नेप्सेले सर्वसाधारणलाई सेयर किन जारी नगर्ने ?



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले २५ औ वार्षिकउत्सव मनायो ।

नेप्सेले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई ५० प्रतिशत नगद लाभांश दिने निर्णय गर्यो ।

नेपाल स्टक एक्सचेन्जको २५ वर्षको इतिहाससँगै नेपाली सेयर बजारले पनि धेरै ठूलो फड्को मार्यो । चिच्चाएर सेयर बेच्नुपर्ने अवस्था हुँदै अहिलेको अवस्थामा प्राविधिक रुपमा धेरै ठूलो परिवर्तन भएको छ ।

२५ वर्षको अवधीमा सेयर बजारको विस्तार भएपनि कारोबारको दायरा अहिलेपनि काठमाडौं उपत्यकामा पनि पुतलीसडक आसपासमा सिमित छ भन्दा फरक पर्दैन ।

अनलाइन ट्रेडिङमा जाने भनेपनि अहिलेसम्म त्यो कार्यान्वयन भएको छैन । सेयर बजारमा उतारचढाव आउनु एउटा स्वभाविक प्रक्रिया हो ।

कहिले सेयर बजार उकालो लाग्छ कहिले ओरालो । तर,नेपालको सेयर बजारमा चाहिने पूर्वाधार भने अझै पुरा भएका छैनन् । टुकुचा खोलाको किनारमा रहेको नेप्से त्यहाँबाट माथी भने उठ्न सकेको छैन ।

नेपालको सेयर बजारमा बैंक तथा वित्तीय संस्थाका कम्पनीको अधिपत्य छ । नियामक निकाय बलियो भएको हुँदा यसमा लगानीकर्ताको पनि आकर्षण छ । सेयर बजारमा सबैभन्दा बढी सेयर मुल्य उत्पादक मुलक कम्पनीको भएपनि यसरी सेयर जारी भएका कम्पनीले लगानीकर्ताको पैसा डुबाएर हिडेका छन् ।

पछिल्लो सयम जलविद्युत्मा आकर्षण भएपनि यसमा पनि बिकृति उस्तै छ ।
अहिले धितोपत्र बोर्डले सेयर बजारको दायरा फराकिलो बनाउनको लागि विभिन्न खालका कम्पनीलाई सर्वसाधारणलाई सेयर जारी गर्न आह्वान तथा अन्तरक्रिया गर्दै हिडेको छ । केही कम्पनीहरु जनतालाई सेयर जारी गर्ने तयारीमा छन् । समयक्रमसँगै सेयरपनि जारी होला ।

नेप्से २५ वर्षमा पुगेपनि यो आफै भने अहिलेपनि सरकार,राष्ट्र बैंक तथा केही सेयर ब्रोक्ररको मात्र कम्पनी भएको छ । नयाँ स्टक एक्सचेन्जको कुरा आएपछि नेप्सेमा कार्यरत कर्मचारी अर्थमन्त्रालयले देखि पत्रिकामा लेख समेत लेखेर नयाँ कम्पनी आउन नदिने लबिङमा लाग्छन् ।

वर्षको ५० प्रतिशत लाभांश दिन सक्ने र सेयरको कारोबार गराउने कम्पनी जनताको हुनुपर्ने कि नपर्ने मुख्य प्रश्न हो । निजी लगानीमा स्थापना भएका कम्पनीलाई सेयर जारी गर भन्ने धितोपत्र बोर्डले नेप्सेलाई सेयर जारी गर्न किन भन्न नसक्ने ।

नेप्सेमा सरकारी निकाय सहित राष्ट्र बैंकको समेत सेयर रहेको छ । सरकारले नेप्सेबाट नगद लाभांशको रुपमा ८ करोड ७० लाख रुपैयाँ पाउने छ । यस्तै राष्ट्र बैंकले ५ करोड ३५ लाख,एनआइडिसीले ९० लाख रुपैयाँ पाउने छ । केही रकम लगानीकर्ता रहेका सेयर दलालले समेत पाउने छ ।

पछिल्लो पाँच वर्षमा सेयर बजारमा कारोबार बढेसँगै नेप्सेको नाफा समेत बढ्दै गएको छ । बजार विस्तार हुँदै गएपछि कारोबार रकम अझै बढ्दै जान्छ । यसले नेप्सेको नाफालाई बढाउने छ ।

अघिल्लो आर्थिक वर्षमा भने कमिसन रकम घटेको कारण नेप्सेको नाफा घटेको हो । आर्थिक वर्ष २०६६/६७ मा ५ करोड नाफा गर्ने नेप्से अहिले ५० करोड नाफा गर्न सक्नुको पछाडी लगानीकर्ताको हात हो ।

लगानीकर्तालाई सुविधा नदिएको नेप्सेले सेयर जारी गरेर सुविधा दिन सक्छ । विश्वमा सेयर बजारका ठूला कम्पनीले पनि सेयर जारी गरेका छन् ।
सेयर बजारको दायरा फराकिलो बनउन लागिरहेको बोर्डले नेप्सेलाई सेयर जारी गर्न लगाएर यसको सुरुवात गर्ने कि ।


क्लिकमान्डु