४७ टन सुन बोकेका गाडी बाटोमा बिग्रेपछि…
मुम्बई । सन् १९८० देखि ९० दशकसम्म भारतको विदेशी मुद्रा सञ्चिति कम भएको थियो । जसको कारण भारतले आफ्नो सुन धरौटी राखेर अमेरिकी डलर खरिद गर्नु परेको थियो ।
अवस्था यतिसम्म बिग्रेको थियो कि भारतसँग केवल १५ दिनको लागि मात्र आयात गर्नसक्ने विदेशी मुद्रा सञ्चिति थियो ।
भारत सरकार र भारतको केन्द्रीय बैंक रिजर्ब बैंक अफ इन्डिया (आरबिआई) लाई यो समस्या समाधान गर्न निकै कठिनाई भएको थियो ।
आफ्नो संस्मरण ‘एडवाइज एण्ड डिसेन्ट’मा मा आरबिआईका पूर्व गभर्नर वाईबी रेड्डीले त्यो बेलाको घटनाको बयान गरेका छन् ।
उनकै शब्दमा
आर्थिक संकटबाट पार लाग्नको लागि सुन धरौटी राख्ने फैसला केन्द्र सरकारले गरेको थियो । यसका लागि भारतसँग भएको सुन सुरक्षित तरिकाले बैंक अफ इंगल्याण्डमा पुर्याउनुपर्ने थियो । रिजर्ब बैंक र सरकारसँग भएको सुनलाई बजारको मुल्यसार हिसाब गर्नुपर्ने थियो । यसरी यो सुनलाई एयरलिफ्टमार्फत बैंक अफ इंग्लायण्ड पुर्याइएको थियो ।
आरबिआईले बैंक अफ इंगलाइण्डमा ४७ टन सुन धरौटीको रुपमा राखेको थियो । सुन धरौटी राखेपछि बैंक अफ इंल्याण्डले ४० करोड ५० लाख अमेरिकी डलर ऋण दिएको थियो । यसरी आरबिआईले चालु खाता घाटालाई पूर्ति गर्ने का गरेको थियो ।
यो त्यो बेलाको समय थियो जुन समय मोबाइल फोन थिएन । ल्याण्डलाइन फोनपनि सिमित थियो । आरबिआईले जुन गाडीबाट ४७ टन सुन बोकेको गाडी एयरपोर्ट पठाएको थियो त्यो गाडीको टायर बाटोमा बिग्रेको थियो ।
सुनले भरिएको गाडी जुन बाटोमा रोकियो त्यहाँ सुरक्षाको लागि आधा दर्जन सुरक्षाकर्मी चारै तर्फबाट घेरेका थिए ।
आफ्नो संस्मरणमा रेड्डीले भनेका छन्, ‘सुरक्षा कर्मीले घेराले सुन बोकेको गाडीमा सर्वसाधरणहरु हेर्नको लागि आउन थाले । स्मार्टफोन नभएको कारण यसको फोटो लिक भएन । र, कसैले फेसबुक र ट्वीटरमा फोटो अपलोड गर्न पाएन ।’
एयरपोर्टमा भएको कुनै क्यामराले सुन लगेको दृष्य भने कैद गरेको थियो ।
भारतले सुन धरौटी राखेर आर्थिक उदारिकणको सुरुवात गरेको थियो । त्यसपछि बल्ल भारतको आर्थिक बृद्धिदर बढेको थियो । भारतमा आर्थिक उदारिकरणको सुरुवात गर्ने श्रेय मनमोहन सिंहलाई जान्छ ।
सन् १९९० दशकमा उनी अर्थमन्त्री हुँदा आर्थिक उदारिकरणको सुरुवात गरेका थिए । सन् २००४ देखि २०१४ सम्म सिंह भारतमा प्रधानमन्त्री थिए । इकोनोमिक्स टायम्सबाट