फोटोमा हेनुहोस्, विश्वका ठुला पूर्वाधर जसले सन् २०१६ लाई सम्झाइ रहनेछ



हङकङ झुहाई मकाउ ब्रिज, चीन

हङकङ-झुहाई-मकाउ ब्रिज, चीन
चीनले पछिल्ला समय पूर्वाधारमा गरेको लगानीको एउटा नमुना हो यो पुल । करिब १७ अर्ब डलरमा निर्माण गरिएको यो पुलले डिसेम्बर २०१७ सम्म निर्माण सक्ने लक्ष्य लिइएको जनाइएको छ ।

वल्र्ड ट्रेड सेन्टर ट्रान्सपोर्टेशन हब, अमेरिका

वल्र्ड ट्रेड सेन्टर ट्रान्सपोर्टेशन हब, अमेरिका
न्युर्योकमा निर्माण गरिएको यो ट्रान्सर्पोटेशन हब (रेलवे स्टेशन) ४ बिलियन डलरको प्रोजेक्ट हो । जसको क्षमता एकै पटक ५० हजार यात्रीलाई सेवा दिन सक्नेछ ।

फ्लोटिङ ब्रिज, अमेरिका

फ्लोटिङ ब्रिज, अमेरिका
वासिङटनमा निर्माण भएको यो पुलको लम्बाई करिब ७७०० फुट रहेको छ । यो पुल ७७ वटा हावा भरिएको पोन्टसको प्रयोगबाट निर्माण गरिएको हो । यस पुलको प्रयोग कार र साइकलयात्रीले प्रयोग गर्नसक्ने जाइएको छ ।

गोथर्ड वेस टनेल, स्विजरल्याण्ड

गोथर्ड वेस टनेल, स्विजरल्याण्ड
९४ माइल लामो यो सुरुङमार्गको निर्माण सुरु भएको १७ बर्षमा एक चरण पुरा भएको छ । सुरुङको लम्बाइ अनुसार यसको निर्माण तिब्रगतीमा भएको मानिन्छ । यसमा रेल चलाएर २०१६ डिसेम्बर देखि संचालन सुरु गरिएकोे हो । यस टनेले २०२० सम्म इटली र नेदरल्याण्ड जोड्ने बताइएको छ ।

पानामा नहर बस्ती, पानामा

पानामा नहर बस्ती, पानामा
५ बिलियन डलरको लागतमा निर्माण गरिएको पानामा नहर बस्ती निर्माण सम्पन्न भएको छ । यो एउटा बन्र्दगाह हो । जसले १० प्रतिशत एसियाली जहाजलाई सेवा दिइरहेको छ ।

युभिज सुल्तान सलिम ब्रिज, टर्की

युभिज सुल्तान सलिम ब्रिज, टर्की
२०१६ अगस्टमा निर्माण सम्पन्न भएको यो पुल ३ बिलियन डलरको लागतमा निर्माण भएको हो । ३.१ माइल लामो यो पुल १ हजार ५६ फिट उचाई र १९२ फुट चौडाइ रहेको छ । यो पुलले एसिया र युरोप जोडेको छ ।

अदीस अवावा-जिबुती रेलव, इथोपिया र जिबुती

अदीस अवावा-जिबुती रेलव, इथोपिया र जिबुती
इथोपियाको यो पहिलो रेलव प्रजेक्ट हो । जसलाई उसले आफ्नो छिमेकी देश जिबुतीसम्म बिस्तार गरेको छ । यसले इथोपियाको बढ्दो अर्थतन्त्रलाई पुष्टी गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

 


क्लिकमान्डु