एनसेलको ‘म्याजिक भ्वाइस’ सेवा




काठमाडौं । मोबाइल सेवाप्रदायक एनसेलले ‘म्याजिक भ्वाइस’ सेवा ल्याएको छ । यस योजना अन्तरगत एनसेलका ग्राहकले आफ्ना परिवार तथा साथीभाईसँग आवाज र ब्याकग्राउन्ड साउन्ड परिवर्तनगरि मोबाइलमा कुरा गर्न सक्छन् ।

एनसेलले असार १९ गतेदेखि सुरु गरेको यस सेवा मार्फत ग्राहकले आवाज परिवर्तन गरी महिला अथवा पुरुष, कार्टुन क्यारेक्टरमा कुरा गर्न सक्नेछन् । ब्याकग्राउन्ड साउन्डमा ट्राफिक जाम, एयरपोर्ट, फुटबल स्टेडिएम, बर्थडे टोनलगायत सेवा रहेका छन् ।

यस सेवा सुचारु गर्नका लागि एस्ट्रिक्स १७१३५ ह्यास डायलगरी वा १७१३५ मा एसएमएस पठाउनु पर्नेछ ।

दैनिक सेवा सुचारु गर्नका लागि अंग्रेजी ठूलो अक्षरमा ‘एमभी१’ र स्वतः नवीकरण हुने दैनिक सेवाका लागि अंग्रेजी ठूलो अक्षरमा ‘एमभी’ लेखी १७१३५ मा एसएमएस पठाउनु पर्नेछ ।

साप्ताहिक सेवा सुचारु गर्नका लागि अंग्रेजी ठूलो अक्षरमा ‘७एमभी१’ लेखी १७१३५ र स्वतःनवीकरण हुने साप्ताहिक सेवाका लागि अंग्रेजी ठूलो अक्षरमा ‘७एमभी’ लेखी १७१३५ मा एसएमएस पठाउनु पर्ने हुन्छ ।

सेवा सुचारु गरेपछि एनसेलका ग्राहकले १७१३५ डायल गरी आफूले कुरा गर्न खाजेको नम्बर डायल गरी निर्देशन अनुसार १,२ वा ३ प्रेस गरी कुनै आवाज साथै ४,५ वा ७ प्रेस गरी ब्याकग्राउन्ड साउन्ड छनोट गर्न सक्नेछन् ।

ग्राहकले म्याजिक भ्वाइस तथा ब्यकग्राउन्ड साउन्डमा कुरा गरिहेको समयमा ० अंक डायलगरि आफ्नै आवजमा फर्कन सक्छन् ।

एनसेलका ग्राहकले २ रुपैयाँमा दैनिक म्याजिक भ्वाइस सेवा र १० रुपैयाँमा साप्ताहिक सेवा सुचारु गर्न सक्छन् ।

सेवा बन्द गर्नका लागि एनसेलका ग्राहकले १७१३५ डायलगरी निर्देशन फलो गर्नु पर्नेछ । अंग्रेजी ठूलो अक्षरमा ‘यूएनएसयूबी स्पेस एमभी’ लेखी १७१३५ मा एसएमएस पठाउनु पर्ने हुन्छ ।


पुष्प दुलाल