थाप्लोमा ४० अर्ब ऋणको भारी, सुध्रिएला निगम ? 



काठमाडौं । नेपाल वायुसेवा निगमलाई जहाज खरिदपश्चात झन्डै अब ४० अर्व रुपैयाँभन्दा बढी ऋणको भार थपिँदैछ ।

कमजोर व्यवस्थापनले थलिएको निगमले यो ऋण कसरी तिर्ला र नाफामा जाला भन्ने यतिबेला सर्वत्र चिन्ता र चासो छ । राष्ट्रिय ध्वजाबाहक निगम शनिवार ६० औ वर्षमा प्रवेश गरेको छ । निगम झन्डै ४० अर्ब रुपैयाँको हाराहारीमा ऋणको भारी बोकेर नयाँ जहाज खरिद गरी सेवा दिन लागि परिरहेको छ ।

निगमसँग  आगामी दिनमा धरौटीको रुपमा राख्ने जग्गा समेत सकिएको छ । केन्द्रिय कार्यलय रहेको जग्गा र भवन समेत संचयकोष र नागरिक लगानी कोषलाई धरौटिमा राखेको छ । भने उडान भरिरहेका दुई थान जहाज समेत संचयकोषकै नाममा रहेका छन् । बाँकी आउने जहाज पनि नागरिक लगानीकोष र संचयकोषकै नाममा हुने छन् ।

हाल निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि निगमसँग हाल बोईङ ७५७ एक थान, एयरबस ३२०–२०० सिरिजका दुई गरी तीन वटा न्यारोबडी जहाज मार्फत अन्तर्राष्ट्रिय उडान गरिरहेको छ ।  तर अर्को वर्षसम्ममा थप दुई थान वाइडबडी जहाज  हुने छन् । जसको लागि पहिलो किस्ता बापतको ८ अर्व रुपैयाँ पठाइसकेको छ ।

आगामी वर्षसम्ममा निगमसँग एयरबस ए ३३०–२०० सिरिजका २ वाइबडी जहाज थप हुने छन् भने कात्तिकसम्ममा दुइथान चिनियाँ जहाज समेत नेपाल आइसकेको हुनेछ । त्यसका साथै आगामी लामोसमय देखि ग्राउन्डेड एकथान ट्वीनटर जहाजसमेत मर्मत गरिसक्ने योजना निगमको छ । सन् २०१८ को मध्य सम्ममा निगमसंग अन्तर्राष्ट्रिय उडानको लागि ५ थान जहाज र आन्तरिकको लागि ८ थान गरी १३ थान जहाज निगमसंग हुने छन् । सन् २०१५ मा निगमले एयरबस ए ३२०–२०० सिरिजका २ न्यारोबडी जहाज संचयकोषसंग १० अर्व रुपैयाँमा ऋण लिएर खरिद गरेको हो ।

उक्त जहाजले हाल उडान भरिरहेको छ । यता अर्कोवर्षसम्म दुईथान वाइडबडीको लागि संचयकोष र नागरिक लगानी कोषसंग १२/१२ अर्व रुपैयाँ ऋण लिइसकेको छ । यता चिनियाँ जहाज खरिदको लागि पनि एक्जिमबैंसंग ३ अर्व ७२ करोड ८० लाख रुपैयाँ सुहलियत ऋण लिएर दुई थान चिनियाँ जहाज गत फागुनमा भित्र्याई सकेको छ ।

भने बाँकी दुईथान जहाज पनि ल्याउने अन्तिम तयारीमा रहेको छ । नेपाललाई ६ वटा जहाज किन्न ६ अर्ब ६७ करोड १० लाख रुपैयाँ अनुदान तथा सहुलियत दरको ऋण चीन सरकारले दिएको थियो । उक्त रकममध्ये २ अर्ब ९४ करोड १० लाख रुपैयाँ एमए–६० र एउटा वाई–१२ ई अनुदानमा लिन निगमले उपयोग गरेको छ ।

भने बाँकी ३ अर्ब ७२ करोड ८० लाख रुपैयाँमा एउटा एमए ६० र ३ वटा वाई १२ ई जहाज ऋणमा खरिद गर्ने गरी सम्झौता बमोजिम ४ थान जहाज नेपाल आइसकेको छ  । निगमले आन्तरिक हवाई सेवामा प्रत्येक वर्ष १५ करोड रुपैयाँभन्दा बढी घाटा ब्यहोर्दै आएको छ । त्यसका साथै एकथान बोइङ–७५७ को मर्मत खर्चनै वार्षिक करोडौं छ । आम्दानी भने निगमले ग्रउन्ड ह्यान्डलिङमार्फत उठाउने करिब ३ अर्ब रुपैयाँ र अन्तर्राष्ट्रिय उडान मार्फत ८ अर्व रुपैयाँको हाराहारी रहेको छ । कर्मचारी भने १ हजार ४ सयभन्दा बढी छन् ।

