घरजग्गा कारोबारः ठूलालाई ‘मालामाल’, सानालाई ‘थाल खाउँ न भात खाउँ’



काठमाडौं । सरकारले घरजग्गा कारोबारमा नयाँ नीति जारीगरेपछि ठुला घरजग्गा कारोबारीलाई फाइदा भएको छ । भने मध्यम तथा न्यून आयस्रोत भएकाहरु मारमा परेका छन् ।

विगत लामो समय देखि सरकारले तरलता अभावका कारण बैंक तथा वित्तीय संस्थाले घरजग्गा कर्जामा कडाइ गरेपछि यो व्यवसाय प्रभावित हुदैं आएको छ । भने पछिल्लो समय सरकारले दुई वर्षसम्म कित्ताकाटमा रोक लगाउने निर्णयले मध्यम आयस्रोत भएकाहरु मारमा पर्ने भएका छन् ।

‘अहिले जसले दुईचार वर्ष पैसा होल्ड गर्न सक्छन्, उसको लागि मात्रै फाइदा हुने देखिन्छ,’ घरजग्गा कारोबारी नरेन्द्र शिवाकोटीले भने । मध्यम तथा न्यून आयस्रोत भएकाहरुले पैसा लामो समय होल्ड गर्न सक्दैनन् उनीहरुका लागि अहिले समस्या भएको छ । भने पैसा होल्ड गर्न सक्नेहरु अहिले सस्तोमा किन्ने र पछि महंगोमा बिक्री गर्न पाइने भएकोले जग्गा किन्ने आतूर देखिएको शिवकोटी बताउँछन् ।

सरकारले स्मार्ट सिटी बनाउने घोषणाले पनि लगानीकर्तामा अन्योलता छाएको छ । उपत्यकामा केही स्थान तोकेको भएतापनि बाहिर कहाँ बनाउने भन्ने नतोक्दा पनि लगानीकर्तामा अन्योल बढेको शिवाकोटी बताउँछन् ।

राजश्व ओरालोतिर

बैंकहरुले लगानीयोग्य रकम (तरलता)को अभावमा कर्जा प्रवाहमा कटौती गरेपछि भने देशैभर घरजग्गा कारोबारमा पुसदेखि कमी आएको छ ।

पछिल्लो ११ महिनामा सबैभन्दा बढी घरजग्गा कारोबारबाट मंसिर महिनामा मालपोतले राजस्व उठाएको थियो । मंसिरमा १ अर्ब रुपैयाँ राजस्व संकलन भएकोमा पुसमा त्यो घटेर ९४ करोडमा सिमित भयो ।

माघ महिनामा मालपोत कार्यालयले ८६ करोड राजस्व उठाएका छन् । यस्तै फागुनमा ७१ करोड,चैतमा ७५ करोड,बैशाखमा ५२ करोड र जेठमा ६३ करोड रुपैयाँ राजस्व संकलन भएको छ । उपत्यकाका मालपोत कार्यालयको राजस्व संकलन मङ्सिरको तुलनामा पुसमा ९ करोड रुपैयाँ घटेको थियो ।

पछिल्लो ११ महिनामा सबैभन्दा बढी घरजग्गा कारोबारबाट मंसिर महिनामा मालपोतले राजस्व उठाएको थियो । मंसिरमा १ अर्ब रुपैयाँ राजस्व संकलन भएकोमा पुसमा त्यो घटेर ९४ करोडमा सिमित भयो ।

माघ महिनामा मालपोत कार्यालयले ८६ करोड राजस्व उठाएका छन् । यस्तै फागुनमा ७१ करोड,चैतमा ७५ करोड,बैशाखमा ५२ करोड र जेठमा ६३ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।

पुसभन्दा माघमा थप ७ करोड रुपैयाँ घटेको छ । त्यस्तै, फागुनमा घट्ने क्रम तीव्र बन्दै माघको तुलनामा १५ करोड रुपैयाँले कमी आएको छ । चैत महीनामा फागुनको तुलनामा ४ करोड रुपैयाँ बढेको छ भने वैशाखमा चैतको तुलनामा २३ करोड रुपैयाँले कमी आएको छ ।

जेठ महीनाको राजस्व सङ्कलन भने वैशाखको तुलनामा ११ करोड रुपैयाँले बढेको छ । समग्रमा हेर्ने हो भने पुसपछि उपत्यकाका मालपोत कार्यालयको राजस्व संकलन ओरालो लागेको देखिएको छ ।

गत आर्थिक वर्ष (आव) २०७२/७३ को ११ महीनाको तुलनामा चालू आवको ११ महीनामा ८ करोड रुपैयाँले राजस्वमा कमी आएको छ । बैंक तथा वित्तीय संस्थाले घरजग्गा कर्जामा कडाइ गरेकाले जग्गा खरीद विक्रीमा कमी आएको छ ।

चालू आर्थिक वर्षमा काठमाडौं उपत्यकाका चारवटा मालपोत कार्यालयले जग्गाको मूल्यांकन २० प्रतिशतसम्म बढाउँदा पनि गत आवको तुलनामा रजिष्ट्रेशन दस्तुर घटेको छ । उपत्यकामा चक्रपथबाहिरका जग्गाको कारोबार गर्ने साँखु, मनमैजु, भक्तपुर र लगनखेल मालपोत कार्यालयले १० देखि २० प्रतिशतसम्म मूल्यांकन बढाएका छन् ।

चक्रपथसँग जोडिएका र चक्रपथभित्र भएका जग्गाको मूल्यांकन भने यथावत् छ । कलंकी, चाबहिल र डिल्लीबजार मालपोत कार्यलयले गत आवकै मूल्याङ्कनलाई निरन्तरता दिएका छन् । राजधानीका मालपोत कार्यालयमध्ये सबैभन्दा धेरै कारोबार गर्ने डिल्लीबजारमा चैत महीनाकोे तुलनामा वैशाखमा झण्डै ९ करोड रुपैयाँ राजस्व घटेको थियो ।

वैशाखको तुलनामा जेठमा भने ७ करोड रुपैयाँ बढी राजस्व संकलन भएको कार्यालयले जानकारी दिएको छ । डिल्लीबजारजस्तै मनमैजुको पनि वैशाखको तुलनामा जेठमा १ करोड रुपैयाँ राजस्व बढेको छ । मालपोत कार्यालय साँखुले वैशाखको तुलनामा जेठमा ९४ लाख रुपैयाँ बढी राजस्व उठाएको छ । त्यस्तै, मालपोत कार्यालय टोखाले वैशाखको तुलनामा ४ लाख रुपैया कम राजस्व उठाएको छ । चैतको तुलनामा जेठमा भने टोखाबाहेकका उपत्यकाका सबै मालपोत कार्यालयबाट कम राजस्व संकलन भएको छ ।

बैंक तथा वित्तीय संस्थाले चालू आर्थिक वर्षको १० महीना अवधिमा घरजग्गा क्षेत्रमा २ खर्ब ९३ अर्ब ७० करोड रुपैयाँ लगानी गरेका छन् । असारसम्ममा घरजग्गा क्षेत्रमा २ खर्ब ५० अर्ब ९० करोड रुपैयाँ लगानी भएको थियो । यसमा १ करोडभन्दा कमको आवासीय कर्जासमेत समावेश गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।


क्लिकमान्डु