बीमा कम्पनीको ब्यालेन्ससीटमा थपिए २० सुचक, लगानीकर्ताले पाउँछन् यस्ता जानकारी




काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुको ब्यालेन्ससीटमा थप सुचक समाबेश गर्न निर्देशन दिएको छ । समितिले जीबन बीमा ब्यवसाय गर्ने कम्पनीहरुको ब्यालेन्ससीटमा २० वटा र निर्जीबन बीमा ब्यवसाय गर्ने कम्पनीहरुको ब्यालेन्ससीटमा १९ वटा सुचक थप गर्न निर्देशन दिएको हो ।

ब्यालेन्ससीटको अनुसुचीमा प्रमुख सुचकको रुपमा यी अनुपातहरु थपिने भएका हुन् । यस्ता अनुपात थपिएपछि बीमा कम्पनीको अबस्था तथा ब्यवसाय बृद्धिको यथार्थ विवरण प्राप्त हुने समितिको भनाइ छ ।

जीबन बीमा कम्पनीमा थपिने सुचकहरु
समितिले जीबन बीमा कम्पनीहरुको ब्यालेन्ससीटमा कूल बीमा शूल्कमा वृद्धि, प्रथम बीमा शुल्कमा बृद्धि, लगानीमा बृद्धि, जीबन बीमा कोषमा बृद्धि, पुँजी र खुद सम्पत्तिको अनुपात तथा पुँजी र टेक्निकल रिजर्भको अनुपात जस्ता सुचक थप गर्न निर्देशन दिएको छ ।

यस्तै सल्भेन्सी अनुपात, (सुचिकृत नभएको सेयरमा लगानी र आसामी)/खुद जम्मा सम्पत्ति, अभिकर्तालाई दिइएको कर्जा/अभिकर्ता संख्या, खुद जोखिम धारण अनुपात, खुद टेक्निकल रिजर्भ/गत तीन बर्षको खुद बीमा शुल्कको औषत, असमाप्त जोखिम वापतको ब्यवस्था/विगत तीन बर्षको म्यादी बीमा शुल्कको औषत, खर्च अनुपात, कमिसनको अनुपात, कूल ब्यवस्थापनको खर्च/कूल बीमा शुल्क, अभिकर्ता खर्च (अन्य)/कूल ब्यवस्थापन खर्च, बीमालेख जारी खर्च अनुपात, लगानीमा प्रतिफल र पुँजीमा प्रतिफल जस्ता सुचक पनि थप गर्न जीबन बीमा कम्पनीहरुलाई निर्देशन दिइएको हो ।

निर्जीबन बीमा कम्पनीमा थप हुने सुचकहरु
समितिले निर्जीबन बीमा ब्यवसाय गर्ने कम्पनीहरुलाई कूल बीमा शुल्कमा बृद्धि, खुद बीमा शुल्कमा बृद्धि, लगानीमा बृद्धि, पुँजी र खुद जम्मा सम्पत्तिको अनुपात, खुद बीमा शुल्क र पुँजी अनुपात, सल्भेन्सी अनुपात, (सुचिकृत नभएको सेयरमा लगानी तथा आसामी) र खुद जम्मा सम्पत्ति तथा सेयरमा भएको लगानी र खुद जम्मा सम्पत्ति जस्ता सुचक थप गर्न भनेको छ ।

यस्तै पुनर्बीमकले भुक्तानी गर्न बाँकी रकम र पुनर्बीमकलाई जारी गरेको बिजकको रकम, खुद जोखिम धारण अनुपात, खुद टेक्निकल रिजर्भ र गत तीन बर्षको खुद दाबी भुक्तानीको औषत, दाबी अनुपात, प्रत्येक्ष खर्च अनुपात, कमिसनको अनुपात, जम्मा खर्च अनुपात, कूल ब्यवस्थापन खर्च र कूल बीमा शुल्क, ब्यवसाय प्रबद्र्धन खर्च र खुद बीमा शुल्क, लगानीबाट आय र खुद बीमा शुल्क तथा पुँजीमा प्रतिफल जस्ता सुचक थप गर्न भनिएको छ ।

यस्ता सुचक आगामी आर्थिक बर्षदेखि ब्यालेन्ससीटमा समावेश गर्न निर्देशन दिइएको समितिका प्रवक्ता श्रीमान कार्कीले जानकारी दिए ।


क्लिकमान्डु