मेलम्ची आयोजनाका प्रमुखलाई अख्तियारको प्रश्न-काठमाडौँको धुलो हटाउन कति वर्ष लाग्छ ?



काठमाडौं । मेलम्ची खानेपानी आयोजना यो समयमा आउँछ, अब आइहाल्यो भनेर काठमाडौँबासीले सुन्दै आएको २२ वर्ष भयो । तर काम भने कछुवाको गतिमा अगाडि बढीरहेको छ ।

आयोजनाको मिति पटक पटक सरिरहेको छ । काठमाडौं उपत्यका भित्र पाइप बिच्छ्याउन खनिएका सडक उस्तै छन् । धुलोका कारण विगत डेढ वर्षदेखि काठमाडौंबासी समस्याम ाछन् । तर निर्माणको जिम्मा पाएको आयोजना, निर्माण व्यवासायलिे धुलो नियन्त्रण गर्न कुनै चासो देखाएको जस्तो देखिदैन ।

सरकारी निकायले कहिल्यै पनि जनतालाई सही जानकारी दिन सकेन वा दिएन । सधै आयोजनाको मिति सार्ने र पानी आउने समयको बारेमा समेत सही जानकारी नदिएका कारण नागरिक हैरान छन् । यही सन्दर्भमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोजनाले पाइप बिछ्याउँदा खनिएका सडक पुनःनिर्माणमा भइरहेको ढिलाइप्रति चासो राखेर आयोजनाका पदाधिकारीलाई बोलाएर छलफल गरेको छ ।

मंगलबार आयोगका पदाधिकारी नै उपस्थित भएर आयोजनाका पदाधिकारीलाई भन्यो – तपाईहरु जनतालाई किन सही जानकारी दिनुहुन्न ? धुलो हटाउने तर्फ किन पहल गर्नुहुन्नन, खनिएका सडक किन पुर्नुहुन्न ? जनतालाई सहिसूचना दिने तपाईहरुको कर्तव्य हो कि होइन ? धुलो हटाउन कति वर्ष लाग्छ ?

जनताले मेलम्ची आयोजना कहिले सम्पन्न हुन्छभन्दा पनि धारामा कहिले पानी आउँछ भनेर चासो राख्ने गरेको भन्दै त्यसका लागि भइरहेका प्रयासका बारेमा प्रस्ट रुपमा जानकारी दिनुपर्ने दायित्व आयोजनाको हो कि होइन भनेर प्रश्न गरेका थिए ।

अख्तियारका पदाधिकारीको प्रश्नको उत्तर थिएन, आयोजनाका अधिकारीसँग । उनीहरु चुपचाप आयोगका प्रमुख आयुक्तसहित आयुक्तहरुको प्रश्न सुनीरहे र भने-काममा समन्वय नै हुन सकेन । समन्वय गरिदिने निकायले काम गरिदिएन ।

खनिएका सडक पुनःनिर्माण नहुँदा काठमाडौँवासी धुलोको मारमा परेको र मानव स्वास्थ्यमा समेत गम्भीर प्रभाव परेको भन्दै किन त्यस्तो भएको हो सो बारेमा सम्बन्धित आयोजनाका पदाधिकारीलाई बोलाएर आयोगले मंगलबार छलफल गरेको हो ।

मेलम्ची खानेपानी आयोजनाको पानी कहिले आउँछ र कहिले धुवाँ र धुलोबाट मुक्त होइन्छ भन्दै नागरिकका तर्फबाट चासो र चिन्ता बढेपछि आयोगले आयोजनाका पदाधिकारीलाई बोलाएर छलफल गरेको आयोगका प्रवक्ता विष्णुप्रसाद पोखरेलले जानकारी दिए । ।

आयोगका प्रमुख आयुक्त दीप बस्न्यातले आयोजनाको कार्यप्रगति र काठमाडौँ उपत्यकामा बढ्दै गरेको खानेपानीको अभाव र धुवाँ, धुलोले पारेको नकारात्मक प्रभावका बारेमा सम्बन्धित सरोकार निकायका प्रमुखसँग जानकारी लिँदै तत्काल पुनःनिर्माण गर्न निर्देशन दिए ।

सम्बन्धित निकायबीच समन्वयको अभावमा धेरै ठाउँमा कमजोरी देखिएको भन्दै प्रमुख आयुक्त बस्न्यातले काठमाडौँ उपत्यका खानेपानी आयोजनाको वितरण प्रणाली ठीक नभएको र नागरिकले शीघ्र रुपमा सेवा पाउने उपायका बारेमा सम्ब्न्धित पक्षलाई निर्देशन दिए ।

