स्वास्थ्यमन्त्री बनेर के गरे गगन थापाले ?
काठमाडौं । नेपाली काँग्रेसका चर्चित युवा नेता गगन थापाले स्वास्थ्य मन्त्रालयको नेतृत्व संहालको ठ्याक्कै ९ महिना पुगेको छ । जनताका आवाज खरोसँग राख्ने नेताको पहिचान बनाएका थापाले मन्त्री बनेपछि के कस्ता कामहरु गर्छन् भन्ने चासो सर्बत्र थियो ।
यसैबीच मन्त्री थापाले स्वास्थ्य मन्त्रालय संहालको ९ महिना पूरा भएको अबधिमा मन्त्रालयले गरेका कामको विवरण सार्बजनिक गरिएको छ । मन्त्री थापाको सचिबालयले सार्बजनिक गरेको विवरण अनुसार थापाले मन्त्रीका रुपमा ९ महिनामा गरेका कामको विवरण यस्तो छः
- डायलासेस सेवा पुरै निःशुल्क भएको घोषणा गरिएको
- मृगौला प्रत्यारोपण पुरै निःशुल्क
- मृगौलाको प्रारम्भीक परिक्षणका लागि डिपिस्टीक किट पठाइएको,
- बाथमुटु रोगको शल्यक्रिया निःशुल्क गरिएको
- नेपालमै कलेजो प्रत्यारोपण सेवा सुरु भएको
- विशिष्टलाई १५ रुपैया भन्दा बढी उपचार खर्च नदिने व्यवस्था
- कान्ति अस्पतालमा नवजात शिशुको निःशुल्क उपचारको व्यवस्था
- सैनिक अस्पताल सर्वसाधारणका लागि खुल्ला
- हरेक सरकारी अस्पताल विहान ९ देखि ३ बजे सम्म अनिवार्य संचालन गर्नैपर्ने, ३ देखि ५ सम्म पेईङ सेवा
- सवै स्वास्थ्य चौकीहरु चार बजेसम्म चलाउन निर्देशन,
- प्राथमिक स्वास्थ्य केन्द्रहरुमा उपकरण, औषधी र चिकित्सक पुगेको अवस्था
- झण्डै ७ सय चिकित्सक नियुक्त गरिएको,
- ५०० स्वास्थ्य चौकीमा नसर्ने रोगको परिक्षण सुरु,
- ७५ जिल्लामा निशुल्क भि भिआइए स्क्रिनिङ्ग
- १०५३ स्वास्थ्य चौकीमा पिइएन प्याकेज, आउँदो आ।व। भित्र सबै स्वास्थ्य चौकीमा पुर्योउने
- आत्मनिर्भर भएका औषधीहरु विदेशबाट ल्याउन नपाईने,
- विदेशबाट ल्याउनै पर्ने महंगा औषधी सरकारी निकायबाटै किनेर बेच्ने,
- ५० वढि अस्पतालमा फार्मेसीको स्थापना र संचालन,
- सवै सरकारी अस्पतालमा बहिरंग सेवा १० देखि ५ बजे सम्म संचालन सुरु, ९२ देखि ५ विस्तारित सेवा
ड्ड जिल्लास्तरबाट पनि औषधी खरिदको व्यवस्था गरिएको - फार्मेसी संचालनका लागि केन्द्रीयमा ३० लाख, क्षेत्रीयमा २५ लाख, उपक्षेत्रीयमा २० लाख, अंचलमा १५ लाख विउ पूजी पठाइएको
- जिल्ला अस्पतालका लागि मात्रै ३ करोड ४४ लाख रुपैया विउपुजी पठाइएको,
- मुटु र क्यान्सरको उपचार सेवा विस्तार,
- विना दर्ता संचालन भएका स्वास्थ्य संस्थाहरु बन्द गरियो, कानुनी दायरामा ल्याइयो
- सरकारी स्वास्थ्यकर्मीले अवैध संस्थामा सेवा दिन नपाउने व्यवस्था गरिएको
- विपन्न नागरिक उपचार सहायतास् कडा रोग ८ बाट १२,
- लाईन व्यवस्थापनका लागि केन्द्रीय अस्पतालहरुमा कुपन प्रणाली लागु भएको
- काठमाडौमा जनता स्वास्थ्य केन्द्रहरूको स्थापना, क्रमश सवै नगरपालिकाहरूमा विस्तार गर्ने
- विरेन्द्र सैनिक अस्पताल र १० निजि अस्पताल सहित ११ ओटा स्वास्थ्य संस्थाहरुलाई निःशुल्क डायलाईसिस सेवाका लागि अनुमती दिइएको
- मृगौला डायलासेस मेसिन किनिएको, काठमाडौं बाहिर डायलेसिस सेवा विस्तार,
- सिकलसेल एनिमियाको परिक्षण तथा उपचार धनगढीबाट पनि सुरु भएको
- हृदयरोग निवारण सेवा भेरीबाट सुरु हुन लागेको, जनकपुरमा सुरु गर्न अध्ययन थालिएको
- सेनासँगको सहकार्यमा रौतहटबाट बृहत स्वास्थ्य शिविरको सुरुवात
- मेडिकल कलेजहरुसँगको सहकार्यमा जिल्ला अस्पतालमा आकस्मीक शल्यक्रिया सहितको विषेशज्ञ सेवा सुरु
- नेपालगञ्जमा सुशील कोईराला प्रखर क्यान्सर अस्पताल खोल्ने निर्णय
- ९ ख को विवादको अन्त्य, पुल दरबन्दी सृजना
- ५० शैया भन्दा बढी शैया भएका अस्पतालमा सामाजिक सेवा ईकाई गठन गर्ने व्यवस्था
- पत्रकारलाई उपचारमा ५० प्रतिशत छुट दिने व्यवस्था
- सुर्तिजन्य पदार्थ जथाभावि बेच्न रोग, छुट्टै लाईसेन्स लिनु पर्ने व्यवस्था
- हरेक महिनाको पहिलो शनिबार अस्पतालको सरसफाई
- विद्यालयमा सामुदायिक नर्सको अवधारणा
- खोप निर्देशिका लागू
- एम्बुलेन्स निर्देशिका लागू
- प्रयोगशाला निर्देशिका लागू
- मदिरा नियन्त्रण तथा नियमन नीति लागू
- मानव अंग प्रत्यारोपण नियमावली २०७३ लागू
- नियुक्ति तथा मनोनय संवन्धी मापदण्ड लागू
- स्वास्थ्य संस्था स्थापना तथा संचालन निर्देशिका लागू
- चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको सेवा सुविधा संवन्धी कार्यविधि लागू
- बैदेशिक तालिम र भ्रमण संवन्धी मापदण्ड लागू
- मदिरा ऐन लागू
- आयुर्बेद नीति लागू
- मेडिकल काउन्सील ऐन लागू
- आचार संहिता लागू
- गुणस्तर सुनिश्चितता संवन्धी ऐन लागू
- मानसिक स्वास्थ्य निति लागू