जसका कारण निगम खर्च थान्नै नसक्ने अवस्थामा रहेको छ ।  यति बेला सबै सरोकारवाला निकायलाई चिन्ताको विषय छ कि निगम यही व्यवस्थापकीय कार्यशैलीले ऋण तिरेर नाफामा जाला ? यही प्रश्नमा केन्द्रित रहेर मन्त्रालयकै पहलमा निगमलाई रणनीति साझेदार भित्र्याउन लागि परेको छ ।

सरकारले गत आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत घोषणा समेत गरिएको छ । सरकारी स्वामित्वमा रहेको निगमलाई चुस्त दुरुस्त बनाइ थप प्रभावकारी बनाउन सरकारले विशेष जोड दिएको बताउँछन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सचिव शंकर प्रसाद अधिकारी ।

‘जहाज थप्ने र व्यवस्थापन सुधार्ने एकै पटक अगाडी बढाएका छौ,’ अधिकारीले भने ।  २०१५ सालमा डकोटा जहाजबाट उडान सुरु गरेको निगमले ०४५/४६ सालसम्म आइपुग्दा १९ वटा जहाज उडाउन सफल भएको थियो । प्रजातन्त्रको स्थापनासँगै व्यवस्थापनमा राजनीतिक भागबन्डा हाबी भएपछि निगम नाजकु अवस्थामा गुज्रिएको थियो ।

०१५ साल असार १७ गतेदेखिनै उडान सुरु गरेको थाई एयरवेज विश्वका अधिकांश मुलुकमा उडान भरिरहेको छ । तर नेपाल वायुसेवा निगम भने आफ्ना युरोपसँगै नजिकका थाइल्यान्ड, चीन, भारतसँगै अन्यबजार पनि गुमाइसकेको छ । भने आन्तरिकतर्फ पनि सेवा दिन नसक्ने अवस्थामा पुगेको छ ।

 निगमले आन्तरिक हवाई सेवामा प्रत्येक वर्ष १५ करोड रुपैयाँभन्दा बढी घाटा ब्यहोर्दै आएको छ । त्यसका साथै एकथान बोइङ–७५७ को मर्मत खर्चनै वार्षिक करोडौं छ । आम्दानी भने निगमले ग्रउन्ड ह्यान्डलिङमार्फत उठाउने करिब ३ अर्ब रुपैयाँ र अन्तर्राष्ट्रिय उडान मार्फत ८ अर्व रुपैयाँको हाराहारी रहेको छ । कर्मचारी भने १ हजार ४ सयभन्दा बढी छन् ।

 ‘बिक्री गर्ने सिटनै छैन’–कंसाकार 

सन् २०१५ मा निगमले  २७ वर्षपछि एयबरस ३२०–२०० सिरिजका दुई थान न्यारोवडी जहाज खरिद गरेर उडान सुरुगरेसंगै यात्रु सेवामा सन् २०१६ मा पहिलो भएको निगमका प्रवन्ध निर्देशक सुगतरत्न कंसाकार बताउँछन् ।

निगमसँग हाल बोईङ ७५७ एक थान, एयरबस ३२०–२०० सिरिजका दुई गरी तीन वटा न्यारोबडी जहाज मार्फत अन्तर्राष्ट्रिय उडान गरिरहेको छ ।   ‘पान पसलले पान छैन भन्यो भने के हुन्छ, निगमको अवस्था त्यस्तै छ, बिक्री गर्ने सिटनै छैन,’ कंसाकारले भने ।

‘हामीले सन् २०१६ मा कतार एयरवेजलाई समेत पछि पार्दै पहिलो भएका छौ, अव दुई थान वाइवडी जहाज थपेपछि झनै बजार हिस्सा बढाउने छौ,’ कंसाकारले भने ।

सन् २०१६ मा कतार एयरवेजले ३ लाख ४१ हजार ७ सय ६४ यात्रुलाई सेवा दिएको थियो ।  निगमले बजार हिस्सा ५ प्रतिशतबाट १२ प्रतिशत समेत यसैवर्ष पुगेकोले वाइडबडी जहाज पछि १७ प्रतिशत पुग्ने दावी कंसाकारले गरेका छन विगतमा जहाज नहुदाँ एक दशक सम्म निगमले वार्षिक २ लाख भन्दा बढी यात्रुलाई सेवा दिन सकेको थिएन ।

निगमसंग अर्को वार्षिकउत्सव मनाउँदा थप दुई थान एयरबस ३३०–२०० सिरिजका वाइबडी जहाज हुने बताउँदै कंसाकारले अव एकवर्षमा एक जहाज भाडामा अथवा खरिद गर्दै जानुपर्ने बताए ।


क्लिकमान्डु