आयुक्त नवीनकुमार घिमिरेले मेलम्ची खानेपानी आयोजनाले जुन गतिमा काम गर्नुपर्ने हो त्यसअनुसार नभएको उल्ल्ेख गर्दै जनताको चासोका विषयलाई छिटो सम्बोधन गर्न आयोजनालाई आग्रह गरे ।

जनताले मेलम्ची आयोजना कहिले सम्पन्न हुन्छभन्दा पनि धारामा कहिले पानी आउँछ भनेर चासो राख्ने गरेको भन्दै त्यसका लागि भइरहेका प्रयासका बारेमा प्रस्ट रुपमा जानकारी दिनुपर्ने दायित्व आयोजनाको हो कि होइन भनेर प्रश्न गरेका थिए ।

राष्ट्रिय गौरवको आयोजना भन्ने तर काम गर्ने प्रवृत्ति चाहिँ पुरानै शैलीको भएको भन्दै अर्का आयुक्त डा गणेशराज जोशीले ढिला गर्ने प्रवृत्तिको अन्त्य गरेर जिम्मेवारीबोधका साथ काम गर्न आयोजनाका अधिकारीलाई आग्रह गरे ।

समस्या देखाएर पन्छने प्रवृत्ति बढ्दै गएको भन्दै अर्का आयुक्त डा सावित्री थापा गुरुङले समन्वय गरेर कार्य सम्पादन गर्नुपर्ने र आम नागरिकले अनुभव गर्ने गरी आयोजनाको काम सम्पन्न गर्नुपर्नेमा जोड दिइन् ।

तपाईहरु जनतालाई किन सही जानकारी दिनुहुन्न ? धुलो हटाउने तर्फ किन पहल गर्नुहुन्नन, खनिएका सडक किन पुर्नुहुन्न ? जनतालाई सहिसूचना दिने तपाईहरुको कर्तव्य हो कि होइन ? धुलो हटाउन कति वर्ष लाग्छ ?

आयोगका सचिव राजन खनालले मेलम्ची खानेपानी आयोजनाको निर्माण कार्यमा देखिएका कमजोरीलाई सुधार गरेर काठमाडौँको आवश्यकता पूरा गर्न सक्ने गरी आयोजनाको काम सम्पन्न हुनुपर्ने धारणा राखे ।

मेलम्ची खानेपानी विकास आयोजनाका कार्यकारी निर्देशक रामचन्द्र देवकोटा र सोही आयोजनाका परियोजना कार्यान्वयन निर्देशनालयका आयोजना निर्देशक तिरेशप्रसाद खत्रीले धेरैजसो पाइप बिच्छ्याइएको स्थानमा कालोपत्र र पुनःनिर्माणको काम भएको भए पनि केही स्थानमा भने नभएको बताएका थिए ।

पुनःनिर्माण गर्नुपर्ने स्थानमा आयोजनाले विशेष प्राथमिकतामा राखी धुलो र धुवाँ हटाउने कार्यलाई प्राथमिकता राखिएको बताए । आयोजनाको सुरुङ निर्माणको काम करिब सम्पन्न हुने चरणमा पुगेको र आगामी दुई हप्तामा अम्बाथान-ग्याल्थुम खण्ड ‘ब्रेक थ्रू’ हुने सम्पन्न हुने कार्यकारी निर्देशक देवकोटाको भनाइ थियो । उक्त खण्डमा सय मिटर सुरुङ खन्न बाँकी रहेको छ ।

देवकोटाका अनुसार त्यसपछि ग्याल्थुम-सिन्धु सुरुङ मात्रै ब्रेक थ्रू गर्न बाँकी रहने र त्यो पनि केही समय भित्रै सम्पन्न हुने छ । उक्त खण्डमा ५१५ मिटर जति सुरुङ खन्न बाँकी रहेको छ । नरम चट्टान भएका कारण सुरुङ खन्न समस्या आएको आयोजनाले जनाएको छ । सुुन्दरीजलदेखि सिन्धुसम्मको करिब नौ दशमलब चार किलोमिटर लामो सुरुङ २०७३ पुसमा नै निर्माण सम्पन्न गरिएको थियो ।

कार्यान्वयन निर्देशनालयका निर्देशक तिरेशप्रसाद खत्रीले काठमाडौँको धेरै सवारी चाप हुने स्थानबाहेक अन्य क्षेत्रमा वितरणको पाइपलाइन जडान गर्ने कार्य सम्पन्न भइसकेको र भत्काइएका सडक पुनः निर्माणलाई विशेष प्राथमिकतामा राखेर काम भइरहेको जानकारी दिए ।

(राससको सहयोगमा)


क्लिकमान्डु