भियग्रा पत्ता लाग्नुअघि नै यौनबर्ध्दक औषधी उत्पादन गर्ने एउटा नेपाली कम्पनी




काठमाडौं । सन् १९४९ मा क्षयरोग (टिबी) विरुद्धको औषधी स्ट्रिप्टोमाइसिन पत्ता लाग्यो । र, सन् १९८९ मा यौनबद्र्धक औषधी भियग्रा पत्ता लाग्यो ।

यी दुबै औषधिको आविष्कारपछि औषधी विज्ञानको नयाँ अध्याय सुरु भयो । यसलाई आधुनिक मानब सभ्यताको ठूलो उपलब्धीको रुपमा लिइयो ।

स्ट्रिप्टोमाइसिन वा भियग्रा नेपाली बैज्ञानिकले, नेपाली नागरिकले, नेपाली डाक्टरले वा नेपाली कम्पनीले पत्ता लगाएका थिएनन् । तर, भियग्रा र स्ट्रिप्टोमाइसिन पत्ता लाग्नुभन्दा धेरै पहिलादेखि नै यौनबद्र्धक र क्षयरोग विरुद्धको औषधी एउटा नेपाली कम्पनीले उत्पादन गरिरहेको थियो ।

यस्तो औषधी उत्पादन गर्ने नेपाली कम्पनी अहिलेको सिंहदरबार बैद्यखाना विकास समिति हो ।

मल्लकालमा मल्ल राजाहरुलाई यौन शक्ति बढाउनको लागि प्रयोग हुने बाजीकर जस्ता आयुर्वेदिक औषधीहरुको उत्पादन गर्न सन् १८४६ मा हनुमान ढोकामा एउटा उद्योग स्थापना भयो । पछि जंगबहादुर राणाको शासनकालमा यसलाई थापाथलीमा सारिएको थियो । त्यसपछि चन्द्रशमशेर राणाले आफू श्री ३ महाराज भएको बेलामा थापाथलीबाट यसलाई सिंहदरवार नजिकैं अनामनगरमा स्थापित गरे ।

यो पूर्णसरकारी स्वामित्वको नेपाली कम्पनी थियो र छ । विक्रम सम्बत् २०५२ सालमा सिंहदरवार वैद्यखाना विकास समितिको नामबाट यो गठन भएको हो । विगतमा वैद्यखानाबाट उत्पादन हुने आयुर्वेदिक औषधिहरु अन्तराष्ट्रियस्तरको हुने गरेको समितिका प्रबन्धक निर्देशक डा. वंशदीप शर्मा खरेल बताउँछन् ।

२००७ सालमा प्रजातन्त्र आएपछि राजा त्रिभुवनले वैद्यखानाबाट उत्पादित औषधी सर्बसाधारणले समेत उपभोग गर्न पाउने नियम ल्याए । अनि बैद्यखाना औषधी निर्माण तथा बिक्रीशालाको रुपमा परिणत भयो ।

नेपाल सरकारले पहिलैदेखि उत्पादन गर्दै आएको जडिबुटिका औषधिहरुलाई निरन्तरता दिनको लागि यसलाई विकास समितिमा परिणत गरिएको उनको भनाइ छ ।

२००७ सालमा प्रजातन्त्र आएपछि राजा त्रिभुवनले वैद्यखानाबाट उत्पादित औषधी सर्बसाधारणले समेत उपभोग गर्न पाउने नियम ल्याए । अनि बैद्यखाना औषधी निर्माण तथा बिक्रीशालाको रुपमा परिणत भयो । त्योभन्दा अगाडि यसले उत्पादन गर्ने औषधी राजा महाराजाहरुले मात्रै प्रयोग गर्थे । सर्बसाधारणको लागि उपलब्ध थिएन ।

पछिल्लो समय सिंहदरबार बैद्यखाना विकास समितिले अभिपतिकर, भेनवास्टर, महायोजारखुल, महानारायण तेल, पुस्यारकपुण, विङगदासक, सपगन्दा, निबवादी चुण्ड, खतिरादीपरी, योग राज खुकुल, महासुठरसन, चन्द्रपझबुटी जस्ता १ सय ८५ वटा औषधीहरु उत्पादन गर्ने गरेको खरेल बताउँछन् ।

