धितोपत्र बोर्डका संचालकले संस्थापक सेयरमा लगानी गर्न र दोस्रो बजारमा सेयर खरिदबिक्री गर्न नपाउने



काठमाडौं । नेपाल धितोपत्र बोर्डले आफ्ना संचालकलाई कार्यकाल अवधीभर संस्थापक सेयरमा लगानी र दोस्रो बजारमा सेयर खरिद गर्न नपाउने व्यवस्था गरेको छ ।

बोर्डले जारी गरेको आंचारसहितमा बोर्ड सदस्यले आफूले प्रतिनिधित्व गरेको संस्थाको अतिरिक्त बोर्डवाट अनुमतिपत्र प्राप्त धितोपत्र व्यवसायी, सूचीकृत सङ्गठित संस्था वा धितोपत्रदर्ता तथा निष्काशनप्रक्रियामा रहेका सङ्गठित संस्थामा सञ्चालक, सल्लाहकार तथा पारिश्रमिक तथा शुल्क पाउने गरी पूर्णकालिन पदाधिकारीको रुपमा रहन नपाउने व्यवस्था गरेको छ।

कर्मचारीको हकमा यो व्यवस्था लागु पहिले नै भइसकेको थियो ।

यस्तै बोर्ड सदस्य धितोपत्र व्यवसायी, सूचीकृत सङ्गठित संस्थावाधितोपत्रको दर्ता तथा निष्काशन गरेका सङ्गठित संस्थाको आधारभूत शेयरधनी वा पदाधिकारी रहेमा त्यस्तो व्यवसायी, सूचिकृत संगठित संस्थावाधितोपत्रदर्ता तथानिष्काशन गरेका सङ्गठित संस्थाको सम्बन्धमाबोर्डलाई जानकारी दिई त्यस्तो संस्था सम्बन्धीहुने छलफल तथा निर्णयमा सहभागी हुन नहुँने व्यवस्था आंचारसहितमा गरिएको छ ।

बोर्ड सदस्यले ओहदाको कर्तव्य पालनागर्दा आफूलाई ज्ञात हुनआएको कुनै कुरा वा बोर्ड वाअन्य माध्यमबाट प्राप्त गरेको वा आफूले लेखेको वा सङ्कलन गरेको कुनै सूचना, कागजातवा समाचार प्रत्यक्षवाअप्रत्यक्ष रूपबाट बोर्डको अहित हुने गरी बोर्ड बाहिरका व्यक्ति तथा कुनै पनि किसिमका सञ्चारकामाध्यमलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपले सङ्केत वा प्रकट गर्न रोक लगाएको छ ।

बोर्ड सदस्यले अनुमतिपत्रप्राप्तधितोपत्रव्यवसायी, सूचीकृत सङ्गठित संस्थावाधितोपत्रदर्ता तथानिष्काशनप्रक्रियामा रहेका सङ्गठित संस्थालाई कुनै प्रकारको सेवाप्रदान गरेको भएबोर्डलाई सोको जानकारी दिनु पर्ने र साथै त्यस्तो संस्थाका सम्बन्धमाबोर्डमाहुने छलफलमा स्वार्थ बाझिने हुँदात्यस्तो छलफल तथा निर्णयमा भाग लिन नपाइने भएको छ ।

बोर्ड सदस्यले बोर्डबाट अनुमतिपत्रप्राप्तधितोपत्रव्यवसायी, सूचीकृत सङ्गठित संस्थातथाकारोबारमाआफ्नो पद र नाम दुरुपयोग गरी कुनै पनिकिसिमको व्यक्तिगत तथा पारिवारिक फाइदाहुने क्रियाकलापमा संलग्न हुन पाइने छैन ।

बोर्डको काममाकुनै पनिप्रकारले असर पर्ने गरी बोर्ड सदस्यले बोर्डको पूर्व स्वीकृतिबिना कसैबाट कुनै प्रकारको दान, दातव्य, कोसेली वा उपहार माग्न, स्वीकार गर्न वाआफ्नो परिवारको कूनै सदस्यबाट स्वीकार गराउन नपाउने व्यवस्था गरेको छ ।

धितोपत्र बोर्डको संचालक समितिको अध्यक्ष सरकारले नियुक्त गर्छ । यस्तै अर्थमन्त्रालय र कानून मन्त्रालयमा सहसचिव तथा राष्ट्र बैंकले एक जना कार्यकारी निर्देशकलाई संचालक बनाएर पठाउने गर्छ ।

लेखा व्यवसायको नियमनकारी संस्था नेपाल चार्टर्ड एकाउन्टेन्स संघ(आइक्यान)बाट एकजना तथा उद्योग वाणिज्य महासंघबाट एकजना ंसंचालक हुने व्यवस्था छ ।
सरकारले एकजना स्वतन्त्र व्यक्तिलाई विज्ञ संचालक बनाउने व्यवस्था छ ।

 


क्लिकमान्डु