‘घ’ वर्गको निर्माण व्यवसायको लाइसेन्स स्थानीय तहले दिने



काठमाडौं । अबदेखि ‘घ’ वर्गको निर्माण व्यवसायको लाइसेन्स स्थानीय तहले दिने भएको छ ।

गाउँपालिका तथा नगरापालिकाले ‘घ’ वर्गको निर्माण व्यवसाय ईजाजत पत्र जारी, नविकरण तथा खारेजी गर्न सक्ने भएका हुन् ।

गाउँपालिका तथा नगरपालिकालाई सो अधिकार दिनु पूर्व जिल्ला समन्वय समितिमा ‘घ’ वर्गको निर्माण व्यवसायको इजाजत पत्र जारी, नविकारण तथा खारेजी गर्ने अधिकार रहेको थियो । भने, उपनगरपालिका र महानगरपालिकालाई भने सो अधिकार पहिले देखि दिँदै आइएको थियो

स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ११ को उपदफा (२) को ६ (१०) बमोजिम सार्वजनिक निर्माण कार्यका लागि प्रचलित कानून बमोजिम ‘घ’ वर्गको निर्माण व्यवसायको ईजाजत पत्र जारी, नविकरण तथा खारेजी गर्ने अधिकार दिएको हो ।

अब स्थानीय तहले सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट उपलब्ध कार्यविधि प्रयोग गर्ने गरी ‘घ’ वर्गको निर्माण व्यबसायको ईजाजत पत्र जारी, नविकरण तथा खारेजी सम्बन्धी कार्य गर्ने अधिकार स्थानीय तहलाई प्राप्त भएको छ ।


क्लिकमान्डु