मल्लकालमा बन्ने गरेका औषधीहरु जस्तै जिवनारायण तेल, जुन १ सयभन्दा बढी जनावरहरुबाट बन्ने गथ्र्यो, त्यो अहिले बन्दैन । तर, अब हामी ती आयुर्वेदिक औषधीहरु जुन मल्लकालमा बन्थे र राणाकालपछि विलिन भए तिनीहरुलाई पुन उत्पादन र विक्री वितरणको प्रयास गर्दैछौं

सिलाजित, चेवनप्रास र तुलसी चियालाई वैद्यखानाले प्रहिलो प्राथमिकता दिएको छ । यहाँ बन्ने गरेको सिलाजित अन्तराष्ट्रिय रुपमा नै गुणस्तरीय रहेको उनले बताए ।

बैद्यखानाले भियग्रा नै भने उत्पादन गर्दैन । तर, उसले उत्पादन गर्ने अश्वगन्धाचूर्ण, पूर्णचन्द्रदयारस, बाजीकर र स्पेशल चेवनप्रासहरुले यही काम गर्ने खरेल बताउँछन्, जुन काम भियग्राले गर्छ ।

यी आयुर्वेदिक औषधीहरु वर्षभरि नै उत्पादन र बिक्री वितरण गर्नको लागि वैद्यखानाले लामो समयदेखि निरन्तरता दिदै आए पनि समय समयमा जडिबुटीको अभाव र मौसमका कारण केही औषधिहरु उत्पादनमा भने समस्या आउने गरेको छ ।

‘छिमेकी मुलुक भारतमा उत्पादन हुने आयुर्वेदिक औषधीहरुको तुलनामा नेपालमा उत्पादन हुने आयुर्वेदिक औषधीहरु गुणस्तरीय छन्,’ खरेल दाबी गर्छन् ।

‘यद्यपि मल्लकालमा बन्ने गरेका औषधीहरु जस्तै जिवनारायण तेल, जुन १ सयभन्दा बढी जनावरहरुबाट बन्ने गथ्र्यो, त्यो अहिले बन्दैन । तर, अब हामी ती आयुर्वेदिक औषधीहरु जुन मल्लकालमा बन्थे र राणाकालपछि विलिन भए तिनीहरुलाई पुन उत्पादन र विक्री वितरणको प्रयास गर्दैछौं,’ उनी भन्छन् ।

यसको लागि विगतमा काम गर्ने गरेका विज्ञहरुलाई खोजेर विगतका ती जडिबुटीको खोजी गर्ने खरेलले जानकारी दिए ।

दोस्रोमा यसलाई विस्तारै आधुनिकिकरण गर्दै जाने लक्ष्य बोकेको उनले बताए । अहिले बनिरहेका औषधिहरुमा सावधानीपूर्वक गुड म्यानुफ्याक्चरिङ प्राक्टिस् (जिएमपी) मापदण्डलाई पालना गर्दै यसको लागि प्रारम्भिक कार्यहरु भैरहेको उनको भनाइ छ । यसलाई पन्च बर्षीय योजना अनुसार विस्तार गर्दै लाने खनालले बताए ।

अहिले उत्पादन हुने गरेका आयुर्वेदिक औषधिलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय मापदण्ड अनुसार नै अघि बढाउनको लागि प्रारम्भिक रुपमा कार्य भैरहेको छ ।

नेपाल सरकारले वैद्यखानामा उत्पादन हुने २० प्रकारका औषधीहरुलाई निरन्तर रुपमा निशुल्क बेच्ने गरेको छ । अर्को यहाँको उत्पादन बजारमा बढी माग भएका औषधीलाई उत्पादनमा बढी ध्यान दिने गरेको छ । यस्तै कुनै पाउडरका औषधीहरुलाई पेस्ट वा चक्कीमा रुपान्तरण गरी प्रतिस्पर्धी बन्ने प्रयास पनि भइरहेको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को मान्यता प्राप्त गर्ने गरि अन्तराष्ट्रिय रुपमा नै जिएमपी सर्टिफाइडको मापदण्डमा गएर वैद्यखानाले औषधीहरु उत्पादन गर्ने उद्देश्य बोकेको छ । तीसँगै पुराना औषधिहरुलाई पनि आधुनिक रुपमा ल्याइ यसको उत्पादन गर्ने पनि दीर्घकालिन योजना उसको छ ।

यस्ता शाखाहरुले त्यहाँको सामुदायिक बन र उपभोक्ताहरुमा ब्याक बाइ ग्यारेन्टीको आधारमा प्रोशेशिङसँगै मेन्यूफ्याक्चरिङ गर्ने उनले जानकारी दिए ।

