किन आवश्यक छ, अग्नि बीमा ? के के हुन्छन्, फाइदा ?



काठमाडौं । के तपाईँले आफ्नो भौतिक सम्पत्तिको बीमा गर्नु भएको छ ? सायद छैन होला । किनभने हामी नेपालीहरु बीमा गर्दा तिनिरे बीमा शुल्कलाई बोझको रुपमा लिन्छौं । र, पछि आफ्नो सम्पत्तिको नोक्सानी हुँदा टाउकोमा हात राखेर हुन्छौं ।

नियामक बीमा समिति, बीमाको कारोबार गर्दै आएमा बीमा कम्पनीहरुले तपाई-हामीलाई बीमाको बारमा कन्भिन्स गर्न नसकेकाले पनि नेपालमा बीमाको दायरा बढ्न सकेको छैन ।

बीमा समितिका अनुसार हाल निर्जिवन बीमाले ११ प्रतिशत जनतालाई मात्रै सेवा दिइरहेको छ । भूकम्पको समयमा जुन प्रकारको भौतिक क्षति भयो तर त्यसको तुलनामा बीमा दाबी भने अत्यन्त न्युन मात्रै पर्यो । करिब ७ लाख घरहरु भत्किए । तर बीमादाबी जम्मा १६ अर्ब रुपैयाँको मात्र पर्यो ।

आज हामीले यहाँ अग्नि बीमा गर्दा बीमितलाई के के फाइदा हुन्छ भनेर जानकारी दिँदैछौं । आगो भनेको मानिसको साथी पनि हो र शत्रु पनि । हाम्रो दैनिक जीबनमा आगोको प्रयोग अपरिहार्य छ ।

तर, त्यसले कहिलेकाहीँ आगोले हाम्रो जीबन नै बर्बाद पारिदिन्छ । त्यसैले तपाईँले आगोबाट हुनसक्ने जोखिमको बीमा गर्नुभयो भने के यस्ता लाभ लिन सक्नुहुन्छ ।

तपाइँले आफ्नो नजिक रहेका निर्जीबन बीमा कम्पनीमा गएर अग्नि बीमा गराउन सक्नुहुन्छ । नेपालमा १६ वटा निर्जीबन बीमा कम्पनी सञ्चालनमा छन् ।

अग्नि बीमा गर्दा के फाइदा ?

१ अग्नि बीमाले आग्लागी, भूकम्प वा अन्य कारणले भौतिक सम्पतीको नोक्सानी भएमा त्यसको सुरक्षण प्रदान गर्छ।

२. यस बीमालेखको दायरामा भवन, प्लान्ट, मेसीनरी सामान, गोदाममा रहेको सामान, फर्निचर र घरभित्र रहेका अन्य सामानको सुरक्षण गर्छ ।

३. यो बीमालेखले बिजुली सट भएर हुने क्षति, बिष्फोट, प्राकृतिक प्रकोपबाट हुने क्षति, बाढी पहिरोबाट हुने क्षतिजस्ता बिषयहरु समेटेको हुन्छ ।

४. युद्ध वा सैनिक कारबाही, परमाणुबाट हुने क्षति, चोरीजस्ता घटनालाई यो बीमा लेखले कभर गर्दैन ।

५. अग्नि बीमा लेख एक बर्षको लागि जारी गरिन्छ । बीमकले हरेक बर्ष यो बीमा लेखलाई नविकरण गर्न सक्छन् ।


पुष्प दुलाल