मेलबर्नको एउटा नेपाली सपना



‘साथमा सबथोक भएपनि परदेशमा सँधै ‘मिस’ हुने कुरा भनेको आफ्नो संस्कृति हो । सँस्कृति भनेको नाँचगान, खानपान र राम रमिता मात्र हैन । सामाजिक अन्तरक्रिया र ब्यबहारले मान्छेको मानसिक र शारिरिक स्वास्थ्यमा प्रत्यक्ष असर पार्छ ।‘

‘अस्ट्रेलिया जस्तो देश, जहाँ बहु संस्कृतिलाई प्रोत्साहन गरिन्छ, यस्ता ठाउँमा त झनै यसको अभाव निकै खड्किने रहेछ । कुनै देशका आप्रवासीले मन्दिर बनाएका छन्, कसैले गुम्बा, चर्च वा यस्तै ‘कम्युनिटी सेन्टर’हरू तयार पारेका छन् ।‘

‘आफ्ना दुख-सुख समुदायसँग साट्न यस्ता स्थान ज्यादै महत्वपूर्ण हुने रहेछन् । अनि आफ्नो नहुनेका लागि मेरो देशको खै, मेरो समुदाय किन पछाडि पर्‍यो भन्ने छटपटी पो हुँदो रहेछ ।‘

पेसाले मेडिकल डाक्टर चन्द्र दिपक पोखरलले अस्ट्रेलियाको मेलबर्नमा नेपालीको आफ्नै कम्युनिटी सेन्टर निर्माणका लागि कस्सिएर लागेका छन् । एउटा ‘मेडिकल प्रोफेसनल’ले यहाँ नेपालीको छुट्टै ‘सोसिलय इन्टिचियुसन’ किन आवश्यक छ भन्ने बढो गजबले प्रस्ट्याए ।

सिड्नी पछि अस्ट्रेलियाको दोस्रो ठूलो सहर मेलबर्नमा धेरै नेपालीले प्रगतिको ‘छलाङ’ मारेका छन् । काम र दामको राम्रै अवसर छ । नर्सिङ, होटल, कलेज देखि घरजग्गा व्यवसायसम्म छोटो समयमै नेपालीले जे गरेका छन् त्यो उत्साहित हुने खालको छ ।

काम र दामको राम्रै अवसर छ । नर्सिङ, होटल, कलेज देखि घरजग्गा व्यवसायसम्म छोटो समयमै नेपालीले जे गरेका छन् त्यो उत्साहित हुने खालको छ ।

तर, नेपालीको संख्या बढेसँगै उनीहरूका अनेक खाले समस्याको चाङ पनि बढेका छन् । घरेलु हिँसा, सम्बन्ध विच्छेद, मानसिक समस्या देखि लिएर आत्म हत्यासम्मका समस्या बढ्दो रूपमा छन् ।

‘यहाँ नेपालीको यस्तो एउटा साझा घर निर्माण हुनु पर्यो जहाँ सबैले गर्व महसुस गरुन, आफैमा सुरक्षित महसुस गरून् । ‘अभियान सुरू हुनुको आवश्यकता प्रस्ट्याउँदै पोखरेल भन्छन् – ‘भेटघाट, चाडपर्व देखि विहेबारीसम्मको थलो बन्न सकोस् । नेपालीलाई स्वदेश देखि टाढा भएकोमा पिँडा र एक्लोपन महसुस नहोस् ।‘

बन्ने भयो नेपाली सेन्टर

सन २०१४ देखि मेलवर्नमा पोखरेल सहितका नेपाली अगुवाहरूको अभियानले यति बेला गति पाइसकेको छ । गत महिना आयोजना भएको साताव्यापी महापुराणमा उत्साहजनक आर्थिक संकलन भएको छ । सप्ताहमा १० करोड नेपाली रूपैयाँ भन्दा बढि रकम संकलन भएको छ ।

उठेको रकमले अब परियोजना अगाडी बढाउने बाटो खुलेको छ । ‘अस्ट्रेलियन नेप्लिज मल्टीकल्चर सेन्टर’का नाममा स्थापना हुने यो परियोजनामा पशुपतिनाथ र स्वम्भुको स्वरूप पनि निर्माण गरिने छ ।

