१ अर्ब लगानीमा सगरमाथा क्षेत्रमा १३ नयाँ हिमालयन चेन रिसोर्ट खुल्दै



काठमाडौं । सगरमाथा बेस क्यामको रुटमा १३ वटा हिमालयन चेन रिसोर्ट बन्ने भएको छ । एसियन ट्रेकिङको मुख्य लगानीको रिसोर्टमा विश्व बैंकले समेत लगानी गर्ने भएको छ ।

सगरमाथा बेस क्याम रुटमा आधुनिक होटलको अभाव हटाउने उद्देश्यका साथ १ अर्ब रुपैयाँ लगानीमा सो क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको हिमालयन चेन रिसोर्ट निर्माण अघि बढेको छ ।

सगरमाथा जाने रुटमा होटल सञ्चालन नभएको होइन तर व्यवस्थित र आधुनिक होटलको परिकल्पना सहित रिसोर्टको प्रोजेक्ट अघि सारिएको हो ।

मुख्य लगानीकर्ता एसियन ट्रेकिङले ६० प्रतिशत र विश्व बैंकले ४० प्रतिशत लगानी गर्ने सम्झौता भएको छ ।

नेपाल पर्वतारोहण संघका पूर्व अध्यक्षसमेत रहेका एसियन ट्रेकिङका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाले सोलुखम्बुको फाग्दिम, खुम्जुङ, लबुचे र गोक्योमा निर्माण सम्पन्न भइसकेको र बाँकी स्थानमा निर्माणकार्य सुरु भएको बताए । विश्वका हरेक पर्यटक सगरमाथा देख्न चाहन्छन् ।

सगरमाथा जाने रुटमा होटल सञ्चालन नभएको होइन तर व्यवस्थित र आधुनिक होटलको परिकल्पना सहित रिसोर्टको प्रोजेक्ट अघि सारिएको हो । उनले भने, ‘ठूलो लगानी भएको कारण विश्व बैंकसँग सहकार्य गरेका छौं, यो तीन चरणमा निर्माण सम्पन्न गर्ने योजना छ’ ।

उनका अनुसार सोलुखम्बुको फाग्दिम, नाम्चे, खुम्जुङ पाङबुचे, धिङबुचे, लबुचे, गोक्यो, फाङ, मछाङ्मो, धोले र अन्य तीन ठाउँ गरी १३ ठाउँमा रिसोर्ट निर्माण हुनेछ । एसियन ट्रेकिङका प्रबन्ध निर्देशक शेर्पाले अबको पाँच वर्षभित्र सबै रिसोर्ट निर्माण कार्य सक्ने उनले जानकारी दिए ।

काठमाडौंमा एक बोरा सिमेन्टको नौ सय रुपैयाँ पर्छ । त्यही सिमेन्ट खुम्जुङ पुग्दा ११ हजार रुपैयाँ पर्छ ।

सगरमाथा बेसक्यामको रुटमा अन्तर्राष्ट्रिय स्तरको १३ वटा रिसोर्ट निर्माण भएपछि १५ सय पर्यटकले बास पाउने छन् । साथै, सात सय कर्मचारीले रिसोर्टमा रोजगारी पाउने एसिएन टे«किङले जनाएको छ ।

हिमाल आरोहणको सिजनमा सगरमाथा क्षेत्रमा पर्यटकले बास पाउँदैन । बास नपाएपछि धेरै पर्यटक अलपत्र हुने गरेका छन्उ नले भने, रिसोर्ट बनेपछि बासस्थान अभावको सहजै व्यवस्थापन हुन्छ ।

अन्तर्राष्ट्रिय मापदण्डको रिसोर्ट निर्माणका लागि हिमालय क्षेत्रमा सहज भने नभएको शेर्पाको भनाइ छ । काठमाडौंमा एक बोरा सिमेन्टको नौ सय रुपैयाँ पर्छ । त्यही सिमेन्ट खुम्जुङ पुग्दा ११ हजार रुपैयाँ पर्छ । उनले भने, यसकारण पनि लागतको भोलुम ठूलो भएको हो।

विश्वको सर्वोच्च शिखर सगरमाथा आसपासमा पर्यटकलाई सेवा दिने दुई सयभन्दा बढी होटल छन् । यस क्षेत्रका होटल व्यापारिक दृष्टिकोणले ६ महिनामात्रै चल्छन् ।

खुम्बु क्षेत्रका चौरीखर्क, नाम्चे, खुम्जुङजस्ता ट्रेकिङ रुटमा पनि पर्यटकीय होटल सञ्चालनमा छन् । चौरीखर्कमा एक सय ७५, नाम्चेका एक सय १० र खुम्जुङमा ७४ होटल, लज तथा अन्य पसल सञ्चालनमा छन् ।


क्लिकमान्डु