पर्यटन मजुदरको न्युनतम तलब ६ गुणासम्म बढ्यो



काठमाडौं । ट्राभल तथा ट्रेकिङ मजदुरको न्यूनतम पारिश्रमिक ६ गुणासम्म बृद्धि गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले १५ माघ ०७४ मा राजपत्रमा प्रकाशित गरेको सूचनाअनुसार ट्राभल तथा ट्रेकिङमा पर्यटकसँगै जाने पर्यटकको पारिश्रमिक बढेको हो ।

१२ वर्षअघि तोकिएको पारिश्रमिक हालसम्म पनि कायम रहेको थियो । सरकारले ट्राभल तथा ट्रेकिङ नियमावलीमा छैटौँ संशोधन गर्दै मजदुरको न्यूनतम पारिश्रमिक बढाएको हो ।

सरकारले कानुनी रुपमा न्यूनतम पारिश्रमिक नबढाए पनि सेवा प्रदायक कम्पनीहरुको साझा संस्था र मजदुर संगठनबीचको आपसी सम्झौताबाट पारिश्रमिक तोकिँदै आएको थियो ।

३ हजार ७ सयम्मको उचाईमा जानेले विगतमा ३ सय रुपैयाँ पाउनेमा नाइकेले अव दैनिक १ हजार ५ सय रुपैयाँ पाउने छन् । त्यस्तैगरी कामदारको हकमा विगत मा २ सय ५० रहेकोमा अहिले बढाएर १ हजार ३ सय रुपैयाँ पु¥याइएको छ ।

त्यस्तैगरी ३ हजार ७ सय मिटर भन्दा माथीको उचाईमा जानेले नाइकेले विगतमा दैनिक ३ सय ५० रुपैयाँ रहेकोमा हाल बढाएर २ हजार रुपैयाँ पु¥याइएको छ । त्यस्तैगरी कामदारको विगतमा दैनिक ३ सय रुपैयाँ रहेकोमा बढाएर १ हजार ५ सय रुपैयाँ पु¥याइएको छ ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान), नेपाल पर्वतारोहण संघ (एनएमए) लगायतका संघ–संस्था र मजदुरबीच सम्झौता भई पारिश्रमिक तय हुने गरेको छ ।

पर्यटन व्यवसायीहरुका अनुसार सरकारले १२ वर्षपछि नियमावलीमै उल्लेख गरी बढाएको पारिश्रमिक हाराहारी अहिले व्यावहारिक रुपमै कामदारले पाउने गरेका छन् । नियमावलीमै उल्लेख भएपछि कुनै कम्पनीबाट न्यूनतम पारिश्रमिक नपाउने मजदुरका लागि भने कानुनी उपचार सहज हुने भएको छ ।

संशोधित नियमावलीले पर्यटकका साथमा जाने ट्राभल तथा ट्रेकिङ नाइके र मजदुरको व्यक्तिगत दुर्घटना बिमा रकम समेत बढाएको छ । यसअघि नाइके र कामदारको हकमा फरक–फरक बिमा रकम तोकिएको थियो ।

अहिले भने दुवै प्रकृतिका कामदारलाई समान दुर्घटना बिमा रकम तोकिएको छ । विगतमा नाइकेको ३ लाख ५० हजार नघट्नेगरी विमा रहेकोमा हाल बढेर १० लाख पु¥याइएको छ ।

त्यस्तैगरी मजदुरको २ लाख ५० हजार रहेको हाल बढाएर १० लाखनै प¥याइएको छ ।

सरकारले ट्राभल वा ट्रेकिङ एजेन्सीका रूपमा काम गर्न चाहने व्यक्तिले इजाजत लिनुअघि कम्पनी वा फर्म दर्ता गर्नुपर्ने प्रावधान छ । यसरी फर्म या कम्पनी दर्ता गर्दा कम्पनीको हकमा अब कम्तीमा २५ लाख रुपैयाँ या फर्मको हकमा १० लाख रुपैयाँ चुक्ता पुँजी तोकिएको छ ।

यसअघि फर्मको हकमा ट्राभल एजेन्सी चलाउने भए ५ लाख र ट्रेकिङ एजेन्सी चलाउने भए ३ लाख रुपैयाँ चुक्ता पुँजी भए पुग्थ्यो । कम्पनीको हकमा भने ट्राभल एजेन्सी चलाउने भए १० लाख र ट्रेकिङ कम्पनीका लागि ६ लाख रपैयाँ चुक्ता पुँजी तोकिएको थियो ।


पुष्प दुलाल