अस्ट्रेलियन नेप्लिज मल्टीकल्चर सेन्टर’का नाममा स्थापना हुने यो परियोजनामा पशुपतिनाथ र स्वम्भुको स्वरूप पनि निर्माण गरिने छ ।

‘सोचेको परियोजनाका लागि यो रकमले पुग्दैन, तर जग्गा खरिद गरेर अगाडी बढेपछि सरकार र समुदायबाट थप रकम जम्मा गरेर योजना पुरा गरिनेछ’ पोखरेलले भने ।

उत्साहित छन् पोखरेल

४ वर्ष अगाडि नेपाली समुदायका २०-२२ जना भेला भएर बुनेको सपना अब वास्तविकतातिर मोडिदै छ । सामाजिक काममा रकम संकलनका लागि सप्ताह, पुराण लगाउने चलन नौलो हैन, तर मेलबर्नको सानो नेपाली समुदायबाट यति ठुलो रकम उठेको धेरैले आश्चर्य मानेका छन् ।

परदेशमा भए पनि राजनीति र जात-धर्मका नाममा खण्डिकृत भएको समुदायमा यस्ता अभियान चुनौतीपूर्ण बन्दै गएका छन् । एउटा पार्टी वा एउटा जातीको नेतृत्वले अगाडी सार्दा अरूले असहयोग गर्ने प्रचलन बढेको छ । तर यो अभियान फरक रह्यो । पोखरेलको तटस्थ भूमिकाले सबैको साथ पायो ।

प्रोफेसनल मात्र बनेर धर छैन

सन १९९४ मा नेपालबाट आएका पोखरेल अस्ट्रेलियामा फेमिली मेडिसिन अभ्यास गर्ने पहिलो नेपाली डाक्टर हुन । डाक्टरहरूमध्ये सबैभन्दा बढि जनसम्पर्क हुने पनि यसैमा हो । नियमित पेसागत अभ्यास त छँदैछन् नेपाली हुनुको नाताले आफुसँग अरू धेरै जिम्मेवारी छन् भन्छन् पोखरेल ।

नेपालीको जनसंख्या बढ्दै जाँदा विरामी हुनेको संख्या पनि बढ्ने नै भयो । भाषाको समस्या, विरामीको उपचारको पृष्ठभूमि र जीवनशैली बुझाउँन नसक्दा अरू डाक्टरसँग उपचार गराउन नेपालीलाई समस्या हुने रहेछ । त्यसैले धेरै नेपालीले सिधै सम्पर्क गर्ने डाक्टरमा पोखरेल पर्दछन् ।

‘डाक्टर र बिरामीको मात्र सम्बन्ध भएन, एउटै ‘माइनोरिटी कम्युनिटी’बाट आएकाले अरूखाले सहयोग पनि गर्नु पर्दो रहेछ । यसलाई समाजसेवाकै रूपमा लिएको छु ।‘ पोखरेलले भने ।

‘डाक्टर र बिरामीको मात्र सम्बन्ध भएन, एउटै ‘माइनोरिटी कम्युनिटी’बाट आएकाले अरूखाले सहयोग पनि गर्नु पर्दो रहेछ । यसलाई समाजसेवाकै रूपमा लिएको छु ।’

कतिपय नेपालीलाई भिषाको समस्या, कतिपयलाई अस्ट्रेलियन पासपोर्ट लिने बेलामा हुने कठिनाइमा सिफारिस गरेर पोखरलेले धेरैलाई गुन पनि लगाएका छन् । तीन वर्ष पहिले स्थापना भएको अस्ट्रेलियन नेप्लिज मेडिकल एन्ड डेन्टल एसोसिएसनमा पनि पोखरेल सक्रिय छन् ।

नेपालबाट आउने डाक्टर र अरू स्वास्थ्यकर्मीलाई अस्ट्रेलियामा परिक्षा कसरी दिने, कसरी जागिर सुरू गर्ने अलमल हुने रहेछ । यसमा एसोसिएसनले सहयोग गर्दो रहेछ । अस्ट्रेलियाका स्वास्थ्यकर्मीलाई नेपालमा र नेपालका स्वास्थ्यकर्मीलाई अस्ट्रेलियामा काम गराएर अनुभव आदन प्रदानको कार्यक्रम चलाउने पनि योजना छ एसोसिएसनको ।


क्लिकमान्डु