यी हुन् दशकौंपछि नयाँ थपिएका ठूला तारे होटल, कहाँ कुन खुले ?



काठमाडौं । होटलमा लगानीको हिसावले सन् २०१७ भने पर्यटन क्षेत्रमा सुखद रहेको छ । गत वर्ष दशकौपछि पाँच तारे र चार तारे होटलहरु थपिएका छन् ।

साथै २०१७ मा दर्जनौको संख्यामा पर्यटक स्तरका होटलहरु समेत थपिएका छन् । जसमा अर्बौ लगानी भएको छ ।

एउटा थपिदाँ दुई वटा बन्द
नेपालमा दशकपछि पाँचतारे होटल थपिएको छ । तर विगत लामो समय देखिसंचालनमा रहेका दुईवटा पाँच तारे होटल भने बन्द भएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार भैरहवाको सिल्भर हेरिटेज ग्रुपको टाइगर प्यालेस नामक नयाँ पाँचतारे होटल थप भएको छ । यो होटललाई सिल्भर हेरिटेजले विदेशी लगानीको रुपमा भर्खरै नेपाल भित्र्याएको हो ।

पर्यटन विभागले दिएको जानकारी अनुसार सन् २०१७ मा थप भएका ३ वटा चारतारे होटल काठमाडौं बाहिर निर्माण भएर सञ्चालनमा आएका छन् ।

एकदशक पछि नयाँ पाँच तारे होटल थपिएर संचालनमा आएको हो । २०७२ को भूकम्पपछि राजधानीको एभरेस्ट होटल बन्द छ भने मजदुर समस्या तथा व्यवस्थापनको कमजोरीले पोखराको फूलबारी रिसोर्ट गत साउनदेखि बन्द अवस्थामा छ ।

एउटा होटल थप हुँदा दुई वटा बन्द हुनुले पर्यटनमा देखिएको सम्भावनामा राम्रो सन्देश नगएको होटल संघ नेपाल (हान) को भनाइ छ ।

२७ वर्षपछि चार तारे होटल
नेपालमा करिब तीन दशकपछि औपचारिक रुपमा नयाँ चारतारे होटल एकै वर्षभत्र ३ वटा थप भएका छन् ।

२७ वर्षअघि स्थापना भएको ललितपुरको हिमालयन होटलपछि औपचारिक रुपमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा दर्ता भएका चारतारे होटलको संख्या ५ वटा पुगेका छन् । यसअघि दशकौंसम्म चारतारे होटलको रुपमा लाजिम्पाटको शंकर र हिमालयनलाई मात्रै लिने गरिएको थियो ।

चारतारेको मान्यता पाउने होटलमा नेपालगन्जकै सोल्टी सिब्क्रिम, नगरकोटको मिस्टिक माउन्टेन, कोहलपुरको सेन्ट्रल प्लाजा सहितका होटल रहेको उल्लेख छ ।

काठमाडौंभित्र सीमित चारतारे होटल अब राजधानीबाहिर पनि पुगेका छन् राजधानीमै सीमित चारतारे होटल हाल बाहिर पनि निर्माण हुने क्रम बढ्न थालेको मन्त्रालयलको भनाइ छ ।

पर्यटन विभागले दिएको जानकारी अनुसार सन् २०१७ मा थप भएका ३ वटा चारतारे होटल काठमाडौं बाहिर निर्माण भएर सञ्चालनमा आएका छन् ।

कञ्चनपुरको होटल ओपेरा, नेपालगन्जको होटल कृष्णा र सिमराको होटल इच्छाले पर्यटन विभागबाट चारतारेको अनुमति पाएका हुन् ।

यी बाहेक मन्त्रालयको सम्पर्कमा आइसकेका र छिट्टै निरीक्षण गरेर स्तर वर्गीकरणपश्चात् चारतारेको मान्यता पाउने होटलमा नेपालगन्जकै सोल्टी सिब्क्रिम, नगरकोटको मिस्टिक माउन्टेन, कोहलपुरको सेन्ट्रल प्लाजा सहितका होटल रहेको उल्लेख छ ।

यसबाहेक व्यवसायले विभिन्न माध्यमबाट घोषणा गरेका होटल निर्माणकै चरणमा रहेकोले सम्पन्न भए पनि मन्त्रालयले गर्ने निरीक्षणबाट मात्रै स्तर वर्गीकरण हुने उल्लेख छ ।

पहिल्यै चारतारे भनेर निर्माण गरिए पनि स्तर वर्गीकरण पश्चात उक्त होटल तीनतारे हुने गरेको छ । यसअघि ठमेलको होटल मेरिओट चारतारे भनेर निर्माण सुरु गरिए पनि सञ्चालनमा आउँदा तीनतारेको मात्रै स्तर पुगेको पर्यटन विभागको भनाइ छ ।

थपिएका तीनतारे होटलमा ठमेलको १ सय १५ कोठे म्यारिओट, ठमेलकै ६३ कोठे मलवरी र हेटौंडाको ६० कोठे सामना होटल रहेका छन् ।

तीन दशकदेखि नेपालमा चारतारे होटलको संख्या थप हुन नसकेको भए पनि पर्यटन क्षेत्रमा देखिएको सकारात्मक सम्भावना, लगानीको वातावरण बन्दै जानु र दीर्घकालीन लाभको दृष्टिलाई हेरेर नयाँ होटल थप भएको होटल एसोसिएसन नेपाल (हान) का महासचिव विनायक शाह बताउँछन् ।

उनका अनुसार ३ वर्षभत्रै काठमाडौंमा मात्रै चारतारे होटलमा ४ हजार कोठा थप हुँदैछन् । पछिल्लो ३ दशकसम्म एउटा पनि चारतारे होटल नथपिए पनि हाल थपिएका र निर्माणको क्रममा रहेकासहित दर्जन चारतारे होटल आउने तयारीमा रहको पनि शाहले बताए ।

तीन तारे पनि थपिए
पर्यटन विभागका अनुसार सन् २०१७ मा तीनतारे होटल ३ वटा थप भएका छन् । थपिएका तीनतारे होटलमा ठमेलको १ सय १५ कोठे म्यारिओट, ठमेलकै ६३ कोठे मलवरी र हेटौंडाको ६० कोठे सामना होटल रहेका छन् ।

यसअघि ३१ वटा रहेको तीनतारे होटलमा थप संख्यासहित ३४ वटा पुगेको पर्यटन विभागले जानकारी दिएको छ ।

विभागका अनुसार पर्यटकस्तरका होटल भने २३ वटा थप भएका छन् । पर्यटकस्तरका होटल हाल ४ सय ८५ वटा पुगेको उल्लेख छ । विभागले दिएको जानकारी अनुसार दुईतारे होटल भने गत वर्ष थप भएनन् । यस्ता होटलको संख्या ४३ छन् । ६ वटा एकतारे होटल भने निरीक्षणका क्रममा स्तर घटुवा भएर पर्यटकस्तरमा झरेका छन् ।

पर्यटन विभागका अनुसार एकतारेबाट स्तर घटेर पर्यटकस्तरमा पुग्ने होटलमा ठमेलको एक्सेक्सर, होटल बुद्ध, होटल मेलम्ची, होटल गरुडा, होटल शक्ति र ओङपिक रहेको छ । यी होटल मन्त्रालयको अनुगमनका क्रममा तोकिएको मापदण्ड नपुगेका कारण घटुवा भएका हुन् ।


क्लिकमान्डु