सुरुमा भौगोलिक रुपमा हिमाली, पहाडी र तराइ भेगमा पनि यसको शाखा खोल्ने भनिएको थियो । हिमाली भेगका लागि शंखुवासभामा यसको शाखा खोलिएको छ । पूर्व स्वास्थ्यमन्त्री गगन थापाको नेतृत्वमा यसलाई भौगोलिक रुपमा शाखा बनाउने नीतिगत निर्णय भए पनि कार्यान्वयन हुन सकेको छैन । यससँगै अरु ७ प्रदेशमा पनि यसका शाखाहरु खोलिने वैद्यखानाको उद्देश्य रहेको खरेलले बताए ।

यस्ता शाखाहरुले त्यहाँको सामुदायिक बन र उपभोक्ताहरुमा ब्याक बाइ ग्यारेन्टीको आधारमा प्रोशेशिङसँगै मेन्यूफ्याक्चरिङ गर्ने उनले जानकारी दिए । स्थानीयस्तरमै उत्पादन हुन नसक्ने उत्पादनहरु काठमाडौंमा नै ल्याएर पनि उत्पादन गर्ने बैद्यखानाको उदेश्य छ ।

स्थानीयस्तरमा विक्री वितरण शाखाहरु पनि खोलिने उनको योजनामा छ । शाखासँगै जडिबुटी अध्ययन केन्द्रहरु ठाउँ ठाउँमा बनाउने र त्यसको लागि सरकारबाट नै जग्गाहरु उपलब्ध गराउँदै उनीहरुको खेतीबाट प्राप्त भएको जडिबुटीलाई सरकार आफैले किन्ने र विस्तार गरेर लाने उद्देश्य रहेको उनी बताउछन् ।

‘चन्द्रसम्मसेरलाई क्षयरोग लागेको थियो, बैद्यखानाबाट उत्पादित औषधी प्रयोग गरेर उनलाई निको भएको थियो,’ खरेलले विगत सुनाए ।

तर, अहिले त्यस्तो औषधी उत्पादन गर्ने चाहिने सामाग्रीसमेत थाहा हुन नसकेकोले उत्पादन बन्द भएको उनको भनाइ छ ।

सिंहदरबार बैद्यखाना विकास समितिले बाािर्षक ३ करोड रुपैयाँको हाराहारीमा आयुर्वेदिक औषधीहरु उत्पादन गर्ने गरेको छ । यहाँ उत्पादित औषधिहरु सरकारलाई बेच्ने र सरकारले विभिन्न ठाउँमा निशुल्क रुपमा पनि वितरण गर्ने गरेको खरेल बताउछन् ।

‘चन्द्रसम्मसेरलाई क्षयरोग लागेको थियो, बैद्यखानाबाट उत्पादित औषधी प्रयोग गरेर उनलाई निको भएको थियो,’ खरेलले विगत सुनाए ।

आयुर्वेदमा नेपालले २ सय ७५ वर्षको इतिहास बोकेको छ । तर, यसमा विकास भने कम मात्र हुन सकेको छ ।

आयुर्वेदिक शिक्षालाई विद्यालय शिक्षामा पनि समावेस गर्न सकिए यसलाई नेपालमा विकसित ढंगले अगाडि बढाउन सकिने खरेल बताउछन् ।

वैद्यखानाले चुर्ण अन्तर्गत ३३ प्रकारका, पाक अन्तर्गत ७ प्रकारका, गुग्गुल अन्तर्गत ७ प्रकारका, ट्याब्लेट अन्तर्गत १७ प्रकारका, मण्डुर अन्तर्गत ७ प्रकारका, आसव अन्तर्गत १९ प्रकारका, रसायन अन्तर्गत ३२, प्रकारका, तेल अन्तर्गत १७, भस्म अन्तर्गत २०, पर्पटी अन्तर्गत २ र जडिबुटी चिया अन्तरगर्त १ तुलसी चियामात्र, उत्पादन गर्ने गरेको छ । यस्तै वैद्यखानाले नयाँ उत्पादनहरुमा थप १३ औषधिहरु उत्पादन गर्न थालेको वैद्यखानाले जनाएको छ ।

यसरी सिंहदरवार वैद्यखानाले नेपालमा पाइने ६० प्रतिशत जडिबुटीको प्रयोगबाट आयुर्वेदिक औषधीहरु उत्पादन हुने गरेको छ ।


क्लिकमान्डु