चीनले भन्यो: भारतको अर्थतन्त्र राम्रो छैन कसरी नेपाललाई सहयोग गर्छ ?



काठमाडौं । अहिले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा छन् । ५ दिने औपचारिक भारत भ्रमणको शुक्रवार तेस्रो दिन हो ।

विहीवार नेपालका प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच औपचारिक भेटवार्ता भयो । नेपाल र भारतबीच ८ वटा विषयमा सम्झौता भएको छ ।

भारतले भूकम्पमा भत्केका ५० हजार घर निर्माण गरिदिने भएको छ । विद्यालय,स्वास्थ्य चौकी र सास्कृतिक सम्पदाको पुननिर्माण गर्ने पनि सम्झौतामा उल्लेख छ । भारतले भूकम्पपछि दिने भनेको १ खर्ब रुपैयाँ अन्तर्गत यो सम्झौता भएको हो ।

भारत र चीनबीच अहिले सम्बन्ध राम्रो छैन । भारत,चीन र भुटानको त्रिदेशिय सिमाना दोक्लाममा भएको विवादको कारण सम्बन्ध चिसिएको छ । भारत र चीनबीच लडाई नै भएजस्तो गरेर दुवै देशका संचारमाध्यमले खबर प्रकाशित गर्ने गर्छन् ।

चिनियाँ सरकारको आधिकारिक मुखपत्र ग्लोबल टाइम्सले भारत विरुद्ध विभिन्न समाचार प्रकाशित गर्छ । यस्तै अवस्था भारतका संचारमाध्यमको पनि छ ।

अहिले चिनियाँ अर्थतन्त्रको आकार ११.२ ट्रिलियन डलरको छ । भारतको अर्थतन्त्रको आकार २.२६४ ट्रिलियन डलरको छ । यसरी हेर्दा भारतीय अर्थतन्त्रभन्दा चीनको अर्थतन्त्रको आकार ६ गुणा ठूलो छ ।

कुटनीति बुझ्नको चीन सरकारले ग्लोबल टाइम्स मार्फत आफ्ना विचार अगाडि सार्ने गर्छ । प्रधानमन्त्री देउवाको भारत भ्रमणको विषयमा ग्लोबल टाइम्समा विभिन्न समाचार छ । जसमा एउटा समाचारमा भारतको अर्थतन्त्र संरचनात्मक समस्या भएको हुँदा नेपालको आर्थिक विकासमा भारतले सहयोग गर्न नसक्ने उल्लेख छ ।

इन्डिया सुडनट सि नेपाल इकोनोमी एज अ स्ट्राजिक ब्याटलफिल्ड एगेन्स्ट चाइनाज इन्फुयन्स शिर्षकमा ग्लोबल टाइम्सले लेखेको समाचारमा भनिएको छ,‘नेपाल र चीनबीचको सम्बन्ध राम्रो बन्दै छ,यस्तो अवस्थामा भारतले केही हस्तक्षेप गर्न खोजेको छ।’

समाचारमा उल्लेख भए अनुसार नेपालले आयोजना गरेको विदेशी लगानी सम्मेलनमा चीनले ८ अर्ब २० करोड अमेरिकी डलर लगानी गर्ने इच्छा देखाएको थियो । जबकी भारतले लगानी सम्मेलनमा ३१ करोड ७० लाख अमेरिकी डलर लगानी गर्ने इच्छा देखाएको थियो ।

दोक्लाम विवादमा चीनले नेपालको तटस्थताको नीति खोजेको छ भने भारतले समर्थन । नेपालले दुई देशबीचको विवादमा तटस्थताको नीति लिने बताइसकेको छ ।

चीन र भारतबीच अर्बै डलरको व्यापार हुने गर्छ । दुई देशको अर्थतन्त्रको तुलना गर्दा चीन धेरै अगाडि छ । अहिले चिनियाँ लगानीमा भारतका केही सहरमा मेट्रो रेल बनिरहेको छ ।

अहिले चिनियाँ अर्थतन्त्रको आकार ११.२ ट्रिलियन डलरको छ । भारतको अर्थतन्त्रको आकार २.२६४ ट्रिलियन डलरको छ । यसरी हेर्दा भारतीय अर्थतन्त्रभन्दा चीनको अर्थतन्त्रको आकार ६ गुणा ठूलो छ ।

नेपालको विदेशी लगानीमा दुईवर्ष अगाडिसम्म भारतीय लगानी अगाडि थियो । अहिले संख्याको तथा लगानीको आधारमा भारतीय लगानीभन्दा चिनियाँ लगानी बढी छ ।

पछिल्लो समय नेपालमा भएका पूर्वाधारको क्षेत्रमा चिनियाँहरुको अधिपत्य नै छ । भारतको यो क्षेत्रमा प्राविधिक रुपमा अगाडि छैन ।


क्लिकमान्डु