भूकम्प पीडितले १ वर्षमात्रै सहुलियत ब्याजको घर कर्जा पाउने



काठमाडौं । नेपाल राष्ट्र बैंकले भूकम्प पीडितलाई २ प्रतिशत व्याजदरमा आवासिय कर्जा दिने उद्देश्यले बैंकहरुलाई अब एक वर्षमात्रै शून्य व्याजदरमा पुनरकर्जा दिने तयारी थालेको छ ।

सरकारले भूकम्पपछिको पुनर्निर्माणको अवधि पाँच वर्ष तोकेपनि राष्ट्र बैंकले भने अबको एक वर्षपछि सहुलित दरको कर्जा नदिने तयारी थालेको राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले जानकारी दिए ।

‘अब एक वर्षसम्म मात्रै यस्तो कर्जा दिन्छौं, त्यसपछि भने नदिने वियाउमा छलफल गरिरहेका छौं,’ काठमाडौंमा आयोजित सहुलियतपूर्ण कर्जा विषयक अन्तरक्रिया कार्यक्रममा शिवाकोटीले भने ।

सरकारले समयमै मापदण्ड नबनाएकाले गत वर्ष भूकम्प पीडितलाई आवासिय कर्जा खासै प्रवाह नभएको उनले जानकारी दिए ।

गत माघ महिनासम्ममा २ सय १२ जनाले ४७ करोड २९ लाख रुपैयाँ सहुलियत दरको कर्जा लगेका छन्।

‘जब मापदण्ड लागु भयो तब कर्जा पनि विस्तारै जान थालेको छ । अब १ वर्षचाहीँ यस्तो कर्जा उपलब्ध गराउनुपर्छ र त्यसपछि चाहीँ रोक्नु पर्छ भन्ने सोचमा छौं,’ शिवाकोटीले भने ।
निश्चितसमय पछि भने सहुलितय दरको कर्जालाई अन्य सामान्य कर्जा सरह बनाइने उनको भनाइ थियो ।

‘भूकम्पपीडितलाई कर्जा कहिले सम्म दिने रु गत वर्ष पनि खासै गएन यस वर्ष अलिअलि गएको छ, सरकारी घर निर्माण मापदण्ड पुरा गर्नु पर्ने बाध्यताले पनि कर्जा जान सकेको छैन्,’ शिवाकोटीले भने ।

काठमाडौं उपत्यकामा २५ लाखभन्दा बढि पुँजी आवश्यक पर्नेलाई सहुलियत ऋणको सीमापछि बाँकी हुने रकममा नियमित व्याज दर लगाएर पनि सुविधा दिनुपर्ने बताए ।

‘काठमाडौंमा ४ आना जग्गा हुनेको ५० करोडको सम्पत्ती त हुन्छ तर २५ लाखले दुई तले घर बन्ने अवस्था नहुँदा सीमाभन्दा बढि रकममा बैंकको नियम अनुसारको व्याज दर लगाएर पनि ऋण दिन सकिन्छ होला,’ उनलेभने, ‘हुनतः यो मेरो निजी बिचार हो, त्यस्तो भएमा ती व्यक्तिले एक तलाको भाडाबाट आम्दानी गर्न सक्छ नि ।’


पुष्प दुलाल