संसारका ४ अर्ब मानिसको मुख्य खाना चामल, असार १५ यसरी सुरु भयो धान दिवस



आर्थिक वर्ष २०७३।२०७४ मा १५ लाख ५२ हजार ४ सय ९६ हेक्टरमा धानखेती भई ५२ लाख ३० हजार ३ सय २७ मेट्रिक टक उत्पादन भएको थियो र उत्पादकत्व भने ३ हजार ३ सय ६९ किलोग्राम प्रति हेक्टर रहेको थियो । गत वर्षको तुलनामा यस वर्ष धानको उत्पादन र उत्पादकत्व क्रमशः करिव २२ र ७ प्रतिसतले वृद्धि हुन आएको छ ।

आर्थिक दृष्टिकोणले भन्ने हो भने यस वर्ष करिव एक खर्ब ४ अर्ब रुपैयाँ बरावरको ऐतिहासिक धान उत्पादन भएको छ । धानको उत्पादन उत्साहजनक वृद्धि भएकोले यस वर्ष नेपालको आर्थिक वृद्धिदर ७.५ प्रतिशत हुने जानकारी समेत हालसालै बिश्व बैंकले दिएको छ । र, गत आर्थिक वर्ष २०७२।७३ को वास्तविक आर्थिक वृद्धिदर ० दसमलव ०१ प्रतिसत भएको र चालु अर्थिक वर्षमा ६ दसमलव ९४ प्रतिसत हुने केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।

हाल करिव विश्वमा ४ सय ८२ मिलियन टन चामल उत्पादन भएको छ र यतीमात्रा चामलको लागि धान उत्पादनगर्न यदी सन् १९६० को दशकमा धानबालीमा हरितक्रान्ती नआएको भए विश्वले धानबालीको उत्पादन क्षेत्र २ गुणाले बढाउनु पर्थ्यो जुनकुरा सम्भवनै छैन

बैशाखको अन्तिम साता भुटानको थिम्पुमा बसेको मौसम सम्बन्धी विज्ञहरुको दशौं दक्षिण एशियाली दृष्टिकोण मञ्चले नेपालमा मनसुनको समयमा कम वर्षा हुने अनुमान गरेको हो । यस वर्ष पूर्वी, मध्य र पश्चिम नेपालमा औसत वर्षा हुने जल तथा मौसम विज्ञान बिभाग पूर्वानुमान महाशाखाका मौसमविज्ञ शान्ती कंडेलले जानकारी दिएकी छिन् । तर मध्यपश्चिम र सुदूरपश्चिममा औसतभन्दा कम वर्षा हुने अनुमान छ । विगत ३० वर्षको मौसमको विश्लेषणका आधारमा यस वर्ष नेपालमा कम वर्षा हुने अनुमान गरेको हो ।

भोलामान सिंह बस्नेत

कृषि विभाग, अमेरिकाको अनलाइनमा प्रकाशित तथ्यांक बमोजिम आर्थिक वर्ष २०७३।२०७४ मा विश्वभरको चामल उत्पादन करिव ४ सय ८२ मिलियन टन भएको थियो । आर्थिक वर्ष २०७२।७३ मा भने ४ सय ७२ मिलियन टन चामल उत्पादन भएको थियो । तसर्थ यस वर्ष विश्वभर गत वर्षको तुुलनामा करिव १० मिलियन टन अथवा करिव २ प्रतिसत बढी चामल उत्पादन भएको भन्न सकिन्छ ।

विश्वभर सबैभन्दा बढी धान उत्पादनगर्ने दस देशहरुमा चीन, भारत, इन्डोनेसिया, बंगलादेश, भियतनाम, थाइल्यान्ड, म्यानमार, फिलिपिन्स, ब्राजिल र जापान छन् ।

हामीले नेपालमा एक अर्कालाई भेट्दा ‘भात खानु भयो’ भनेर सम्बोधन गर्ने चलनले पनि देशमा धानको कतिको महत्व छ भनेर झल्काउँछ । संसारको सबैभन्दा उच्चस्थानमा धानखेतीहुने देशपनि नेपालको जुम्लामा पर्दछ र धानले पनि नेपाललाई विश्वमा पहिचान गराएको छ ।

