नभेटिने समस्यामा अल्झेको बिकास



कक्षा ६ मा पढ्दै थिएँ । २०५१ सालतिरको कुरा हो । त्यो बेला एकचोटी काठमाडौं घुम्न जाने भन्ने भयो । सायद बैशाखको महिना हुनुपर्छ । गाऊको अर्जुन दाइसँग ओखलढुंगाको रानीबनबाट रामेछापको साँघुटार, धोबी, खिम्ती, किर्नेटार, सित्तली हुदै दोलखाको नयाँपूलसम्म पैदल हिड्नु पथ्र्यो । नयाँपूलदेखि काठमाडौं आउने बस पाइन्थ्यो ।

दिउसोको त्यस्तै ५ बजेको हुनुपर्छ, हामी खिम्ती बजार पुग्दा । खिम्ती खोलाको झोलुङ्गे पुल तरेर अगाडिको ढिस्को जस्तोमा पुग्यौं ।

‘भाइ अब हामी काठमाडौं पुग्न पनि सक्छौं, स्वर्ग पुग्न पनि सक्छौं, तँ लडिस् भने म समाउदिन, म लडेँ भने पनि तैले नसमाउनु, लड्दै गर्दा पनि तैंले मलाई वा मैले तँलाई समात्न सक्ने जस्तो भएपनि नसमाउने है,’ त्यो ढिस्कोनेर उभिएका अर्जुन दाइले खिम्ती र तामाकोशीको दोबानतिर हेर्दै भने ।

उनले भनेको कुरा अनौठो लाग्यो । किन यसो भनेँ, त्यो पनि थाहा थिएन । तै पनि मैले हुन्छ भनेँ । अगाडि बढ्यौं ।

त्यहाँ पुगेपछि थाहा भयो । बाटो असाध्यै अप्ठेरो रहेछ । चिप्ले पहरो । कतैकतै चुरचुरेको झाम्टा भेटिने । अरु कुनै बोट बिरुवा थिएन । बाँसको घनु काटेर तेस्र्याइएको थियो । त्यसैमा टेकेर भित्तो समातेर हिड्नु पथ्र्यो । केही गरी चिप्लियो भने सोझै तामाकोशीमा । तल निलो दह थियो । धेरै यात्रुलाई त्यो दहले निलिसकेको रहेछ ।

पछि थाहा भयो । किर्नेको भीरमा लडेर एक जना मरेपनि अर्काेले घरमा खबर पुर्याउन हुन्छ भनेर उनले यसो भनेका रहेछन् । एक जनाले भीर काटिसकेपछि अर्काे आउने गरी त्यहाँ नियम बनाइएको रहेछ । तर हामी सँगै गयौं । अर्जुन दाइले अघि सुनाएको नियम सायद सँगै जानलाई नै थियो होला ।

स्कूल पढ्दा विज्ञान पढाउने सरले तारबाट आवाज हिड्छ भनेर पढाउनु भएको थियो । तर मोबाइलमा तारबिनै मान्छेहरु कुरा गरिरहेका थिए । कसरी सम्भब भएको होला ? म पनि त्यस्तो मोबाइल बोक्न सक्छु होला ? यस्तो प्रश्न मनमा आउथ्यो ।

हामी सित्तलीमा बास बस्यौं । भोलि बिहान १० बजेतिर नयाँपूल आइपुगियो । अनि पहिलोपटक बस चढेर काठमाडौं आइयो ।

अहिलेको सन्दर्भ फरक छ । किर्नेको त्यो चिप्ले पहरोमा ६० को गतिमा बस दौडने डबल लेनको पिच सडक छ । काठमाडौंबाट बिहान बस चढेर दिउसोको खाजा खान घर पुगिन्छ । यो बिकास होइन ? अवश्य हो ।

यति मात्रै होइन । केही बर्ष अगाडिसम्म पनि भक्तपूरको सूर्यविनाकबाट कोटेश्वर आइपुग्न घण्टौं लाग्थ्यो । अहिले ६ लेनको पिच सडक छ । ६० भन्दा कम गतिमा गाडि कुदाउन पाइदैन । यो पनि विकास हो ।

अहिलेको सन्दर्भ फरक छ । दुइटा मोबाइल मै बोक्छु । हामी भिन्नु भएका छैनौं । संयुक्त परिबारमा ११ जना छौं । दाजु विदेशमा । भतिज सानो छ । ऊ पनि मोबाइल बोक्दैन । आजको दिनमा हाम्रो परिवारमा १८ वटा मोबाइल छन् । यी १८ मध्ये १३ वटा मोबाइल गाऊ अर्थात ओखलढुंगामै चलेका छन् । यो बिकास होइन ?

