एसइइ परीक्षा दिएका विद्यार्थीलाई टिप्सः यो क्याम्पसमा यति शुल्कमा बनिन्छ इन्जिनियर




काठमाडौं । एसइइ पछि के बिषय अध्ययन गर्ने भन्ने अन्योल विद्यार्थीमा मात्रै होइन उनीहरुका अभिभावकमा पनि हुने गरेको छ । तर, पनि आफ्ना सन्ततीलाई डा. र इन्जिनियर बनाउने सपना अधिकांश नेपाली अभिभावकले पाल्ने गरेका छन् ।

यही सन्दर्भमा हामीले सिभिल इन्जिनियर बन्ने चाहना राख्ने विद्यार्थी र उनीहरुका अभिभावको लागि सिटिइभिटीमा पढ्ने प्रक्रिया बारे जानकारी दिन लागेका छौं ।

सर्वप्रर्थम डिप्लोमा इन सिभिल इन्जिनेरिङको शिक्षा हासिल गर्नका लागि एसइइ परीक्षामा विज्ञान र गणित विषयमा न्यूनतम सि ग्रेड प्राप्त गरेको हुनु पर्ने छ । यस्तै अंग्रेजी विषयमा न्यूनतम डि प्लस ग्रेड प्राप्त गरेको हुनु पर्ने सिटिभिटीले जानकारी दिएको छ ।

डिप्लोमा इन सिभिल इन्जिनियरिङका लागि सिटिभिटी अन्तगर्त नेपाल भर १२ वटा शिक्षण संस्थाहरु रहेका छन् ।

डिप्लोमा इन सिभिल इन्जिनेरिङ गर्नका लागि बालाजु स्कुल अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजी, लहान प्राविधिक शिक्षालय, कर्णाली शिक्षालय, सेती प्राविधिक शिक्षालय, सुम्निमा पोलिटेक्निक इन्ष्टिच्युट, नेपाल बनेपा पोलिटेक्निक इन्ष्टिच्युट, शंकरापुर पोलिटेक्निक इन्ष्टिच्यूट, राप्ती प्राविधिक शिक्षालय, बी.पी. मेमोरियल पोलिटेक्निक इन्ष्टिच्युट, भेरी प्राविधिक शिक्षालय, गोरखा पोलिटेक्निक इन्ष्टिच्युट र नयाँ किसान पोलिटेक्निक इन्ष्टिच्युट गरी १२ वटा शैक्षिक संस्थाहरु रहेका हुन् ।

यी सबै शैक्षिकहरु प्रत्येकमा ४८ विद्यार्थीलाई सिभिल इन्जिनियरिङको कोटा छ ।

यी शैक्षिक संस्थानहरुले प्रतिविद्यार्थी जम्मा ४ लाख रुपैयाँको हाराहारीमा लिने गरेको सिटिभिटीले जानकारी दिएको छ ।

प्रत्येक शैक्षिक संस्थानहरुले पूर्ण शुल्कीय परीक्षा भर्नाका लागि आवेदन दिनेमध्ये उच्च अंक प्राप्त गर्ने १ जना र बर्गीकृत छात्रबृतिका लागि आवदेन दिने मध्येबाट छनौट गरीएका ३ जना गरी प्रत्येक संम्वन्धन प्राप्त कलेजबाट ४ जना विद्यार्थीले छात्रबृतिमा पढने अवसर दिदै आएको सिटिभिटिका उप निर्देशक मनोज शर्मा न्यौपानेले बताए ।

सिटिइभिटी शिक्षाका लागि प्रत्येक वर्ष एसइइ नतीजा सार्वजनिक भएलगतै भर्ना खुल्ने गरेको छ । सामान्यतया असारको दोस्रो हप्तासम्ममा भर्ना आवेदनका लागि सूचना प्रकाशित हुने गरेको न्यौपानेले बताए । असारमा भर्ना सुरु भएको खण्डमा साउन महिनामा नै प्रवेश परिक्षा संचालन हुने गरेको उनको भनाइ छ ।

इलेक्ट्रोनिक इन्जिनियरिङ
सिटिइभिटीले एसइइ परीक्षामा विज्ञान र गणित विषयमा सि ग्रेड र अंग्रेजी विषयमा डि प्लस ग्रेड ल्याएका विद्यार्थीलाई पनि डिप्लोमा इन इलेक्ट्रोनिक इन्जिनियरिङको अध्यनका लागि मौका दिने गरेको छ ।

सिटिइभिटीले नेपालभर १६ वटा शिक्षण संस्थाहरुलाई इलेक्ट्रोनिक इन्जिनियरिङ अध्ययनको स्वीकृति दिइएको छ । स्वीकृति दिइएकामध्ये ३ वटा शैक्षिक संस्थानहरुले यो २०७३÷७४ मा शैक्षिक गतिविधी सुरुगरिसकेको सिटिइभिटीले जानकारी दिएको छ ।

