसाता सेयर बजारमा लगानीकर्ताको लागि उत्साहजनक रह्यो ।

२०७४ साल गुमाएर बिदा गरेका लगानीकर्ताले २०७५ को पहिलो साता सेयर बजारमा सुःखत अनुभुति गरेका छन् ।

सूचिकृत धेरै कम्पनीको सेयर मुल्य उकालो लागेको छ ।

२०७४ साल सेयर बजारको लागि धेरै तरिकाले सम्झन लायक बनेको छ ।

जसमा बुटवल पावर कम्पनीले प्रतिकित्ता ५०१ दरले थप सार्वजनिक निष्कासन(एफपिओ) गर्यो । बुटवल पावरले ५०१ प्रतिकित्ताको दरले ४० लाख कित्ता सेयर बिक्री गरेको थियो ।

जसमा सार्वसाधरण लगानीकर्ताले मागे अनुसारको सेयर किनेनन् । सेयर बिक्री नभएपछि प्रत्याभुति गर्ने कम्पनीले सेयर खरिद गर्नुपर्यो ।

बुटवल पावरको एफपिओ बाँडफाँड हुँदा लगानीकर्ताले सेयर परेकोमा समेत दुःख मनाउने स्थिती आयो ।
एफपिओ जारी भएसँगै बुटवल पावरको सेयर मुल्य ओरालो लाग्दै गयो । एफपिओभन्दा कम मुल्य ४३६ सम्म बुटवल पावरको सेयर मुल्य घट्यो । पुनः बढेर ५ सय रुपैयाँसम्म पुगेको सेयर बुटवल पावरले २० प्रतिशत नगद लाभांशको घोषणासँगै घट्न थाल्यो ।

पछिल्लो एकसाता सेयर मुल्य बढेपनि एफपिओको मुल्य ५०१ मा भने यो अझै पुगेको छ । पुँजी बढाउन एफपिओ जारी गरेको बुटवल पावरबाट लगानीकर्ताको अपेक्षा बोनस सेयरको थियो । बुटवल पावरले लगानीकर्ताको अपेक्षा विपरित नगद लाभांश घोषणा गर्यो ।

बिहीबार यसको सेयर मुल्य ४८५ रुपैयाँमा पुगेको छ । ५०१ रुपैयाँको लक्ष्य पुरा गर्न अझै १६ रुपैयाँ यो कम्पनीको सेयर मुल्य बढ्नु्पर्ने छ । त्यो पुग्छ वा पुग्दैन बजारले नै निर्धारण गर्ने छ ।
बुटवल पावर लगानीकर्तालाई नियमित लाभांश दिने नै कम्पनी हो । कम्पनीले नियमित लाभांश नदिनेमा कुनै शंकापनि छैन ।

२०७४ सालमा कहिल्लै पनि लाभांश नदिएको नेशनल हाइड्रोको सेयर १०० रुपैयाँभन्दा कममा झर्यो । २०७४ सालमा हल्ला गरेर प्रतिकित्ता १६५ सम्म पुगेको नेशनल हाइड्रोको सेयर प्रतिकित्ता ८७ सम्म पुग्यो । दोस्रो बजारमा २०७४ सालमा केहीपनि नदिएर सबैभन्दा घाटा लगानीकर्ताले «खाएको कम्पनी नेशनल हाइड्रो नै हो ।

नेशनल हाइड्रोको सेयर २०७५ को पहिलो साताको कारोबारमा १०० रुपैयाँ पुगेको छ ।
सेयर बजारमा अत्याधिक चलखेल हुने कम्पनी नै नेशनल हाइड्रो नै हो । बजार बढ्ने बेलामा विशेषगरी लगानीकर्ताले ख्याल गर्नुपर्ने यस्ते खालको कम्पनीमा हो ।

यस्तो बेला हल्लापनि बढी हुन्छ । लाभांश दिने खासै सम्भावना नभएको कम्पनीको सेयर मुल्य कति राख्ने त्यो जिम्मा लगानीकर्ताको हो ।

अहिलेलाई भन्न सकिने कुरा लाभांंश दिने र एफपिओ ल्याएपछि बिग्रेको बुटवल पावरले ५०१ र नेशनल हाइड्रो पावरले एक सय रुपैयाँको सिमाबाट कहिले माथि आउँछन् । त्यो भने हेर्नुपर्ने हुन्छ ।


क्लिकमान्डु