२०७२ बैशाखको भूकम्प पछि हामी काठमाडौंबासी निकै दिन सडकमै बस्यौं । मान्छे बस्न मिल्ने गरी फराकिलो बाटो हामी नेपाली नै बनाएका हौं । यो पनि बिकास हो ।

अर्काे पनि सन्दर्भ छ । २०५९ सालतिरको कुरा हुनुपर्छ । काठमाडौंमा बसेर कलेज पढ्दै थिएँ । नेपाल टेलिकमले मोबाइल सेवाको सुरुआत गरेको थियो । निजी कार भएका धनी जस्ता देखिने कुनै कुनै मान्छे मोबाइलमा कुरा गर्दै गरेको देखिन्थ्यो ।

त्यो देख्दा खुब अनौठो लाग्थ्यो । स्कूल पढ्दा विज्ञान पढाउने सरले तारबाट आवाज हिड्छ भनेर पढाउनु भएको थियो । तर मोबाइलमा तारबिनै मान्छेहरु कुरा गरिरहेका थिए । कसरी सम्भब भएको होला ? म पनि त्यस्तो मोबाइल बोक्न सक्छु होला ? यस्तो प्रश्न मनमा आउथ्यो ।

हाम्रो परिवारको बार्षिक मोबाइल खर्च मलाई थाहा छैन । तर यकिनका साथ भन्न सक्छु कि एक बर्षमा लैनो भैसी, धान फल्ने गैरी खेत, सेयर, सुनचाँदी, घर, घडेरी, खेतबारी जोत्ने गोरु जस्ता स्थीर सम्पत्तिमा बर्षभरी जति थप लगानी गर्छौं त्यो भन्दा बढी लगानी संचारमा हुन्छ ।

सोधखोज गर्दा थाहा भयो । मोबाइल लिन करिब ३० हजार रुपैयाँ त धरौटी नै राख्नु पर्छ । फोन गर्न पनि पैसा लाग्छ, फोन उठाउदा पनि पैसा तिर्नुपर्छ । मोबाइल सेट किन्न १५ हजार रुपैयाँ जति लाग्छ । बसन्तपूरको मरुटोलमा महिनाको ७ सय रुपैयाँ कोठाभाडा तिरेर बसेको मान्छेलाई यो पैसा जुटाउनु सम्भब छदैथिएन ।

तै पनि मनै त हो, कहाँ मान्थ्यो र । मोबाइल जस्तै देखिने चाइनिज रेडियो पाइन्थ्यो । ६ सय रुपैयाँ जतिमा होला । त्यो रेडियो किनें । फोटो स्टूडियोमा गएर रिलवाला क्यामेराले मोबाइल जस्तै गरी त्यही चाइनिज रेडियो बोकेर फोटो खिचाएँ । डिजिटल क्यामेरा थियो/थिएन, याद छैन । फोटो धुलाएर एल्बममा राखियो । अहिलेको जस्तो फेसबुक, टुइटर, इन्टाग्राम जस्ता सोसल साइट थिएनन् । त्यो बेला अहिलेको फेसबुक जस्तै हाइफाइभ थियो । तर म त्यसमा त्यति अभ्यस्त थिइनँ ।

‘तपाइको टाउकामा सेतो रौं देखिएन, मेरो टाउकोमा कालो रौंको संख्या कम छ, यो उमेरमा आएर मलाई ढाँट्नु छैन, मेरो उमेरमा पुगेपछि तपाइले पनि रियलाइज गर्नुहोला, मान्नुस् के बिकास भएकै छैन, हामीभन्दा निकै कमजोर, कम स्रोत साधन भएकाहरुले दुनियामा निकै तरक्की गरिसके, यो बिकास कम हो,’ प्रधानले भनेका थिए ।

