सगुनमा लगानी गर्न पाइने अबसर अब केही घण्टा मात्रै, कस्तो फाइदा होला ?




काठमाडौं । सगुनले अमेरिकी नियामक निकायको अनुमतिमा ग्लोबल मार्केटमा मिनी आइपिओ जारी गरेपछि लगानीकर्ताले चासोका साथ यसको भविष्यको आँकलन गरिरहेका छन् ।

नेपालीले स्थापना गरेको अमेरिकी स्टार्ट अप इकमर्स कम्पनी सगुन डटकममा लगानी गर्नलाई केहीले जोखिमपूर्ण भनेका छन् । केहीले भने जोखिम कम लाभ धेरै हुने आँकलन गरेका छन् ।

विश्वब्यापी रुपमा आइटी कम्पनीहरुले राम्रो प्रगति गरिरहेका बेला नेपालीको आइडियामा स्थापना भएको अर्को इकमर्स कम्पनीले एउटा अभूतपूर्व अबसर ल्याएको यसका प्रवद्र्धको दाबी छ ।

अहिले अमेरिकाले ल्याएको जब्स एक्टले धन हुनेहरुको हातबाट सेयरमा लगानी गर्ने अबसर साना लगानीकर्ताहरुमा ल्याइ दिएको छ । त्यसैको अबसर पाएको छ सगुनले ।

मिनी आइपिओ निस्कासन गरेको कम्पनीका संस्थापक हुन् अमेरिकी सरकारी निकायमा लामोसमय सिस्टम इन्जिनियर भएर काम गरेका गोविन्द गिरी । उनी सगुनलाई आगामी ५ बर्षभित्र सगुन १० अर्ब डलरको कम्पनी बनाउने ध्याउन्नमा छन् ।

‘त्यतिखेर कम्पनीमा १ हजारभन्दा बढी कर्मचारी हुनेछन्,’ उनको दावी छ, ‘हामीले बार्षिक २ करोड डलर बार्षिक आम्दानी गर्ने छौं ।’

युजरको संख्या १ करोड नाघ्ने समेत उनी दावी गर्छन् । सगुनले आफ्नो सामग्रीलाई मोनोटाइजेसन गर्ने सिस्टम विकास गरिरहेको छ । सबै सामाजिक संजालभन्दा विल्कुलै फरक यस्तो प्रोडक्टले युजरलाई समेत आफ्नो आम्दानीको केही हिस्सा नगदमै उपलब्ध गराउँछ । सगुनले सोसियल डिजिटल स्मार्ट कार्डको अबधारणा समेत ल्याएको छ । यस्तो खालको सुविधा दिने सगुन पहिलो सामाजिक संजाल हुनेछ । यस्तै कारणले सगुनका युजर १ करोड नाघ्ने कम्पनीको दाबी हो ।

विश्वब्यापी रुपमा आम मानिसले औषतमा २ देखि ६ घन्टासम्म सामाजिक संजालमा विताउने गरेको गिरीको भनाइ छ । यसले समय खेर गइरहेको हुन्छ । त्यति समय विताउँदा युजरले केही पाउँदैनन् । उनीहरुको समय मात्र खेर जान्छ ।

सगुनलाई समय दिने ग्राहकलाई उसले पाउने रेभेन्युको हिस्सा बाँड्ने कन्सेप्ट गिरीले सुनाए ।

‘सगुनले हरेक युजरलाई आफ्नो समय खर्च गर्दा जेनरेट गर्ने नाफाको ५ प्रतिशत हिस्सा दिने योजना बनाएको छ,’ गिरी भन्छन् । आफ्नो आम्दानी युजरलाई बाँड्ने सगुन पहिलो सोसियल नेटवर्क हुनसक्छ ।

सगुनले युजरलाई स्मार्ट कार्डसमेत बाँड्दै छ । त्यही कार्डमा युजरको आम्दानी जम्मा हुँदै जानेछ ।

सगुनको आम्दानी के होला ?
उसले ३ तरिकाबाट आम्दानी गर्ने योजना बनाएको छ । एउटा फेसबुकले गर्ने जस्तो ब्यानर एडभर्टाइजिङ हो । यसमा सगुनले आफ्नो एप्लिकेसन्सको स्टोरीसँग म्याच हुने खालेका विज्ञापन राख्ने योजना बनाएको गिरीको भनाइ छ ।

अर्को कुरा सगुनको सोसियल स्मार्ट कार्डले गिफ्ट कार्डलाई रिप्लेस गर्न खोजको छ । पश्चिमा मुलुकमा हरेक बर्ष १ अर्ब डलरभन्दा बढीको गिफ्टकार्ड खेर जान्छ । सगुनले त्यस्ता कार्डलाई प्रयोगमा ल्याउन खोजेको छ ।

अर्को कुपन मार्केट अर्बौको छ । कुनै स्टोरमा गएर तपाईंले १ सय डलरको सामान किन्दा तुरुन्त २० डलरको कुपन पाइन्छ । त्यति रकमको कुपन एक साताभित्रै अर्को खरिद गर्दा प्रयोग गर्न पाइन्छ । साता दिनभित्रै नगए त्यो कुपन प्रयोगमा आउँदैन । सगुनको स्मार्ट सोसियल कार्डले त्यस्ता कुपनको स्क्यान गरेर कार्डमा जम्मा गर्छ ।

सगुनको आइडिया कार्यान्वयनमा आयो भने यसले फेसबुकको अहिलेको स्थान लिन सक्ने यसका प्रवद्र्धको भनाइ छ । त्यसैले लगानीकर्ताले थोरै जोमिख हुने, धेरै फाइदा हुने हेरेर आफ्नो आम्दानी अनुसार लगानी गर्नु उपयुक्त हुने दाबी गरेको छ।

सगुनले अहिले मिनी आइपी ओमार्फत २ करोड डलरको सेयर निस्कासन गरेको छ । हरेक ब्यक्तिले २३ डलर प्रतिकित्ताका दरले कम्तीमा १ हजार डलरको सेयर किन्न सक्ने छन् ।

सेयर किन्न चाहनेहरुले www.sagoon.com/invest मा त्यहाँ दिइएको फर्म भर्नु पर्छ । सेयरमा लगानी गर्न बैक खाताबाट वायर ट्रान्फर वा क्रेडिट/डेविट कार्डबाट पनि सकिने ब्यवस्था छ । सगुनमा लगानी गर्न अव केही घण्टा अर्थात नोबेम्बर ३० तारिकको मध्यरात (अमेरिकी) सम्म खुल्ला राख्ने सगुनले जनाएको छ ।

नेपाल भित्रबाट लगानी गर्न सकिदैन भने अष्ट्रेलिया र भारतबाट भने क्रेडिट/डेविट कार्डबाट लगानी गर्न सकिदैन, बैकबाट नै वायर गर्नुपर्छ ।


क्लिकमान्डु