अर्बपति चौधरीले लिन नसकेको लाइसेन्स यसरी लिए रामेश्वर थापाले



काठमाडौं । गत सोमबार प्रधानमन्त्रीको पुष्पकमल दाहाल‘प्रचण्ड’ सरकारले एसटिएम टेलिकमलाई एकीकृत अनुमति(युनिफाइड लाइसेन्स) दिएको छ ।

राजिनामा दिएर कामचलाउ भएको प्रचण्ड सरकारले अन्तिम साता एसटिएमलाई ठाडो आदेशमा लाइसेन्स दिएको हो ।

‘एसटिएमको लाइसेन्सको लागि माथिल्लो तहबाट दवाव थियो’संचार मन्त्रालयका एक अधिकारीले भने,‘ प्राधिकरणबाट गर्न सक्ने निर्णय सरकारबाट भयो’

देशभर मोबाइल सेवा संचालन गर्न अनुमति पाएको एसटिएमको ग्राहक संख्या ३ हजार मात्र छ ।

काम चलाउ बनेको सरकारले अन्तिम समयमा टेलिकम क्षेत्रमा ठूलो निर्णय गरेर गएको छ । कम चलाउको हैसियतमा भएपछि ठूला निर्णय नगर्ने भएपनि एसटिएमलाई सरकारले देशभर मोबाइल चलाउन लाइसेन्स दियो ।

हरेक कुरामा विरोध गर्ने प्रतिपक्षीपनि एसटिएमले लाइसेन्स पाएको कुरामा भने मौन बस्ने देखिएको छ । अर्थात एसटिएमलाई लाइसेन्स दिनको लागि सबै दलबीच भ्रद सहमति भएको थियो ।

स्वामित्व चौधरी हुँदै यसरी पुग्यो रामेश्वर थापाको हातमा

नेपालका एक मात्र डलर अर्बपति विनोद चौधरीले नेपालमा सफलता नपाएको क्षेत्र टेलिकम हो ।

फोब्र्सको सूचिमा अर्बपति रहेका चौधरीले टेलिकम व्यवसायमा हात हालेपनि सफलता पाउन सकेनन् ।

चौधरीको आत्मकथामा व्यवसायका धेरै क्षेत्रमा सफलता कसरी प्राप्त गरेको लेखेका छन् । तर,अर्बपतिको सूचिमा भएपनि उनले टेलिकम क्षेत्रमा जम्न सकेनन् ।

चार वर्ष अगाडि चौधरीले ग्रामीण दुरसंचार सेवा विस्तार गर्नको लागि खोलिएको एसटिएम टेलिकम संचार प्रालिको सेयर विनोद चौधरीले श्रीमती सारिका चौधरी र निर्वाण चौधरीको नाममा थियो ।

२०६० सालमा स्थापना भएको एसटिएमले ३४ जिल्लामा सिमित मोबाइल सेवा संचालन गर्ने अनुमति पाएको थियो । यसको ग्राहक संख्या जम्मा ३ हजार छ ।

देशभर मोबाइल सेवा संचालन गर्न अनुमति पाएको एसटिएमको ग्राहक संख्या ३ हजार मात्र छ ।

टेलिकमका विश्वमा नाम कमाएका कम्पनी भोडाफोन देखि अन्य कम्पनीको लगानी ल्याउने तयारी चौधरीको थियो ।
लाइसेन्स लिएपनि सर्त पुरा नभएको भन्दै दुरसंचार क्षेत्रको नियामक निकाय दुरसंचार प्राधिकरणले कम्पनीलाई एकीकृत अनुमति(युनिफाइड लाइसेन्स) दिएन ।

युनिफाइड लाइसेन्स नपाएपछि चौधरीले एसटिएम संचार तथा हवाई उद्यमी रामेश्वर थापालाई बिक्री गरे । डेढ वर्ष अगाडि चौधरीले रामेश्वर थापालाई ३३ लाख रुपैयाँमा कम्पनी बिक्री गरेका थिए ।

कम्पनीको सेयर रामेश्वर थापा निकट शुरेसराज घिमिरेको नाममा किनिएको थियो । घिमिरे थापाको घरजग्गा व्यवसायमा साझेदार हुन् ।

सिम्रिक एयर मार्फत हवाई सेवाको व्यवसायमा रहेका थापा कान्तिपुरमा ज्ञवाली समुह बाहिरिएपछि प्रवेश गरेका थिए । थापाको कान्तिपुरमा कैलाश सिरोहियासँगपनि धेरै समय साझेदार भएन । थापा कान्तिपुरबाट बाहिरिएपछि अन्नपूर्ण पोस्ट किने । अहिले अन्नपूर्ण मिडिया नेटवर्क अन्तर्गत पत्रिका,रेडियो र टेलिभिजन संचालन हुन्छ ।

युनिफाइड लाइसेन्स लिन नसकेपछि चौधरी बाहिरिएको कम्पनी एसटिएमले गतसाता युनिफाइड लाइसेन्स पाएको छ ।

देशभर ६ वटा टेलिकम कम्पनी

नेपालमा टेलिकम कम्पनीमा सरकारी स्वामित्वको नेपाल टेलिकम र निजी क्षेत्रको एनसेलमात्र प्रतिस्पर्धी छन् ।

तर, दुरसंचार प्राधिकरणबाट लाइसेन्स पाउने कम्पनी भने ६ वटा छन् । बजार हिस्साको आधारले दुवै कम्पनीले ९८ प्रतिशत हिस्सा रहेको छ ।

अहिले दुरसंचार प्राधिकरणबाट अनुमति पाएका कम्पनीमा युनाइटेड टेलिकम,नेपाल स्याटेलाइट,स्मार्ट टेलिकम र एसटिएम टेलिकम छन् । जसमा स्मार्ट टेलिकमले फोरजीको संचालन गर्नपनि अनुमति पाइसकेको छ ।


क्लिकमान्डु