गाडी किन्ने तयारीमा हुनुहुन्छ ? यस्ता छन् सवारीधनीले तिर्नुपर्ने करका दर




काठमाडौं । लामो समयदेखि मोटरसाइक प्रयोग गरिरहेको सवारी प्रयोगकर्ता आफ्नो आवश्यकता अनुसार इन्ट्री लेभलका कार खरिद गर्न थालेको छन् ।

बजारमा अहिले १५ लाख रुपैयाँ पर्ने इन्ट्री लेभलका कारदेखि ४ करोड रुपैयाँसम्ममा लक्जरी कार पाइन्छ ।

शहरी क्षेत्रको बढ्दो प्रदुषण र अस्तव्यस्त सार्वजनिक सवारी साधनकै कारण कार तथा जिप खरिद गर्नेको संख्या बढ्दो छ ।

तर, चालु आवमा भने निजी सवारी साधन कार तथा जिप खरिद गर्नेको संख्या भने ५० प्रतिशतले घटेको छ । बैंकले उपलब्ध गराउँदै आएको सहुलियत दरको सवारी कर्जाका कडाईका कारण निजी सवारी प्रयोग कर्ताको संख्यामा कमी आएको छ ।

कुनै बेला बैंकले १० देखि २० प्रतिशत डाउन पेमेन्ट गरेको अवस्थामा सवारी कर्जा उपलब्ध गराउँर्थे तर, अहिले ३५ देखि ४० प्रतिशत डाउन पेमेन्ट अनिर्वाय भएसँगै निजी सवारी खरिदमा कमी आएको छ ।

सवारी खरिद गर्दादेखि प्रयोग गरेवापत सरकारलाई वार्षिक कर भने ग्राहक तिुनपर्ने हुन्छ ।

सरकारले सवारी खरिद गर्दा एक पटक सडक संम्भार तथा मर्मत शुल्क र सवारी साधन कर भनेर वार्षिक कर संकलन गर्ने गरेको छ ।

सडक सम्भार तथा मर्मत शुल्क वापत सरकारलाई सवारी खरिदकर्ताले कुल लागत मूल्यको सात प्रतिशत अर्थात २० लाखको गाडी खरिद गर्दा १ लाख ४० हजार रुपैयाँ कर तिुर्न पर्नेहुन्छ ।

कार, जिप, भ्यान, माइक्रो बस, ट्रक टिपर, ट्रक मिक्सचर, मिनिबस, मिनिट्रक र मिनिटिपरधनीले सवारी मूल्यको ७ प्रतिशत रकम सडक सभार तथा मर्मत शूल्क वापत तिर्नुपर्छ ।

यसैगरी सवारी प्रयोगकर्ताले कार, जिप, भ्यान र माइक्रोबसको भने वार्षिक सवारी साधन कर सीसीका आधारका दाखिला गर्नुपर्नेहुन्छ ।

सरकारले तोकेको करको दरमा सवारी साधनको क्षमता अनुसार १ हजार सीसीसम्मको १९ हजार, १००१ देखि १५०० सीसीसम्मको २१ हजार, १५०१ देखि २००० सीसीसम्मको २३ हजार, २५०१ देखि २९०० सीसीसम्मको ३७ हजार र त्यसभन्दा माथिको ५३ हजार रुपैयाँ वार्षिक सवारी कर तिर्नुपर्ने हुन्छ ।

यसैगरी डोजर, एक्साभेटर, लोडर, रोलर,ट्रिपर र क्रेन जस्ता मेशिनरी उपकरणको वार्षिक सवारी कर ३५ हजार रुपैयाँ लाग्छ । यस्तैगरी मिनिट्रिपरको २५ हजार र मिनिट्रक÷बसको २२ हजार वार्षिक सवारी कर तिनुपर्छ ।

यसैगरी भाडाको प्रयोजनका लागि दर्ता भएका कार तथा जिपले ८ हजार रुपैयाँदेखि १५ हजार रुपैयाँसम्म र निर्माणमा प्रयोग हुने उपकरणले १७ हजार रुपैयाँ वार्षिक कर तिर्नु पर्नेहुन्छ ।

मिनिबस÷मिनिट्रकले १२ हजार, मिनिट्रिपरले १४ हजार र ट्रक/बसले १६ हजार कर तिुर्नपर्ने सरकारी नियम छ ।


क्लिकमान्डु