बिक्रम सम्बत २०२२ साल (सन् १९६६) तीर बिशेषगरी एशियाली देशहरुमा भोकमरी, कुपोषण, द्धन्द, लडाई, झैझगडा, जताततै अशान्ति गर्दा एशियामा भोकमरीको ठुलो समस्या यानी कथा, गाथानै थियो । त्यसैले संयुक्त राष्ट्रसंघ (यूएन) ले सन् १९६६ लाई धानबालीको संसारभर रहेको मुल्य मान्यतालाई मनन्गरि, भोकमरीबाट मुक्त भन्ने नारासहित, धानबालीलाई बर्षको बालीको रुपमा घोषणा गरेको थियो । किनकी संसारभर आधाभन्दा बढी जनसंख्या अथवा करिव ३ अर्ब ५० करोड मानिसको मुख्य खाना चामल हो र अझ एशियाली देशहरुमा ९० प्रतिशतभन्दा बढी धानको उत्पादनको साथै खपत समेत हुने गरेको पाइन्छ ।

भारत, मद्रासका एकजना कृषकले आइआर ८ जातको धानबाली काटदै थिए र उत्पादनपनि धेरै राम्रो भएको थियो र त्यसैबेला उनको श्रीमतीले घरमा छोरा जन्माइन र धेरैनै खुसी भएर कृषकले छोराको नामनै आइआर ८ राखेका थिए ।

फिलिपिनस्थित अन्तर्राष्ट्रिय धानबाली अनुसन्धान संस्था, इरी सन् १९६० मा स्थापना भएको थियो र सन् २०१० मा आएर ५० बर्ष पुरा गरेकोले विश्वभर इरीको स्वर्ण जयन्तीपनि भव्यरुपताकासाथ मनाइयो । नोभेम्बर १९६६ मा इरीले सर्वप्रथम आइआर ८ नामक धानबालीको जात सिफारिस गरेको थियो जुनजातले विश्वभरनै धानको उत्पादकत्व एवं उत्पादन वृद्धिद्धारा चमत्कार ल्याउनुको साथै बिशेषगरी एशियामा भोकमरीबाट बचाउन ठुलो सफलता हाँसिल गर्यो । १९६० मध्यतिर कृषिमा हरितक्रान्तीको सुरुवात पनि भएको थियो ।

सो समयमा भारत, मद्रासका एकजना कृषकले आइआर ८ जातको धानबाली काटदै थिए र उत्पादनपनि धेरै राम्रो भएको थियो र त्यसैबेला उनको श्रीमतीले घरमा छोरा जन्माइन र धेरैनै खुसी भएर कृषकले छोराको नामनै आइआर ८ राखेका थिए । सन् १९६६ देखि सन् २००९ सम्म इरीबाट विकसित विभिन्न धानका जातहरु सदुपयोग गरी विश्वका ७८ देशहरुमा ८ सय ६४ वटा धानका जातहरु सिफारिस भएका छन् र नेपालमा ५० प्रतिशतभन्दा बढी सिफारिस भएका धानका जातहरु इरीको जातसंग सम्बन्धीत छन् । भनिन्छ, विश्वभर इरीले विकास गरेको धानको जातले हाल ६० प्रतिशत भुभाग ओगटेको छ ।

हाल करिव विश्वमा ४ सय ८२ मिलियन टन चामल उत्पादन भएको छ र यतीमात्रा चामलको लागि धान उत्पादनगर्न यदी सन् १९६० को दशकमा धानबालीमा हरितक्रान्ती नआएको भए विश्वले धानबालीको उत्पादन क्षेत्र २ गुणाले बढाउनु पथ्र्यो जुनकुरा सम्भवनै छैन र हाल भएको विश्वको वनक्षेत्रपनि आधामात्र हुने थियो भनिन्छ ।

नेपालले पनि इरीसंग मिलेर धानबालीको अनुसन्धान शुरु गरेको झन्डै ५० बर्ष नाघिसकेको छ र सो समन्वयले गर्दा धानबालीको जातहरु र खेतीगर्ने तौरतरिका सम्बन्धी धेरै प्रविधिहरुको विकास हुनुको साथै जनशक्ति विकास, प्रचार, प्रसार समेत भएको छ । धानको ९० प्रतिशत भन्दा बढी उत्पादन र खपत एशियाली देशहरुमा हुने भएकोले धानले एशियालीहरुलाई एकस्थानमा ल्याउन सेतुको काम गर्दछ ।

