१०० दिनमा के के गरे काठमाडौंका मेयर विद्यासुन्दरले ? (बिबरणसहित)



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले कार्यभार समालेको सय दिन पूरा भएको छ । मेयर शाक्यले सय दिन १ सय १ काम गर्ने प्रतिबद्धता जाहेर गर्दै जनतासँग भोट मागेका थिए ।

जनप्रतिनिधिको सय दिन कार्य प्रगति सार्वजनिकीकरण कार्यक्रममा जनतासामू गरेका प्रतिबद्धता पूरा गर्न नसकिएको शाक्यले स्वीकार गरे ।

कानूनी तथा प्राविधिक कठिनाईका कारण जनताको अपेक्षा अनुसारको काम गर्न नसकिएको शाक्य बताउँछन् ।

‘जनतासँग गरिएको प्रतिवद्धता अनुसार काम गर्न खोजिएको हो, कानूनी तथा प्राविधिक जटिलताका कारण उल्लेखनिय काम गर्न सकिएको छैन,’ शाक्यले भने ।

उनको सय दिनको कार्यकालमा ३३ बटा काम सम्पन्न गरेको विवरण सार्वजनिक गरेका छन् । बाचा अनुसारको काम गर्न नसके पनि उनले सय दिनको कार्यकाललाई सफल भएको दाबी गरेका छन् । साथै, शाक्यले सय दिनमा गर्ने भनेकोमध्येमा बाँकी ८७ वटा कामका लागि थप एक वर्षको समय माग गरेका छन् ।

यस्तो छ सय दिनको कार्यप्रगति

१. नेपालको संविधानको धारा २३० बमोजिम नगर सभाबाट आर्थिक ऐन, २०७४ र विनियोजन ऐन, २०७४ जारी गरि राजस्वको अनुमान, खर्चको अनुमान, महानगरपालिकाको लागि एक वर्षे, ५ वर्षे र २० वर्षे विकासका नीति, योजना तथा कार्यक्रम पारित गरिएको ।

२. काठमाडौं महानगरपालिकाको शहर सफा गर्ने अभियान अनुरुप ‘क्लिन द सिटी’ कार्यक्रम अन्र्तगत वठा वठाबाट जनपरिचालन गरी दैनिक रुपमा गरिने फोहर संकलन भन्दा बाहेक १०९५ मेट्रिक टन फोहर संकलन गरी अन्तिम व्यवस्थापन गरिएको।

३. ‘ग्रिन द सिटी’ कार्यक्रम अन्र्तगत सय दिनको अवधिमा काठमाडौं महानगरपालिका क्षेत्रभित्र १८०३ वटा बृक्षारोपण गरिएको ।

४. उज्यालो अभियान अन्र्तगत ३२ वटै वडा क्षेत्रमा अभियान कै रुपमा १७७६ थान सोलार बत्ती जडान गरी करिब ६९३ किलोवाट विद्युत किफायत भएको ।

५. जेष्ठ नागरिकको जीवनयापन सहज बनाउने उदेश्यले ८८ वर्ष उमेर पुगेका ४ सय ८९ जेष्ठ नागरिकहरुको लागि रु १२ हजार महानगर विशेष भत्ता र आवासमै गई दक्ष चिकित्सकबाट निशुल्क स्वास्थ्य परीक्षण गरिएको । र, अब ७५ वर्ष उमेर पुगेका महिला र ८० वर्ष पुगेका पुरुषहरुलाई समेत यसै कमोजिमका सेवा उपलब्ध गराउने तयारी सुरु भएको ।

६. जेष्ठ नागरिकहरुको लागि वडामा मनोरञ्जनात्मक स्थल, विश्रामस्थल, जेष्ठ जागरिक भवन, क्लब स्थापना गरी संचालन गर्न सुरु गरिएको ।

७. पूण अपाङ्गता भएका व्यक्तिहरुलाई वार्षिक रु ३ हजार उपलब्ध गराउनुका साथै अन्य वर्गका अपाङ्गता भएका व्यक्तिहरुको क्षमता विकास तथा सहजीकरण कार्यक्रमहरु संचालन गर्यो । भौतिक संरचनाहरु अपाङ्गतामैत्री बनाउने कार्यको प्रारम्भ ३, ७ र १५ वडाको र्याम्प निर्माणबाट प्रारम्भ भएको छ ।

