जोखिम मोलेर कस्ले किन्यो भारतका चर्चित ‘डन’ दाउदको सम्पत्ति ?



भारतका चर्चित अपराधी दाउद इब्राहिमको मुम्बईमा जफत गरिएको तीन सम्पति दशकपछि मंगलबार लिलाम गरिएको छ ।

मुम्बईको भिन्डी बजार इलाका स्थित सम्पति सैफी बुरहानी अपलिफटमेन्ट ट्रस्ट मुम्बईले आईएमसी चेम्बर अफ कर्मस एण्ड इन्डस्ट्रिमा भएको लिलामी सो सम्पति हासिल गरेको हो । ट्रस्टले यस सम्पतिको देखभाल गरिरहेको छ ।

जाँच एजेन्सी सीबीआईले सन् १९९३ मा मुम्बईमा भएको सिलसिलेवार बम धमाकापछि दाउद इब्राहिम कास्करको कुल १० सम्पति जफद गरेको थियो । यसमा तीन रौनक अफरोज होटल, डम्बरवाला विल्डिङ र शबनम गेष्ट हाउस मंगलबार लिलाम गरिएको छ ।

‘मैले दाउदको डरलाई चुनैति दिनका लागि लिलामीमा सहभागि भएको थिए, मलाई दाउदको तर्फबाट धम्की पनि आएको थियो । मलाई मार्नका लागि सार्प सुटर पनि पठाइएको थियो, जो हाल आर्थर रोड जेलमा कैद छन् ।’

‘यो तीन सम्पति भिन्डी बजारमा जारी रहेको हाम्रो पुनविकास प्रोजेक्टमा पर्छ, भवन एकदमै जिर्ण अवस्थामा छ । र, बस्न लायकको छैन ।’ सम्पति हासिल गर्ने ट्रस्टका प्रवक्ताले भने, ‘भवनमा बस्ने परिवारको सुरक्षालाई मध्यनजर गर्दै पुनविकास प्रोजेक्टलाई ध्यानमा राखेर हामीले लिलामीमा हिस्सा लिएको र तीन सम्पति हासिल गरेका हौं ।’

अफरोज रेस्टोरेन्टको लिलामी ४ करोड ५३ लाख भारु, डम्बरवाला भवन ३ करोड ५३ लाख भारु र शबनम गेष्ट हाउस ३ करोड ५२ लाख भारुमा भएको छ ।

यस सम्पतिमा बस्ने भाडावालाले लिलामी रोक्नका लागि साफेमा ट्राइब्यूनलमा लिखित निवेदन दिएका थिए, जसलाई रद्द गरिएको थियो ।

केन्द्रिय एजेन्सी सीबीआईले ‘द स्मगलर्स एण्ड फोरेन एक्सचेन्ज मैन्युप्यूलेटर्स (फोरफीचर आफ प्रोपर्टीज) एक्ट’ अनुसार दाउद इब्राहिमको सम्पति जफत गरिएको हो ।

वित्त मन्त्रालयले धेरै पटक यी सम्पति लिलाम गर्ने कोशिस गरेको थियो । तर, यसअघि लिलाम हुन सकेको थिएन ।

सम्पति हासिल गर्ने ट्रष्ट बोहरा समुदायका संगठन हो । जो मुम्बईको भिन्डी बजार इलाकामा एक ठूलो पुनविकास प्रोजेक्ट संचालन गरिहेको छ ।

स्वामी चक्रपाणी दाउद इब्राहिमको सम्पति किनेर सो स्थानमा शौचालय बनाउने दावा गरिरहेका छन् ।

यो मुम्बईको सबैभन्दा ठूलो पुनविकास प्रोजेक्ट हो । जसमा करिब ४ हजार करोड भारतीय रुपैयाँ (भारु) खर्च गरिँदैछ । जसको माध्यमबाट भिन्डी बजार इलाकामा पुरानो भवनको पुनर्निर्माण गरिँदैछ ।

यस ट्रष्टको स्थापना सन् २००९ मा बोहरा समुदायका स्वर्गिय धर्मगुरु डा. सैयदाना मोहम्बद बुरहानुद्दिनले गरेका थिए । ट्रस्टले यस्ता सम्पतिको रेखदेख गर्दै आएको छ ।

गत अगस्टमा मुम्बईको भिन्डी बजरमा भत्केको भवन पनि यहि ट्रस्टको संरक्षमा थियो । यस घटनामा ३३ जनाको मुत्यु भएको थियो । यस घटनापछि पुलिसले ट्रष्ट विरुद्ध मुद्दा हालेको थियो ।

यस्ता सम्पतिको लिलामी सँधै चर्चाको विषय रहने गरेको छ । साथै, लिलामीमा सहभागि हुनेहरु पनि चर्चाको शिखरमा रहने गरेका छन् ।

अखिल भारतीय हिंदू महासभामा जोडिएका स्वामी चक्रपाणी दाउद इब्राहिमको सम्पति किनेर सो स्थानमा शौचालय बनाउने दावा गरिरहेका छन् ।

स्वामी चक्रपाणीले भने, ‘यस सम्पति लिलाममा बिक्री हुनको स्पष्ट संदेश भनेको डन दाउदको डर खतम हुनु हो ।’

उनले थपे, ‘म यो सम्पति किनेर शौचालय बनाउन चाहन्छु । तर म सन्त हु र मसँग यति धेरै पैसा छैन । सम्पति आफ्नो नाममा गर्न सकूँ ।’

लिलामीमा उनीसँग जोडिएका मानिसले भाग लिएका थिए । तर, सम्पति हासिल गर्न नसकिएको उनको दाबी छ ।

सन् २०१५ मा पनि दाउद इब्राहिमको सम्पति लिलाम गरिएको थियो । त्यो समय पुर्वपत्रकार बालाकृष्णनले होटल अफरोज खरिद गरेका थिए । तर, पुरा पैसा तिर्न नसकेका कारण सम्पति हासिल गर्न सकेका थिएनन् ।

बालाकृष्णनले भने, ‘मैले दाउदको डरलाई चुनैति दिनका लागि लिलामीमा सहभागि भएको थिए, मलाई दाउदको तर्फबाट धम्की पनि आएको थियो । मलाई मार्नका लागि सार्प सुटर पनि पठाइएको थियो, जो हाल आर्थर रोड जेलमा कैद छन् ।’

सम्पति किन्ने ट्रष्टलाई पनि यस प्रकारको धम्की आउने गरेको छ ? यो प्रश्नको जवाफ संवादलातले ट्रस्टसँग सोधेका थिए । तर यस्को जवाफ आउन सकेको छैन ।

बालाकृष्णनका अनुसार उनले सरकारलाई आग्रह गरेका थिए कि यो सम्पति मुम्बई पुलिसलाई दिनु । तर यसो गरिएन ।

अहिले लिलाममा बिक्री भएको सम्पति दाउदको मुम्बईमा रहेको सम्पति एकदमै न्युन हिस्सा मात्र भएको उनको भनाई छ ।

हालका दिन वकालत गरिरहेका बालाकृष्ण भिन्डी बजार इलाकामा चलिरहेको सैफी बुरहानी ट्रष्टको पुनविकास परियोजनाको विरुद अदालत जाने तयारीमा छन् ।

उनका अनुसार महाराष्ट्र सरकारले नियमलाई मिचेर ट्रष्टलाई भिन्डी बजार पुनविकास कार्य गर्न दिएको हो । बीबीसी हिन्दीबाट


पुष्प दुलाल