अहिलेको सन्दर्भ फरक छ । दुइटा मोबाइल मै बोक्छु । हामी भिन्नु भएका छैनौं । संयुक्त परिबारमा ११ जना छौं । दाजु विदेशमा । भतिज सानो छ । ऊ पनि मोबाइल बोक्दैन । आजको दिनमा हाम्रो परिवारमा १८ वटा मोबाइल छन् । यी १८ मध्ये १३ वटा मोबाइल गाऊ अर्थात ओखलढुंगामै चलेका छन् । यो बिकास होइन ? अवश्य हो ।

हाम्रो परिवारको बार्षिक मोबाइल खर्च मलाई थाहा छैन । तर यकिनका साथ भन्न सक्छु कि एक बर्षमा लैनो भैसी, धान फल्ने गैरी खेत, सेयर, सुनचाँदी, घर, घडेरी, खेतबारी जोत्ने गोरु जस्ता स्थीर सम्पत्तिमा बर्षभरी जति थप लगानी गर्छौं त्यो भन्दा बढी लगानी संचारमा हुन्छ । यो बेग्लै कुरा हो ।

बिकास भनेको के ? के भयो भने बिकास भएको हुने ? हाम्रै लगानीमा हामीले नै बनाएको माथिल्लो तामाकोशी निर्माणको अन्तिम चरणमा छ । मेलम्चीको पानी काठमाडौं आउनै लाग्यो । काठमाडौं तराइ द्रुतमार्ग बनाउन सरकार लागिपरेको छ । अचेल कर्णाली मात्रै सुसाउदैन । त्यसको किनारामा बनेको कर्णाली करिडोरमा बसको आवाज पनि आउछ । निजगढमा दोस्रो अन्तराष्ट्रिय बिमानस्थल बन्दैछ । पोखरामा अन्तराष्ट्रिय बिमानस्थल निर्माण भइरहेको छ । यो बिकास होइन ? अवश्य हो । भएका अन्य कामको बिबरण दिएर यहाँ सकिँदैन ।

मान्छेले समुन्द्रमुनी सहर बसाइ सके, हामी तिनकुनेको सडक चौडा भएकोमा गर्व गरिरहेका छौं । माथिल्लो तामाकोशी यो भन्दा पहिला पनि बन्न सक्थ्यो । मेलम्ची आउने त भयो तर कति समय लाग्यो र थप खर्च कति भयो भन्ने जस्ता तर्क भण्डारीका छन् ।

एक भेटमा उद्यमी ज्ञानेन्द्रलाल प्रधानसँग बिकासका बारेमा छलफल भयो । टेलिफोन र सडकका आफ्ना दुई उदाहरण दिदै बिकास भएकोमा जिकिर गरें । भक्तपूरको सडकदेखि माथिल्लो तामाकोशीसम्मको उदाहरण दिएँ ।

‘तपाइको टाउकामा सेतो रौं देखिएन, मेरो टाउकोमा कालो रौंको संख्या कम छ, यो उमेरमा आएर मलाई ढाँट्नु छैन, मेरो उमेरमा पुगेपछि तपाइले पनि रियलाइज गर्नुहोला, मान्नुस् के बिकास भएकै छैन, हामीभन्दा निकै कमजोर, कम स्रोत साधन भएकाहरुले दुनियामा निकै तरक्की गरिसके, यो बिकास कम हो,’ छलफलको बिट मार्दै प्रधानले भनेका थिए ।

नेपाल राष्ट्र बैंकको अनुसन्धान बिभागका प्रमुख नरबहादुर थापा बिकास भनेको देख्न सकिने, छुन सकिने र छाम्न सकिने हुनुपर्छ भन्छन् ।

महालेखा परीक्षककको कार्यालयमा कार्यरत चार्टर्ड एकाउन्टेन्ट चन्द्रकान्त भण्डारीको बिचार पनि प्रधानसँग नजिकको छ । उनी पनि अहिलेका उपलब्धी वा प्राप्तीलाई कम ठान्छन् । र, यो कसैको योजना वा परिकल्पनामा बनेको नभै स्वभाबिक बिकास हो भन्छन् ।