८. काडमाडौंलाई ‘स्मार्ट सिटी’ बनाउने हाम्रो सपना हो । स्मार्ट सर्भिस डेलिभरी, स्मार्ट पार्किङ, स्मार्ट वातावरण प्रणालीबाट काठमाडौं महानगरपालिका परिचित हुनेछ । हाल धर्मपथ र टेकुमा रहेको आफ्नो जमिनमा डिजिलट कार पार्किङ र भर्टिकल कार पार्किङ निमार्ण गर्न पक्रिया अघि बढाइएको ।

९. सम्पदा क्षेत्र, उद्यान र अन्य सार्वजनिक स्थलहरु क्रमशः फ्रि वाइफाइ जोन बन्दैछन् । हामीले बालाजु, रत्नपार्क, बसन्तपुरलगायतका स्थानलाई फ्रि वाइफाइ जोन बनाइएको ।

१०. फोहरबाट विजुली, ग्यास, जैविक मल, कौशी खेतीलाई प्रवद्र्धन प्रारम्भ भएको छ । दैनिक ३ मेट्रिक टन फोहरबाट १४ किलोवाट विजुली उत्पादन सुरु भएको छ ।

११. मोनोरेल, मेट्रोरेल, सिटी केबलकार संचालनमा आउनुपूर्व सार्वजनिक यातायातको प्रवद्र्धन गर्नुको विकल्प नभएकाले हामीले साझा यातायातको संख्या बृद्धि गरी महानगरभित्र सार्वजनिक यातायात सहज बनाउने कामको थालनी गरिएको छ । त्यही अनुरुप थप ५ करोड रुपैयाँ लगानीबाट थप लगानीबाट २० वटा ठूला सहरी बस थपिदैँ छन् ।

१२. काठमाडौं सम्पदा र संस्कृतिको शहर हो । यही कुरालाई ख्याल गरी काष्ठमण्डप, रानीपोखरी र अन्य महत्वपूर्ण सम्पदाहरुको पुननिर्माण काठमाडौँ महानगरकै नेतृत्वमा अघि बढेको।

१३. महानगरपालिकाका सम्पुर्ण कार्यहरुलाई भ्रष्टाचारमुक्त र पारदर्शी बनाउन वडा कार्यलयहरुमा हेल्प डेकस स्थापना गर्ने र सिसिटीभी जडान गर्ने कार्यको थालनी भएको ।

१४. भवन निमार्ण प्रणालीमा सुधार गर्न इबीपीएस विद डिजिटल सिग्नेचर लागु गर्ने अन्तिम चरणमा ।

१५. तराइको विभिन्न जिल्लाहरुमा बाढी, पहिरो, डुवानबाट प्रभावित ब्यक्तिहरुलाई उद्दार र राहतको निम्ति प्रधानमन्त्री दैविक प्रकोप उद्दार कोषमा ३९ लाख रुपैयाँ सहयोग, सामाखुसीको नालामा परी घाइते भएकी सत्या सापकोटालाई १ लाख रुपैयाँको बीमा र तारकेश्वरमा बाढीमा परी दिवंगत विनिता फूयालको परिवारजनलाई २५ हजार रुपैयाँ सहयोग गरिएको छ ।

१६. सामाजिक आर्थिक हिसाबले पिटडिएको वर्ग, महिला, युवा, बेरोजगार, अपाङगता भएका ब्यक्तिहश्रको जीवनस्तरमा सुधार ल्याउनका लागि २ सय ९८ जनालाई विभिन्न प्रकारका सीपमूलक तालिमहरु दिइएको र सुकुम्बासी बस्तिमा ९० दिनको साक्षरता कक्षा सञ्चालन गरिएको ।

१७. बागदरवार भवन पूर्ण क्षतिग्रस्त भएकाले पुननिर्माण गर्ने निर्णय गरी सूचना प्रकाशित भैसकेको छ ।

१८. हालै फोहरमैला व्यस्थापनमा देखिएको समस्या समधान गर्न उपप्रमसखको संयोजकत्वमा वार्ता तथा समस्या समाधान कार्यदल गठन भई कार्य सुरु भइसकेको छ ।

१९. भूकम्प प्रधावित लाभग्राही संख्या ७१७१ सध्ये ५५०० सँग सम्झौता भएको र ५३३१ ले पहिलो किस्ता प्राप्त गरेका छन् । १७६ जनाले दोस्रो किस्ता प्राप्त गरिसकेका छन् । यो कार्य निरन्तर जारी छ ।

