बोर्डको निर्देशन अनलाइन ट्रेडिङको लागि होइन, लगानीकर्ता मैत्री छैनः नरेन्द्र सिजापति



अहिले हामी दुई तरिकाले सेयर कारोबार गरिरहेका छौं । पहिलो त लगानीकर्ताले हाम्रो कार्यालयमै आएर खरिद बिक्रीको लिखित आदेश दिन्छन् । जुन कुरा धितोपत्र विनिमियन बजार नियमावली २०५५ अनुसुची १ मा ब्यवस्था छ । यस्तो आदेश प्राप्त भएपछि हामीले सेयर खरिद बिक्रीको प्रक्रिया थाल्छौं । त्यो विनियमाबलीमा भएको ब्यवस्था अनुसारका सुचना र विवरण दिएर सेयर खरिद बिक्रीको आदेश दिने पहिलो तरिका हो ।

दोस्रो तरिका अर्काे छ । त्यो भनेको के हो भने आजको दिनमा सबै मान्छे कार्यलयमा आएर सेयर खरिद बिक्रीको आदेश दिन सम्भब छैन । र, आवश्यकता पनि छैन । हाम्रो कार्यालयमा आएर खरिद बिक्रीको आदेश दिने लगानीकर्ताको संख्या पनि कम छ । प्रविधिको प्रयोगले वेवसाइटबाट हेर्ने र मार्केट डेफ्त हेरेर बजारबाट सुचना हासिल गरिरहेका लगानीकर्ताको संख्या धेरै छ ।

त्यस्ता लगानीकर्ता हाम्रो कार्यालयमा आइरहेका हुदैनन् । उनीहरुले हाम्रो कार्यालयको टेलिफोन वा मोबाइलमा फोन गरेर हामीलाई फलानो कम्पनीको यति मुल्यमा यति कित्ता सेयर किनिदिनुस् भन्छन् । हामीले ग्राहकले भनेको आधारमा कारोबार गर्ने गरेका छौं । त्यो भनेको लाइभ जस्तै हो । उसले उता सिस्टममा हेरिरहेको हुन्छ । हामीले फोनमै उनीहरुलाई सेयर किनिएको, बेचिएको वा आदेश राखिसकेको तीन वटा शब्द नबोलेसम्म फोन राखिदैन ।

सेकेन्डरी मार्केटको दुईवटा उद्देश्य हो । पहिलो उद्देश्य भनेको कागज बेचेर पैसा कमाउने हो । अर्को मुल्यमा हुने उतार चढावको लाभ लिने हो । अहिले आम सेयर लगानीकर्ताको गुनासो भनेको मुल्य वृद्धिको बेला बेच्न र घटेको बेला किन्न पाइन भन्ने हो । पछिल्लो निर्देशले त्यो गुनासो झन् बढाउँछ ।

यसरी फोनबाट प्राप्त आदेशलाई पनि बैधानिकता दिने नीतिगत ब्यवस्था छ । फोनबाट आदेश दिने लगानीकर्ता पछि हाम्रो कार्यालयमा आउछ । उसको विवरण हामीले टिपोट गरेर राखेका हुन्छौं । ब्यक्ति स्वयम हाम्रो कार्यालयमा उपस्थित भएपछि उसलाई फर्म भराइन्छ, जुन पहिलो तरिकामा हामीले माथि भनेका सबै प्रक्रिया पूरा हुन्छ । कतिपय अवस्थामा हामीले मोवाइलबाट एसएमएसको आधारमा पनि सेयर खरिद बिक्री गर्ने गरेका छौं । यो तरिका पनि बैधानिक नै हो । यसो गर्दा आदेश दिने लगानीकर्ताले आदेश दिएको मिनेटभरमै काम हुन्छ ।

यो दोस्रो तरिका पनि नियमसंगत नै छ । आजको दिनमा बजारमा भएको लगभग ९५ प्रतिशत कारोबार टेलिफोन आदेशको आधारमा भइरहेको छ । कार्यालयमा आएर आदेश दिने भनेको नयाँ ग्राहक मात्र हुन् । यो कुरा धितोपत्र बोर्ड र नेप्से दुवैलाई थाहा छ ।

बिहिबार साँझ धितोपत्र बोर्डको नयाँ निर्देशन आयो । यो निर्देशन हेर्दा अहिले हामी जुन प्रयोग गरिरहेका छौं, बोर्ड सो प्रयोगबाट पछाडि हटे जस्तो देखियो । नयाँ निर्देशनमा ब्रोकरको ब्याकअप लिस्टमा ग्राहकलाई स्थान देउ, ग्राहकलाई अनलाइन आदेश दिने ब्यवस्था गर भनिएको छ । र, त्यस्तो आदेशलाई रेकर्ड गरेर राख र त्यो रेकर्डको आधारमा समयक्रमको आधारमा कारोबार इन्जिमा प्रबिष्ट गर भनिएको छ ।

कुनै कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४५५ हुँदा लगानीकर्ताले किन्न वा बेच्न चाहन्छ । तर बोर्डले अहिले भनेको प्रक्रिया पूरा गर्दा गर्दै त्यो कम्पनीको सेयर मूल्य ४६५ वा ४४५ पनि हुन सक्छ । यस्तो अबस्थामा सेयर किन्न चाहनेले १० रुपैयाँ मूल्य बढ्दा नकिन्न सक्छ र बिक्री गर्नेले १० रुपैयाँ मूल्य घट्दा नबेच्न सक्छ । यो बेलामा हामीले के गर्नु ?