‘यति समयभित्रमा यो उपलब्धी हासिल गरिसक्छौं भनेर सुरु गरेको र पूरा भएको योजना कुनै छ ? अहिले हामीले जति बिकास पाएका छौं यो कि त स्वभाबिक बिकास हो, कि त कसैको लहड, सनक वा आवेगमा बनेको हो, र दुनियाको बिकासगतिले हामीलाई जबरजस्ती तानेर ल्याएको परिणाम हो’ भण्डारीले बिकास बारेको एक छलफलमा भनेका थिए ।

मान्छेले समुन्द्रमुनी सहर बसाइ सके, हामी तिनकुनेको सडक चौडा भएकोमा गर्व गरिरहेका छौं । माथिल्लो तामाकोशी यो भन्दा पहिला पनि बन्न सक्थ्यो । मेलम्ची आउने त भयो तर कति समय लाग्यो र थप खर्च कति भयो भन्ने जस्ता तर्क भण्डारीका छन् ।

डा. सुबेदीले करिब ४५ मिनेट प्रस्तुति गरे । बिकास बजेट जसरी भएपनि खर्च गरौं, खर्च बढाऔं । उनको प्रस्तुति र अभिब्यक्तिको निचोढ यही थियो ।

नेपाल राष्ट्र बैंकको अनुसन्धान बिभागका प्रमुख नरबहादुर थापा बिकास भनेको देख्न सकिने, छुन सकिने र छाम्न सकिने हुनुपर्छ भन्छन् । पोखरा र निजगढमा अन्तराष्ट्रिय उडानको जहाज बसेको, धाराबाट मेलम्चीको पानी झरेको, माथिल्लो तामाकोशी आयोजनाको बत्ती बलेको देख्न, छुन वा छाम्न सकिएला नै ।

अर्को एउटा प्रसंग पनि जोडौं । माघ १७ गते अपरान्ह मोबाइलमा फोन आयो । अर्थमन्त्रालयबाट आएको फोन रैछ । ‘भोलि ११ बजेदेखि बजेटको मध्यावधी समीक्षा सुरु हुन्छ, सरलाई खबर गरु भनेर फोन गरेको,’ फोन गर्ने ब्यक्तिले भने ।

कताकता अनौठो लागिरहेको थियो । र, उत्सुकता पनि । बजेटको मध्यावधी समीक्षा भनेको पुस मसान्तसम्मको समीक्षा हो । पुस मसान्तसम्मको सम्पूर्ण तथ्यांक प्राप्त भएपछि गरिने समीक्षा माघको १८ गते नै हुने भनिएपछि अनौठो लाग्नु वा उत्सुकता जाग्नु स्वभाविक नै थियो ।

बिकास बजेट खर्चको अवस्था बारेमा गरिएको त्यो छलफलपछि तत्कालिन शिक्षामन्त्री राधाकृष्ण मैनालीले भने झै यो देश पशुपतिनाथले नै चलाएको रहेछ भन्ने निष्कर्षमा पुग्न दबाब परिरहेको छ ।

११ बजेर ४ मिनेट जाँदा अर्थमन्त्रालयको सुबर्ण हलमा पुगें । हल खचाखच थियो । धन्न एउटा कुर्सी खाली रैछ । त्यसैमा बसें । त्यसको करिब ७ मिनेटपछि अर्थमन्त्री कृष्णबहादुर महरा हलमा आए । सहसचिब रामशरण पुडासैनीले कार्यक्रम सुरु गरे । बजेटको मध्यवधी समीक्षा होइन रहेछ । बिकास बजेट खर्च कम भएको बारेमा बिकासे मन्त्रालयसँगको छलफल रहेछ । छलफलमा कुल बिकास बजेटको करिब ९० प्रतिशत बजेट भएका १६ मन्त्रालयका सचिब बोलाइएको रहेछ । मलाई खबर गर्नेले अर्कै कुरा बुझेका रहेछन् ।

