साइन्स र बीबीए पढ्दै गरेका युवा पनि बीचमै पढाइ छोडेर कोरिया सपना बुन्दै




काठमाडौं । देशमै पर्याप्त रोजगारीको अवसर नुहँदा शिक्षित युवाको पहिलो रोजगाइमा दक्षिण कोरिया परेको छ । एक लाख रुपैयाँ खर्च गर्दै मासिक एक लाख पचार हजार भन्दा बढी आम्दानी हुने हुँदा युवाको रोजगाइमा कोरिया परेको हो ।

नेपालबाट १० वर्षेको अवधिमै ५१ हजारभन्दा बढी युवा रोजगारीका लागि कोरिया पुगिसकेका छन् । खाडी मुलुक र मलेसियाको रोजगारीमा जाँदा खासै आम्दानी नहुने भएपछि युवाको पहिलो आर्कषणमा कोरिया परेको हो ।

कोरिया जाँदा दलालबाट जोगिने युवाको भनाइ छ । सरकारले सन् २००७ मा कोरियासँग श्रम सम्झौता गर्दै सन् २००८ देखि कोरियन भाषा परीक्षा (इपिएस) मार्फत कामदार पठाउँदै आएको छ । नेपालबाट सन् २०१९ मा रोजगारीका लागि कोरिया जाने कामदार छनोट प्रक्रिया सुरु भएसँगै ग्लोबल आइएमई बैंकमा भाषा परीक्षामा सहभागी हुनको लागि पैसा तिर्न शिक्षित युवाको भीड लागेको छ ।

नवौं भाषा परीक्षाका लागि अनलाइन आवदेलन खुल्ला भएको पहिलो लिनमै ३० हजार भन्दा बढीले भाषा परीक्षामा सहभागी हुनका लागि आवश्यक रकम बैंक मार्फत तिरेका छन् ।

बैदेशिक रोजगार विभागको ईपीएस शाखाले अनलाइन आवेदनको समय १० दिनका लागि खुला गरेपनि पहिलो दिन सोचेभन्दा बढी भीड देखिएको शाखाका प्रवक्ता शोभाकर पराजुलीले जानकारी दिए ।

‘बीचमै पढाइ छाडेर विदेश श्रम गर्न जानु रहर हैन बाध्यता हो, अध्ययन पूरा गर्न अझै ३ बर्ष जति समय लाग्छ, अध्ययन पछि पनि देशमा रोजगारीको सुनिश्चिता छैन, राम्रो होला भनेर विदेश जान खोजेको हूँ,’ ।

नवौं भाषा परीक्षाका लागि अनलाइन आवेदन १७ गते रातको १२ बजेसम्म गर्न सकिन्छ । शाखाले अनलाइन आवेदन खुल्ला गरेको पहिले दिनमै रोजगारीका लागि कोरिया जान चाहने युवाको भीडले देशमा बेरोजगारीको अबस्था भयावह रहेको संकेत गराउँछ ।

रोजगारीका लागि अहिलेसम्म ५० लाखभन्दा बढी युवा विदेश गइसकेका छन् । त्यसमा पनि कोरिया जनो युवाले स्नाकोत्तरसम्मको अध्ययन पूरा गरेको छन् ।

केरिया सरकारले सन् २०१८ को लागि कोरिया जान पाउने गरी तोकेको संख्यामा सन् २०१९ मा जाने पाउनेका संख्यामा केही कटौती गरपछि भीड अझ बढेको शाखाको भनाइ छ । नेपालबाट सन् २०१९ मा कोरिया रोजीरोटीका लागि ७ हजार १ सय युवा जान पाउने छन् ।

यसरी जान पाउनेहरुमा उत्पादनमुलक क्षेत्रमा काम गर्ने गरी ४ हजार ८ सय र कृषि क्षेत्रमा २ हजार ३ सय जनाको सिलिङ तोकेको छ । तर, २०१८ का लागि १० हजार एक सय संख्या तोकिएको थियो ।