यो निर्देशन पालना गर्न अब हामीले लगानीकर्ताको आदेश जम्मा गर्नका लागि अर्डर सेन्टर स्थापना गर्नु पर्ने देखिन्छ । जहाँ हरेका लगानीकर्ताले इमेल मार्फत आदेश पठाउछन् । त्यहाँ अर्डरहरुको सिरियल नम्बर होला र त्यही प्राथमिकताको आधारमा इन्जिनमा हाल भनेको छ ।

सेकेन्डरी मार्केटको दुईवटा उद्देश्य हो । पहिलो उद्देश्य भनेको कागज बेचेर पैसा कमाउने हो । अर्को मुल्यमा हुने उतार चढावको लाभ लिने हो । अहिले आम सेयर लगानीकर्ताको गुनासो भनेको मुल्य वृद्धिको बेला बेच्न र घटेको बेला किन्न पाइन भन्ने हो । पछिल्लो निर्देशले त्यो गुनासो झन् बढाउँछ ।

किनभने पहिला लगानीकर्ताले इमेल मार्फत आदेश दिनुपर्यो । त्यो आदेश इमेलमा प्राप्त भएपछि हाम्रा कर्मचारीले त्यसलाई कम्प्युटरबाट प्रिन्ट गर्नुपर्यो । त्यसरी प्रिन्ट भइसकेपछि आदेशलाई अनलाइन सिस्टममा प्रविष्ट गर्नुपर्यो । यति काम गरिसक्न केही मिनेट समय लाग्छ नै । यो समयसम्ममा बजारमा निकै उतारचढाब आइसकेको हुन सक्छ । केही मिलिसेकेन्डमा नै बजारमा मूल्य तलमाथि हुन सक्छ ।

जस्तो कुनै कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४५५ हुँदा लगानीकर्ताले किन्न वा बेच्न चाहन्छ । तर बोर्डले अहिले भनेको प्रक्रिया पूरा गर्दा गर्दै त्यो कम्पनीको सेयर मूल्य ४६५ वा ४४५ पनि हुन सक्छ । यस्तो अबस्थामा सेयर किन्न चाहनेले १० रुपैयाँ मूल्य बढ्दा नकिन्न सक्छ र बिक्री गर्नेले १० रुपैयाँ मूल्य घट्दा नबेच्न सक्छ । यो बेलामा हामीले के गर्नु ?

बरु यसलाई व्यवस्थित गर्नका लागि सिधै टेलिफोनको आदेशलाई रेकर्ड गर्ने ब्यवस्था मिलाउन सकिन्थ्यो । कुनै टेलिफोन कम्पनीसँग कुरा गरेर सबै ग्राहकहरुको एउटा आधिकारिक रेकर्ड राख्ने र त्यो रेकर्डबाट काम गर्ने ब्यवस्था मिलाउन सकिन्थ्यो । टेलिफोन आदेशलाई ब्यवस्थित गर्न हामी हटलाइन टेलिफोनको ब्यवस्था गर्न सक्थ्यौं । तर यतातिर ध्यान दिइएन ।

बोर्डको पछिल्लो निर्देशन लगानीकर्तालाई सहयोगी छैन । यो त दुई कदम पछाडी फर्केको निर्देशन हो । किनभने यो ब्यवस्था कार्यान्वयन गरेर लगानीकर्ताले बजारमा मूल्य बढेको वा घटेको बेला लाभ लिन सक्दैन । यो ब्यवस्था त सामान्य लगानीकर्ता जो यति मुल्यमा पाए सेयर किनिदिनु र यति मूल्यमा पुग्यो भने सेयर बेचिदिनुस् भन्ने हुन्छन्, तिनीहरुको लागि मात्रै ठीक हुन्छ । यसले बजारमा राम्रो छाप पार्दैन ।

बोर्डले बिहिबार साँझ दिएको निर्देशन अनलाईन ट्रेडिङको लागि होइन । यो लनलाइन रेकर्ड मात्रै हो । यो अनलाईन रेकर्ड कै कुरा गर्ने हो भने पनि त्यहाँ हस्ताक्षर हुँदैन । डिजिटल सिग्नेचरको कार्यान्वयन अझै भएको छैन । त्यसका लागि कानूनी पाटो अर्कै होला । त्यो इमेल गर्नुभन्दा एसएमएस र फोन गर्नु झन छिटो हुन्छ । यो ल्याउनु अघि लगानीकर्ता र ब्रोकरसँग छलफल गर्नु पथ्र्यो । लगानीकर्ता र बोकरसँग छलफल नगरी एकलौटी ढंगले निर्देशन आउदाँ हामीलाई अचम्म लाग्यो ।
(ब्रोकर एसोसिएसनका पूर्वअध्यक्ष सिजापतिसँग गरिएको कुराकानीमा आधारित)


क्लिकमान्डु