कांग्रेसको घोषणापत्र : एमाले र माओेवादी संस्थागत भ्रष्टचारी



पुँजीवादी पार्टी भनिने नेपाली कांग्रेसले आफ्नो घोषणापत्रमा दुई कम्युनिष्ट पार्टी नेकपा एमाले र माओवादी केन्द्रलाई ‘क्रोनी क्यापिटलीम्म’ संरक्षण गर्ने पार्टी भएको आरोप लगाएको छ ।

२०४६ सालको राजनीतिक परिवर्तन पछि उदारिकरणको सुरुवात गरेको कांग्रेसलाई कम्युनिष्ट पार्टीहरुले सरकारी उद्योगहरु कौडीको भाउँमा बिक्री गरेको आरोप लगाउने गर्छन् ।

२०४८ सालमा बनेको कांग्रेसको बहुमत सरकारले राज्य नियन्त्रित अर्थव्यवस्थालाई खुल्ला गरेको थियो । जसलाई अहिलेपनि खुल्ला दिलले एमाले र माओवादीले स्वागत गरेका छैनन् ।

कांग्रेसले एमाले र माओवादीलाई मुख्य रुपमा चिकित्सा शिक्षा विधेयकमा गरेको अवरोधको कारण ‘क्रोनी क्यापिटलीम्म’लाई संरक्षण गर्ने पार्टी भएको चित्रण गरेको छ ।

चिकित्सा शिक्षा विधेयक एमालेले विरोध गर्नुको पछाडी मनमोहन मेडिकल कलेज तथा माओवादीले विरोध गर्नुको पछाडी झापामा खोल्न थालिएको बिएण्डसी मेडिकल कलेज प्रमुख कारण हुन् ।

मनमोहनमा एमालेका कार्यकताको लगानी छ । बिएण्डसीमा माओवादी निकट व्यक्तिको लगानी छ ।

चिकित्सा विधेयक संसद्मा पेश हुँदा एमालेका सांसद् तथा मनोहन कलेजका अध्यक्ष राजेन्द्र पाण्डे विरोधमा उत्रेका थिए । डा गोविन्द केसीको अनसनको माग पुरा गर्न शेरबहादुर देउवा नेतृत्वको सरकारले संसद् भंग भएपछि अध्यादेशबाट विधेयक ल्याएको थियो ।

अध्यादेशबाट आएको कानून व्यवस्थापिका संसद् बैठक बसेको ६० दिनभित्र पास नभएमा स्वतं खारेज हुने व्यवस्था छ ।

कांग्रेसले आफ्नो घोषणापत्रमा कडा आलोचना गर्दै एमाले र माओवादीलाई संस्थागत भष्ट्रचारलाई संरक्षण गर्ने प्रमाणित भएको उल्लेख गरेको छ ।

‘नेकपा (एमाले) लेराजनीतिक पार्टीको चरित्र गुमाउँदैआफ्ना लेबी बुझाउने सक्रिय नेता र कार्यकर्ताका भातृ संगठनकोमाध्यमबाट अस्पताल–मेडिकल कलेज, एनजीओसंचालन, सहकारी संस्था, उद्योग, जलविद्युत्, आवास र बैकिङ्ग क्षेत्रमा लगानी र स्वार्थ भएकोव्यावसायिक घरानाको भूमिकामा आफूलाई परिवर्तित गर्दै लगेको छ ।’ कांग्रेसको घोषणापत्रमा उल्लेख छ ।

घोषणापत्रमा कांग्रेसले नेकपा (एमाले) सत्ताको केन्द्रमा वसेर आफ्ना निकटतम सहयोगीको व्यावसायिक स्वार्थको रक्षार्थ दल–नियन्त्रित पूँजीवाद (क्रोनी क्यापिटलीज्म) संरक्षण गर्ने कम्युनिष्ट पार्टी बनेको उल्लेख गरेको छ ।

यसको लागि कांग्रेसले एमालेलाई चिकित्सा शिक्षा विधेयक २०७४ लाईनेकपा (एमाले) र माओवादी (केन्द्र)ले संसदमा पारित हुन नदिनु यसको पछिल्लो उदाहरणको रुपमा पेश गरेको छ ।

कांग्रेसले एमालेको कामले राष्ट्रिय पूँजीको होइन, आफ्नोपार्टी–नियन्त्रित पूँजीका प्रवद्र्धन गरेको आरोप लगाएको छ ।

‘नेकपा (एमाले) सत्तामा, नीति र कानून निर्माण गर्नेठाउँमा वसेर आफ्नै देशका लगानीकर्ताहरुसंग व्यावसायिक प्रतिस्पर्धागर्नेतथा निजी क्षेत्रका लगानीकर्ताका निम्ति असमान र असहज वातावरण निर्माण गर्ने पार्टी वन्दै गएको छ । यस्तो चरित्र बोकेको पार्टीले राष्ट्रिय र अन्तर्राष्ट्रिय लगानी आकर्षित गर्नर आर्थिक विकास गर्न सक्दैन ’ कांग्रेसको घोषणापत्रमा उल्लेख छ ।

कांग्रेसले दुई कम्युनिष्ट पार्टीलाई घोषणापत्र मार्फत ‘क्रोनी क्यापिटलीम्म’लाई संरक्षणा गरेको आरोप लगाएको छ ।

खासगरी बैंक तथा वित्तीय संस्था सम्बन्धी विधेयक,सहकारी तथा चिकित्सा शिक्षा विधेयकमा एमाले सांसद्हरुको भूमिका निकै विवादस्पद देखिएको थियो ।

अर्थव्यवस्थामा राज्यबाट निश्चित व्यवसायीलाई फाइदा पुर्याउने व्यवस्थालाई ‘क्रोनी क्यापिटलीम्म’को रुपमा लिन सकिन्छ । यसले पुँजीको विकासभन्दा पनि निश्चित व्यवसायी घरानाको मात्र विकास हुन्छ ।

खासगरी पछिल्लो समय व्यवसायी बृत्तमा उदाएका अजेयराज सुमार्गीलाई ‘क्रोनी क्यापिटलीम्म’को एउटा उदाहरणको रुपमा लिन सकिन्छ ।

व्यवसायी र राजनीति गर्ने व्यक्तिबीच निकट सम्बन्धबाट फाइदा व्यवस्था ‘क्रोनी क्यापिटलीम्म’मा हुन्छ ।

‘क्रोनी क्यापिटलीम्म’ को बारेमा विश्व अर्थतन्त्रमा सन् १९९७ को एशियन फाइनान्सियल क्राइसेसबाट आएको थियो ।

खासगरी थाइल्याण्ड र इन्डोनेसियामा संकट आउनुको पछाडी यो नै मुल कारणको रुपमा रहेको थियो ।

दि इकोनोमिस्टले सार्वजनिक गरेको ‘क्रोनी क्यापिटलीस्ट’मा हङकङ पहिलो नम्बरमा छ । यस्तै भारत नवौ स्थानमा रहेको छ ।

यो सूचिमा बेलायत १५ नम्बर र अमेरिका १७ नम्बरमा रहेको छ ।


क्लिकमान्डु