२०. भवन निर्माण सम्वन्धी विद्यमान मापदण्ड परिमार्जन गरी गैह्रकानूनी निर्माणलाई नियन्त्रण गर्ने काम सुरु भैसकेको छ ।
२१. वडा भवन तथा अन्य सामुदायिक भवनहरुको पुननिर्माण, मर्मत तथा जिर्णोद्धार गर्ने कार्यक्रम अन्तरगत १ वटा भवन निर्माण, मर्मत तथा जिर्णोद्धार सम्पन्न भएको ।

२२. ऐतिहासिक महत्वका मन्दिर, ढुंगेधारा, अन्यधारा, पोखरीको मर्मत सुधार गरी सौन्दार्य कायम गर्ने तथा चालु अवस्थामा राख्ने कार्यक्रम अन्र्तगत ३३ वटा मन्दिर, ढुंगेधारा, अन्यधारा, पोखरीको मर्मत सम्भार सम्पन भएको ।

२३. सार्वजनिक, पर्ति, नदी उकास जग्गा समेत माथिको अतिक्रमण हटाई सार्वजनिक रुपमा उपयोग गर्न वडा वडा तहबाट विवरण संकलन सुरु भएको छ । केही सार्वजनिक जग्गा संरक्षण भइसकेको ।

२४. नेपाल सरकारका सम्बद्ध निकाय, विदेशी नियोग, स्वदेशी तथा विदेशी लगानीकर्ताहरुसँग काठमाडौं उपत्यकामा निर्माण गर्ने ठूला पुर्वाधारका योजना तथा एकीकृत विकासका परियोजनाहरुका बारेमा गहन छलफल अगाडि बढेको छ ।

२५. काठमाडौं महानगरपालिकाको लागि योजना नीति तथा रणनीति तर्जुमा गर्न तथा आवश्यक विषयमा अध्ययन अनुसन्धान गरि स्मार्ट सीटि निर्माणका लागि शहरी योजना आयोग गठन गर्ने नियमावली पारित गरी अघि बढेको ।

२६. वडा वडामा बालबालिकाको हकहित संरक्षणका लागि बाल क्लब, शिशु स्याहार केन्द्र स्थापना गर्ने कार्य सुरु गरिएको ।

२७. काडमाडौंको विभिन्न सार्वजनिक जग्गा, चोक तथा अब्यवस्थित उद्यानहरुलाई ब्यावस्थित उद्यान बनाउने अभियान प्रारम्भ गरिएको । यस अन्तरगत ६ वटा नयाँ उद्यान बनेका छन् भने अधिकांस उद्यानहरुमा मर्मत सुधार भइहरियाली प्रवद्धन गरिएको ।

२८. परिवर्तित अधिकारलाई प्रभावकारी रुपमा कार्यान्वयन गनए गराउन काठमाडौं महानगरपालिकाको संगठन संरचना, कर्मचारी लरवन्दी संरचना र कार्यविवरण तयार गर्ने कार्यको थालनी भएको ।

२९. जमिनमुनीको पानीको तहलाई बढाउने र वर्षतको पानीको उपयोगलाई प्रवद्र्धन गर्ने उदेश्यका साथ वर्षदको पानी संकलन र रिचार्ज प्रणालीको वडा तहबाट थालनी भएको ।

३०. काठमाडौं महानगरपालिका क्षेत्रभित्रका ८४ स्थानमा ढल निर्माण, १५०७ स्थानमा मंगाल सफाई तथा स्तरउन्नति गरी वर्षदको ढल ब्यवस्थापनमा सुधार गरिएको ।

३१. काठमाडौं महानगरपालिका क्षेत्रभित्र आफु मातहत रहेको आठ मिटर भन्दा साना सडकहरु करिब शप्रितिशतमा आवश्यकता अनुसार कालोपत्रे गर्ने, मर्मत गर्ने, ग्रोबेल गर्ने, ढलान गर्ने, इटा तथा ईन्टरलक ब्लक बिछ्याउने, खाल्टा–खुल्टी पुर्ने काम सम्पन्न गरिएको । जुन लामो समयदेखि हुन सकेको थिएन । वडावडा तहबाट यसको नेतृत्व गर्ने गरी नगर कार्यपालिकाको निर्णयबाट अधिकार र स्रोत साधन बिनियोजन गरी कार्यसम्पादन गरिएको ।

३२. काठमाडौं महानगरपालिका क्षेत्रभित्रका सडक पेटीमा यात्रु आवागमनलाई सहज र व्यवस्थित गर्न फुठपाथ अतिक्रमण हटाउने कार्य कलंकी, बानेश्वर, मैतिदेवी, गौशाला लगायतका क्षेत्रबाट सुरु भइसकेको ।


पुष्प दुलाल