नेपालले पनि सन् २०१० मा भव्यकासाथ धानबाली बारे बिभिन्न कार्यक्रमसहित, जनचेतना जगाई, इरीस्थापना भएकोे स्वर्ण जयन्ती मनाएको थियो । विश्वभर भोकमरी, कुपोषण, द्वन्द, लडाई, झैझगडा, जताततै अशान्ती देखिन थालेपछि संयुक्त राष्ट्रसंघले धाननै जीन्दगी हो ( Rice is Life) भन्ने नारासहित, पुनः सन् २००४ लाई अन्तर्राष्ट्रिय धानबर्षको रुपमा घोषणा गरेको थियो ।

यसै सन्दर्भमा यस स्तम्भकारको बिशेष पहलमा नेपाल कृषि अनुसन्धान परिषद्, नार्कबाट उठी आएको टिप्पणी फाइल तत्कालिन नेपाल सरकार (मन्त्रीस्तर) को २०६१ साल मंसीर २९ गतेको निर्णयबाट स्वीकृत भई सन् २००४ अर्थात बिक्रम सम्बत २०६१ साल पछी, प्रत्येक बर्षको असार १५ गतेलाई राष्ट्रिय धान दिवसको रुपमा मनाउने घोषणा पनि गरेको थियो ।

संयुक्त राष्ट्रसंघ जस्तो संस्थाले धानलाई दिएको महत्व र नेपालको समेत प्रतिबद्धता आउनु जरुरी पनि थियो । यस स्तम्भकारको प्रयासमा बर्षभर धानबाली सम्बन्धी करिव ३५ वटा कार्यक्रमहरु सम्पन्न गरिएको थियो, यसैकारण फिलिपिनस्थित अन्तर्राष्ट्रिय धानबाली अनुसन्धान संस्था (इरी) ले आफ्नो अन्तर्राष्ट्रिय धानबाली बर्षको सिससिलामा प्रकाशन भएको Rice Today gfds Magazine (July-September 2004, Vol.3 No.3) मा नेपाललाई Year Achieves High Profile in Nepal भनी बिशेष मूल्यांकन समेत गरेको थियो ।

नेपालमा असार १५ लाई ‘दही चिउराखाने’ संस्कृती, चाहाडको रुपमा पनि लिइन्छ । त्यसैले अब आउने २०७४ सालको असार १५ गते चौंधौं राष्ट्रिय धान दिवसपर्न आउँदछ र हामी सबैले देशभर भव्यरुपमा उक्त दिवस मनाउनु जरुरी देखिन्छ ।

चुनौति

नेपालमा जनसंख्या घट्नेवाला छैन, खेतीगर्ने जमिन बढ्नेवाला छैन, माटोको उर्वराशक्ति खस्कंदो अवस्थामा छ त्यसैले ज्ञान, विज्ञानमा आधारित खेतीगरी प्रति इकाई प्रतिदिनको उत्पादकत्व बढाई बढदो जनसंख्यालाई घट्दो खेतीयोग्य जमिनबाट खुवाउन परेको, आयआर्जन बृध्दिगर्नु परेको जस्ता चुनौती हामीसामु छ ।

हामीले खाद्यसुरक्षा, खाद्यसम्प्रभुता, पोषणसुरक्षा, जलसुरक्षा, आयआर्जन बृध्दि र दीगोपनातर्फ बिशेष गरी ध्यानदिनु परेको छ । देशमा भूउपयोग नीति कार्यान्वयन नहुनु, प्लटिड०्ग गरी उर्वराजमिनपनि घर, भौतिकपुर्वाधारआदी बनाउन उपयोग हुंदा ठुलो समस्या देखिएको छ । काठमाण्डौं उपत्यका जस्तो राम्रो धानफल्ने जमिनमा घरहरुपो फलिरहेका छन ।

