नेपाली नम्बर प्लेटकै बुलेटबाट ग्यास बोक्ने सपना पुरा होला ?



काठमाडौं । पहिलो पटक प्रधानमन्त्री हुँदा केपी शर्मा ओली ४३ वर्षदेखि भारतीय ग्यास बुलेटबाट आयात भइरहेको ग्यास आयातको एकाधिकार तोड्ने निर्णय गरे ।

ओलीले सरकार छाड्ने बेला नेपाल आयल निगमलाई नेपाली ग्यास बुलेट खरिद गर्न अुनमति दिन निर्देशन दिए । प्रधानमन्त्रीको निर्देशन लगतै नेपाल आयल निगमले २०७३ असार २४ गते नेपाली व्यवसायीलाई ग्यास बुलेट खरिद को अनुमति दियो ।

केपी ओलीकै सरकारले आर्थिक वर्ष २०७३÷०७४ को बजेट सार्वजनकि गर्दा नेपाली ग्यास बुलेट आयातमा तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले बजेटमार्फत दुईतिहाइ भन्सार छुट दिने घोषणा गरे ।
सरकारी निर्णय लगतै ५३ वटा ग्यास उद्योगी व्यवसायीले ७ सय ७५ ग्यास बुलेटको लागि आयल निगमबाट अनुमति पाए ।

ग्यास बुलेट आयातमा अनुमति पाएपछि व्यवसायीले काम सुरु गरे । व्यवसायीले ग्यास बुलेट निर्माणका लागि भारतका विभिन्न कम्पनीमा अर्डर गरे । केही ग्यास बुलेट निर्माण पनि भए । निर्माण भएका मध्ये दुई वटा बुलेट २०७३ मंसिरमा विरगन्ज भन्सार नाकामा आइपुगे । तर, भन्सार छुटका समस्याले ग्यास बुलेट केही दिन भन्सारमै रोकिए ।

त्यसपछि पनि व्यवसायीले ग्यास बुलेट निर्माणलाई तीब्रता दिँदै गए । केही ग्यास बुलेट तयारी भए । तर, भारतीय पक्षका कारण तयारी भर नेपाल आएका ग्यास बुलेटले ग्यास बोक्न पाउने अवस्था भने बन्न सकेन् ।

त्यस पछि प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचन्ड र शेर बहादुर देउवाको भारत भम्रणको एजेन्डामा समेत नेपाली ग्यास बुलेटनै नै ग्यास आयात गर्ने विषय समावेश भयो । तर, भारतीय पक्षले नेपाली पक्षले छलफलको ऐजेण्डा बनाएपनि कुनै चासो दिएन् ।

फेरि आज प्रधानमन्त्री ओली दोस्रो पटक प्रधानमन्त्री हुँदै भारत भ्रमणमा गएका छन् । ओलीले फेरि नेपाली ग्यास बुलेटको विषयलाई छलफलको एजेन्डामा राखेका छन् । के अब ओलीले नेपाली ग्यास बुलेटले नै नेपालले आयात गर्ने एलपी ग्यास खरिद गर्न पाउने अवस्था आउला त भने प्रश्न खडा भएको छ ।

ग्यास उद्योगीले ५ सय भन्दा बढी ग्यास बुलेट तयारी अवस्थामा रहेको भने पनि दुई वटा नेपाल आएका छन् भने १७ वटा भारतका विभिन्न शहरमा निर्माण भएर बसेको अवस्था छ । सरकारलाई पाँच सय वटा बुलेट तयार भएको सूचना दिने ग्यास निवर्तमान ग्यास व्यवसायी संघका अध्क्षय शिवप्रसाद घिमिरे अहिले बुलेटले ग्यास आयात गर्न नपाउँदा सम्म किन बुलेट बनाउने भन्दै आएका छन् ।


क्लिकमान्डु