बिहिबार बैंकमा रकम जम्मा गरेका युवाले शुक्रबार मात्रै अनलाइन आवेदन दिन सक्छन् । अनलाइन आवेदन दिने युवाको उमेर १८ वर्ष पूरा भएको र ३९ बर्ष ननाघेको हुनुपर्छ । आवेदन दिँदा इमेल आइडी र फोन नम्बर अनिर्वाय हुनुपर्छ भने एमआपी पासपोर्ट र फोटो समेत स्क्यान गरेर आवेदनसँगै पेश गर्नुपर्छ ।

भाषा परीक्षा जेठको अन्तिम साता अर्थात २६ र २७ गते हुनेछ । परीक्षा सेन्टर काठमाडौं र पोखरा तोकिएको छ । पोखरामा १२ हजार मात्रै सहभागी हुन पाउनेछन् ।

लाइनमा देखिएका युवा के भन्छन् ?
देशमै रोजगारीको अनुकुल वातावरण नदेखिएको भन्दै विज्ञान संकाय ( बीएससी) दोस्रो वर्षका अध्ययनरत राजकुमार थापा पनि भाषा परीक्षाको तयारीमा छन् । परिवारको सुःखसँगै आफ्नो सुरक्षित भविष्यका लागि कोरिया जाने तयारीका साथ बैंकमा रकम जम्मा गर्न आएको थापा बताउँछन् । उनीले अध्ययनसँगै केही महिनादेखि ईपीएस भाषा परीक्षाको तयारी गरिरहेका छन् ।

‘बीचमै पढाइ छाडेर विदेश श्रम गर्न जानु रहर हैन बाध्यता हो, अध्ययन पूरा गर्न अझै ३ बर्ष जति समय लाग्छ, अध्ययन पछि पनि देशमा रोजगारीको सुनिश्चिता छैन, राम्रो होला भनेर विदेश जान खोजेको हूँ,’ ।

‘लाखौं खर्च गरेर पढ्यो, अध्ययन अनुसाको काम पाइदैन, अध्ययन पूरा गर्ने मन त थियो तर के गर्ने अध्ययनले मात्र गुजार चल्दैन,’ उनी भन्छन् ।

थापा जस्तै काभ्रेका रामचन्द्र चौलागाई पनि बीबीए तहको अध्ययन बीचमै छोडेर कोरिया जाने तयारी छन् । लाखौ खर्च गरेर पढेपनि देशमा पेट पाल्ने जागिर पाउन मुस्किल हुने देखेर विदेश जान लागेको उनको भनाइ छ ।

‘लाखौं खर्च गरेर पढ्यो, अध्ययन अनुसाको पाइदैन, अध्ययन पूरा गर्ने मन त थियो तर के गर्ने अध्ययनले मात्र गुजार चल्दैन,’ उनी भन्छन् ।

दुई वर्ष अगाडि मात्रै कोरियाबाट नेपाल फर्किका सागर जिमी फेरि कोरिया जाने तयारी गर्दैछन् ।

‘दुई वर्षसम्म कोरियाका सिकेको सीपले नेपालमा केही गर्न खोज्दा पनि सम्भव भएन, कोरियामा दुःख भएपनि काम अनुसारको कमाइ हुन्छ,’ उनी भन्छन् ।

यसैगरी सर्लाहीकी सरिता तामाङ, प्रतिमा शर्मा र खोटाङका रोशन राई पनि कोरिया जान भाषा परीक्षाको पैसा बुझाउनेहरुकै भीडमा भेटिए । यी त प्रतिनिधि पात्र मात्रै हुन । दश वर्षकै अवधिमा कोरिया भाषा परीक्षामा ४ लाखभन्दा बढी युवा सहभागी भइसकेका छन् । तर, ६२ हजारले मात्रै भाषा परीक्षा पास गरेका छन् भने ५१ हजार युवा रोजगारीका लागि कोरिया पुगिसकेका छन् ।


क्लिकमान्डु