बालाजु स्कुल अफ इन्जिनियरिङ एण्ड टेक्नोलजी, भेरी प्राविधिक शिक्षालय र कोरिया नेपाल इन्ष्टिच्युट अफ टेक्नोलोजीले सिटिइभिटी अन्तगत रहेर प्रत्येक वर्ष ४० देखि ४८ विद्यार्थीलाई इलेक्ट्रोनिक इन्जिनियरिङको शिक्षा दिदै आएको छ ।

सिटिइभिटीसँग सहकार्य गरीरहेका यी शैक्षिक संस्थानहरुले प्रतिविद्यार्थी ४ लाख रुपैयाँको हाराहारीमा शैक्षिक शूल्क लिन पाउने उप निर्देशक न्यौपानेले बताए ।

शैक्षिक संस्थानहरुले पूर्ण शुल्कीय परीक्षा भर्नाका लागि आवेदन दिने मध्येबाट उच्च अंक प्राप्त गर्ने १ जना र बर्गिकृत छात्रबृतिका लागि आवदेन दिने मध्येबाट छनौट गरीएका मध्ये ३ जना गरिने गरेको सिटिइभिटीले जानकारी दियो ।

प्रत्येक शैक्षिक संस्थानले ४ जना विद्यार्थीलाई अनिवार्य छात्रबृतिमा पढनुपर्ने नियम नै रहेको न्यौपानेले बताए ।

यो वर्ष यी शिक्षण संस्थाहरुबाट ७५ विद्यार्थीहरु उत्तीर्ण भएका छन् ।

भर्नाका आवेदन एसइइ परीषको नतिजा प्रकासन भए लगतै खुल्ने गरेको न्यौपानेले बताए । सामान्यतया असार महिलनाको दोस्रो हप्ता भित्र भर्ना आवेदन खुल्ने गरेको छ भने साउन महिनामा प्रवेश परीक्षा सञ्चालन हुने गरेको छ ।

डिप्लोमा इन मेकानिकल इन्जिनियरिङ
एसइइपछि डिप्लोमा इन मेकानिकल इन्जिनेरिङ अध्यन गर्ने विद्यार्थी पनि हुने गरेका छन् । सिटिइभिटीले एसइइ परीक्षामा विज्ञान र गणित विषयमा सि ग्रेड र अंग्रेजी विषयमा डि प्लस ग्रेड ल्याएका विद्यार्थीलाई डिप्लोमा इन मेकानिकल इन्जिनियरिङको अध्ययनको मौका दिइरहेको छ ।

मेकानिकल इन्जिनियरिङ शिक्षा सबैमा समानान्तरका रुपमा पुर्याउनका लागि सिटिइभिटीले नेपालभर ५ वटा शिक्षण संस्थाहरुलाई अध्यापन स्वीकृति दिएको छ ।

पाँचवटा शिक्षण संस्थानलाई स्वीकृति दिइएको भए पनि हाल भने ३ वटा शैक्षिक संस्थानहरुले यो २०७३÷७४ मा शैक्षिक गतिविधी सुरुगरिसकेको सिटिइभिटीले जानकारी दिएको छ ।

बालाजु स्कुल अफ इन्जिनियरिङ एण्ड टेक्नोलजी, भेरी प्राविधिक शिक्षालय र कोरिया नेपाल इन्ष्टिच्युट अफ टेक्नोलोजीले सिटिइभिइटी अन्तगत रहेर प्रत्यक वर्ष ४४ देखि ४८ विद्यार्थीलाई इलेक्ट्रोनिक इन्जिनियरिङ शिक्षा दिदैँ आएको छ ।

सिटिइभिटीसँग सहकार्य गरीरहेका यी शैक्षिक संस्थानहरुले प्रतिविद्यार्थी ४ लाख रुपैयाँको हाराहारीमा शैक्षिक शूल्क लिने गरेको उप निर्देशक न्यौपानेले बताए ।

शैक्षिक संस्थानहरुले पूर्ण शुल्कीय परीक्षा भर्नाका लागि आवेदन दिने मध्येबाट उच्च अंक प्राप्त गर्ने १ जना र बर्गिकृत छात्रबृतिका लागि आवदेन दिने मध्येबाट छनौट गरीएका मध्ये ३ जना गरिने गरेको सिटिइभिटीले जानकारी दियो ।

प्रत्येक शैक्षिक संस्थानले ४ जना प्रशिक्षार्थीलाई अनिवार्य छात्रबृतिमा पढनुपर्ने नियम नै रहेको न्यौपानेले बताए ।

यो वर्ष यी शिक्षण संस्थाहरुबाट ३० विद्यार्थिहरु उत्र्तीण भएका छन् ।

भर्नाका लागि आवेदन एसइइको नतिजा प्रकाशन भए लगतै खुल्ने गरेको न्यौपानेले बताए । सामान्यतया असार महिलनाको दोस्रो हप्ता भित्र भर्ना आवेदन खुल्ने गरेको सिटिभिइटीले जानकारी दियो । साउन महिनामा प्रवेश परीक्षा सञ्चालन हुने गरेको छ ।


क्लिकमान्डु