धानको वस्तुस्थिति एवं खाद्यान्न वासलात

नेपालको उपभोग्य खाद्यान्नको वासलात समीक्षा गर्र्ने हो भने बिगत ८ बर्षमा खाद्यान्न वचत भएको देखिन्छ । तर बिडम्बना प्रत्येक महिना नेपालले करिव २ अर्ब रुपैयाँको धान, चामल आयातगर्ने गर्दछ । किनकी मागको इष्टिमेट वास्तबिक मागभन्दा धेरै नै थोरै छ । मध्य र सुदुरपश्चिमीक्षेत्रको पहाडी जिल्लाहरुमा त प्रत्येक बर्ष भोकमरीको समस्या रहने गरेको छ । तराइमा भने करिव ३ देखि ५ लाख मेट्रिक टन खाद्यान्न वचत हुने भएकोले कुनै कुनै बर्ष नेपालमा खाद्यान्न पुगेको देखिन्छ ।

हाल नेपालको खाद्यान्न अपुग ३८ जिल्लाहरुमध्ये तराईका ६ र पहाड एवं उच्चपहाडका ३२ जिल्लाहरु परेका छन । सन् २००७/२००८ मा विश्व खाद्य संकट आउंदा, भारत सरकारले चारबर्ष गहुं र तीनबर्ष देखि सर्वसाधारणले खाने मोटो धान, चामल निर्यातमा प्रतिवन्ध लगाएको थियो ।

हामीले भारतबाटपनि खाद्यान्न खरिदगर्न नपाउने र देशपनि खाद्यान्नमा आत्मनिर्भर नहुने हो भने तंपाई हामीसंग खल्तीमा पैसा भएपनि खाद्यान्न किन्न नपाउने अवस्था श्रृजना हुन सक्छ त्यसैले देशलाई हरहालतले खाद्यान्नमा आत्मनिर्भर बनाउनै पर्दछ र सोगर्ने कृषि प्रविधिहरु हामीसंग छ पनि । नेपालको कुल खाद्यान्नमा धानको करिव ५० प्रतिसत देन हुने गरेको छ र कुल गार्हस्थ्य उत्पादन र कुल कृषि गार्हस्थ्य उत्पादनमा समेत धानको क्रमश: ७ र २१ प्रतिसत योगदान रहेकोे छ । नेपालको कुलखेतीयोग्य जमिन मध्ये आधाभन्दा बढी जमिनमा धानखेती हुनेगरेको छ ।

वेरोजगारी समाधानगर्न र आवश्यक क्यालोरी आवश्यकताको परिपुर्तीगर्न समेत धानको बिशेष योगदान रहिआएको छ । खाद्य अधिकारपनि मानवको लागि एक मौलिक अधिकारनै हो । सरकारले कुनै हालतमापनि जनतालाई विहान, बेलुका दुइछाक खुवाउनै पर्दछ तर कुनैकामै नगरी फोकटमा खुवाउने रणनीनिपनि हुनु हुंदैन । यस स्तम्भकारले संसारमा देखिएको खाद्यसुरक्षा अर्थात विश्वखाद्य संकट जस्ता समस्यालाई मध्यनजर राखी एक ‘उच्चस्तरीय राष्ट्रिय खाद्यसुरक्षा मिसन’ बनाउन पर्यो र उक्त मिसनमा समावेसहुने विभिन्न सरोकारवालाहरुमध्ये वर्तमान र अवकासप्राप्त भएका भएपनि, बास्तविक वैज्ञानिक, विज्ञहरु जस्ले आ आफ्नो क्षेत्रमा पढेर, परेर, गरेर, क्षमता प्रदर्शन देखाइसकेका हुनुपर्दछ ।

सेतोेचामलको बदला खैरोचामल खाने प्रचलन ल्याउन सकेमा रेसा, भिटामिन र खनिजतत्वहरु बढीप्राप्त भई पोषणसुरक्षाको साथै खाद्यसुरक्षामा समेत सहयोग पुग्ने छ । अमेरिकाको हार्बर्ड स्कुल अफ पब्लीक हेल्थमा क्वीसन नामगरेका वैज्ञानिकको नेतृत्वमा गरिएको अनुसन्धान अनुसार हप्तामा ५ वा बढीपटक सेतोचामल सेवनगर्दा टाइप २ डाइबेटिक्स बढने खतरा रहेको र हप्ताको २ वा बढी खैरोचामलको उपयोगले टाइप २ डाइबेटिक्सको खतरा धेरैने न्यून रहेको पत्तालाग्यो ।
-लेखक वरिष्ठ धानबाली बिशेषज्ञ, नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) बाट अवकाश प्राप्त कर्मचारी हुन् ।


क्लिकमान्डु