गरिबका लागि मोबाइल बैकिङ कति सम्भव ?



काठमाडौं । युएन क्यापिटल डेभलपमेन्ट फन्ड(युएनसिडिएफ)ले सन् २०१२ मोबाल मनी फर पुअर(एमएमफोरपि) कार्यक्रम सार्वजनिक गर्यो ।

गरिबलाई बैकिङ पहुँचसम्म जोड्नको लागि गरिएको कार्यक्रम नेपालमा पनि संचालित छ ।

औपचारिक रुपमा नेपालमा अहिले कुल जनसंख्याको ४० प्रतिशतमात्र वित्तीय पहुँच पुगेको छ ।

राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको तथ्यांक अनुसार कुल जनसंख्याको साढे २८ प्रतिशत मानिसहरु अझैपनि गरिबीको रेखामुनी छन् ।

रेमिटेन्सको कारण गरिबी निवारणमा केही सफलता प्राप्त भएपनि जतिबेलापनि गरिबीको रेखामुनी जान सक्ने करिब २० प्रतिशतमा रहेका छन् ।

नेपालमा बैंक भनेपछि अहिलेपनि धनी र सहरमा बस्नेको लागि भन्ने गरेर बुझिन्छ । राष्ट्र बैंकको नीतिले बैंक गाउँसम्म पुगेपनि अझैपनि वित्तीय पहुँच भने टाढाको विषय बनेको छ ।

युएनसिडिएफले सन् २०१२ देखि ल्याएको कार्यक्रमले भने गरिबीलाई बैकिङ पहुँचसम्म भने पुग्न सक्ने बाटो देखाएको छ । मोबाइलबाट बैकिङ पहुँच विस्तार गर्ने विषयमा केन्याले काम गरेर काम गरेर देखाइसकेको छ ।

गतवर्ष मोबाल बैकिङबाट २ खर्ब ६९ अर्ब अमेरिकी डलरको कारोबारमा विश्वमा भएको थियो ।

नेपालमा पनि युनसिडिएफले मोबाइल बैकिङ संख्या र यसको कारोबार बढाउनको लागि काम गरिरहेको छ ।

मोबाइलबाट भुक्तानी हुने कामको सुरुवात भइसकेपनि नियमनको दायरामा भने गतवर्षदेखि मात्र यो व्यवसाय आएको हो । अहिले नेपाल राष्ट्र बैंकबाट आइएमई पे,इसेवा र प्रभुले यसको लाइसेन्स पाएका छन् ।

अहिले नेपालमा मोबाइल बैकिङको प्रयोग मोबाइल रिचार्ज गर्न,आन्तरिक वायुसेवा विमानको टिकट काट्न तथा पछिल्लो समय विजुजीको बिल तिर्न मात्र बढी प्रयोग हुने गरेको छ ।

सन् २०३० सम्ममा विश्वमा २ अर्ब जनसंख्यामा मोबाइल बैकिङको पुर्याउने अनुमान गरिएको छ ।

मोबाइल बैकिङ क्षेत्रमा काम गरिरहेका विज्ञहरु वित्तीय पहुँच विस्तारको लागि नेपाललाई उपयोगी हुने माध्यममा पर्ने बताउँछन् । युएनसिडिएफ र नेपाल आर्थिक पत्रकार समाज(सेजन)ले गरेको कार्यक्रममा विज्ञहरुले नेपालले भुक्तानी नीतिपनि परिवर्तन गर्दै गएको र मोबाइल पहुँच सबै क्षेत्रमा पुगेको हुँदा वित्तीय पहुँचको लागि यो उपयोगी बन्न सक्ने सुझाव दिन्छन् ।

नेपालजस्तो देशको लागि मोबाइल बैकिङ वित्तीय पहुँच विस्तारको लागि उपयोगी हुने युनसिडिएफका अहमद डरमिस बताउँछन् ।

‘ नेपालमो भौगोलिक दृष्टिकोणले मोबाइल बैकिङ उपयोगी छ’, उनले भने,‘सोचाईमा परिवर्तन ल्याउनुपर्ने आवश्यक छ,एकैपटक त्यो सम्भव नभएपनि अब पहुँच विस्तारको लागि मोबाइल बैकिङ उपयोगी हुन्छ।’

यस्तै नेपाल एसबिआई बैंकका प्रमुख कार्यकारी अधिकृत अनुकुुल भट्नाकार प्रविधिको माध्यमबाट बैंक सबै क्षेत्रमा पुग्ने बताउँछन् ।

विद्युतिय भुक्तानीको लागि काम गर्दै आएको आइएमइ पेका प्रमुख कार्यकारी अधिकृत ड्यानियल डि श्रेष्ठ बैंक पुग्न नसकेको क्षेत्रमा आफुहरु पुग्ने बताउँछन् ।

‘बैंकलाई खर्चको हिसाबले पनि सबै क्षेत्रमा पुग्न सम्भव छैन’,उनले भने,‘यस्तो क्षेत्रमा हामीजस्तो कम्पनीले सेवा दिन सक्छौ र यसले वित्तीय पहुँचको दायरापनि फराकिलो बनाउने छ।’

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार अहिले बैंक तथा वित्तीय संस्थाको शाखा ३ हजार २ सय ७३ छ । २९ लाखजनाले मोबाइल बैकिङको सुविधा लिएका छन् ।
इन्टरनेट बैकिङ प्रयोग गर्नेको संख्या ६ लाख ६७ हजार रहेको छ ।


क्लिकमान्डु