प्रविधिमा सफल होला २०१८ः तयारी कृतिम किड्नी देखि भर्टिकल र्फामिङ्गसम्म



काठमाडौं । सन् २०१८ प्रारम्भ भएको छ, २०१८ सँगै मानिसहरुले विभिन्न प्रकारका आधुनिक टेक्नोलोजिको विकासलाई समाजमा ल्याउने कोसिस गरेका छन् । यो कोसिसले २०१८ मा विश्वभर केही परिवर्तन ल्याउन सक्ला भन्ने अपेक्षा गरिएको छ ।

कृतिम किडनीको प्रत्यारोपणः विश्वमा लगभग २ लाख मानिसहरुको लागि रगत सफा गर्नको लागि किडनीको डायलिसिस् हरेक हप्ता गर्नुपर्ने छ । यो एउटा यस्तो जटिल प्रक्रिया हो, जुन बिना बिरामी मानिसको मृत्यु पनि हुन सक्छ ।

सुरुमा सैनफ्रान्सिस्को, कैलिफोनिया यूनीवर्सिर्टीको एउटा टिमले यस्तो कृतिम किडनीको विकास गरेका हुन् । जुन प्रत्यारोपण गर्न सकिन्छ ।

यो एउटा कफी कपको बक्साको आकारमा बनेको छ । यसमा सिलिकन फिल्टर र सजिव किड्नी सेल्स हुने गर्छ । यसलाई बायोरिएक्टरमा डेभलप गरिएको हो ।

यसलाई बिमारीको सर्कुलेशन र ब्लेडरबाट एक दिनमा २४ घन्टा रगतलाई सफा गर्ने गरिन्छ ।

भर्टिकल र्फामिङः उभिएको आकारमा खेती गर्नुलाई भर्टिकल फार्मिङ भनिन्छ । पछिल्लो समय हामी विश्वको बढ्दो जनसंख्याका कारण पर्याप्त खाध्यको उत्पादन सुनिश्चित र अन्य स्रोतहरुलाई संगाल्ने कोसिस भैरहेको छ ।

भर्टिकल फासर्मङले हामीलाई विशेष तरिकाले अन्न उत्पादन गर्न मदत गर्ने छ । जसलाइ पानी र भुमीको एउटा सानो ठाउँमा उपयोग गर्न सकिन्छ । यस प्रकारको खेतीलाई पेस्टीसाइड र फर्टिलाइजर्स पनि भन्ने गरिन्छ ।

शन्फ्रान्सिस्को मुख्यालयमा अमेजनका मालिक जेफ बेजोस मार्फत दिइएको फन्डिङको प्रयोग गर्दै ताजा उपजहरुको विकास गर्नको लागि ठूलो इन्डोर खेतीको निर्माण गरिएको छ । प्रायः यसमा हरियो सागसब्जी लगाइएको छ । यसले कार्बनडाइ अक्साइडको मात्रालाई कम गर्ने छ ।

जीन इडिटिङः हामीमा हुने गुण र शारिरीक लक्ष्यणहरु सबै हाम्रो जीनमा निर्भर हुन्छ । जसलाई चलाउन पहिला सकिदैन थियो । तर, वैज्ञानिकहरुले यसलाई सम्भव बनाएर देखाएका छन् ।

क्रिस्परको ‘डिएनए कैची’ वैज्ञानीकको ‘जेनेटिक म्याटेरीयल’ टुक्रालाई राम्रोसँग लक्षित गर्न र सम्पादित गर्न अनुमति दिएको छ । बायोमेडिकल रिसर्चमा क्रिस्पर एउटा गेम चेन्जर साबित भएका छन् । किन भने धेरै तिब्र र छोटो भएका कारण यसको प्रयोग जेनेटिक कोर्डलाई सम्पादित गर्नको लागि गरिन्छ । यो २००३मा विकास भएको हो ।

दृस्टीबिहिनका लागि इ रिडरः ब्रेल लिपि यस्ता मानिसहरुलाई साक्षर र कौशल बनाउनको लागि सक्षम भएको छ जसले आँखा देख्न सक्दैनन् । यसमा हिज्जे र विराम चिन्हको प्रयोग गरिएको छ । तर, यस प्रकारको कौशलता विद्यालयमा पढ्नको लागि भने प्रयोग हुन सकेको छैन् ।

यो ‘टेक्स्ट टू स्पीड’ सफ्टवेरमा जस्तैगरि अध्यन गर्न सकिन्छ । यतिमात्र हैन ब्रेलको उत्पादनको लागत कयौं मानिसहरुको लागि सजिलो पनि भएर आएको छ । ब्रिस्टल ब्रेली टेक्नोलोजीले भखरै मात्र एउटा सजिलो र टिकाउ ब्रेली इ रिडर ल्याउन लागेको छ । जसको प्रयोगले दुष्टी बिहिनहरु सजिलै गर्न सक्ने छन् । एजेन्सीको सहयोगमा


क्लिकमान्डु