केही समय पुडासैनीले बोलपछि अर्थसचिब डा. शान्तराज सुबेदीलाई बोल्न दिए । डा. सुबेदीले करिब ४५ मिनेट प्रस्तुति गरे । उनले बिकासे मन्त्रालयको बिकास बजेट खर्चको तथ्यांक प्रस्तुत गरे । यस्तै भएको बिकास बजेट खर्च नगर्ने र थप बजेट माग्नेहरुको तथ्यांक पनि दिए । बिकास बजेट जसरी भएपनि खर्च गरौं, खर्च बढाऔं । उनको प्रस्तुति र अभिब्यक्तिको निचोढ यही थियो ।

कुनै पनि मन्त्रालयका सचिबले यो कारणले बिकास बजेट खर्च भएन वा यसो गरिए खर्च बढ्छ भनेर यकिनसाथ भनेनन् । ‘हुँदैछ, भैराछ, हुन्छ’ भन्ने जवाफ मात्र आयो । अर्थसचिब जे खोजिरहेका थिए, बिकासे मन्त्रालयका सचिब त्यो कुरा भनिरहेका थिएनन् ।

आफ्नो प्रस्तुति सक्ने वित्तिकै अर्थसचिबले बिकासे मन्त्रालयका सचिबहरुलाई पालैपालो बोल्न समय दिए । ‘बिकास बजेट किन खर्च भएन, अर्थमन्त्रालय वा योजना आयोगले के गरिदियो भने तपाइहरु खर्च बढाउन सक्नुहुन्छ, यो कुरा राख्नुस्,’ उनले सबै सचिबहरुलाई यही कुरा भने ।

यसपछिको परिदृश्य अनौठो थियो । बोलाइएकामध्ये भौतिक पूर्बाधार तथा यातायात र युवा तथा खेलकुद बाहेकका १४ मन्त्रालयका सचिब वा निमित्त सचिब छलफलमा सहभागी थिए । कुनै पनि मन्त्रालयका सचिबले यो कारणले बिकास बजेट खर्च भएन वा यसो गरिए खर्च बढ्छ भनेर यकिनसाथ भनेनन् । ‘हुँदैछ, भैराछ, हुन्छ’ भन्ने जवाफ मात्र आयो । अर्थसचिब जे खोजिरहेका थिए, बिकासे मन्त्रालयका सचिब त्यो कुरा भनिरहेका थिएनन् ।

कर्मचारी संयन्त्रमा ‘चेन अफ कमान्ड’ भन्ने नै देखिएन । चेन चुडिएपछि कमान्ड हुने कुरै भएन ।

बिकास बजेट खर्चको अवस्था बारेमा गरिएको त्यो छलफलपछि तत्कालिन शिक्षामन्त्री राधाकृष्ण मैनालीले भने झै यो देश पशुपतिनाथले नै चलाएको रहेछ भन्ने निष्कर्षमा पुग्न दबाब परिरहेको छ । बिकासप्रति कोही जिम्मेबार छैनन्, कसैलाई चिन्ता नै छैन, कसैले गम्भीरतापूर्वक लिएकै छैनन्, समस्या के हो भन्ने कसैलाई थाहा नै छैन । छलफलबाट बाहिरिदै गर्दा दिमागमा परेको छाप नै यही हो ।

यसमा खास केही कारण देखियो । पहिलो कुरा त कर्मचारी संयन्त्रमा ‘चेन अफ कमान्ड’ भन्ने नै देखिएन । चेन चुडिएपछि कमान्ड हुने कुरै भएन । सचिबले दिएको कार्यसम्पादन मूल्यांकन नम्बरले मात्रै कुनै सहसचिब सचिबमा बढुवा हुने भएन । कुनै नेता वा मन्त्रीको आशिर्बाद अनिवार्य नै भयो । जसले बढुवा गरिदिएको हो, त्यहीप्रति जिम्मेबार र जवाफदेही बन्दा हुने भयो । यसले दायित्व वा जिम्मेबारीबोधलाई स्खलित पारिदियो ।

बिकासका कुरा गर्नेहरु पनि सान्दर्भिक जस्ता देखिएनन् । बीर अस्पतालमा भर्ना भएको बिरामीलाई दिने पानी तताउन ५ केजी दाउरा दिन नसकिरहेको बेलामा प्रधानमन्त्रीले घरघरमा पाइपबाट ग्यास पुर्याउछु भनेर लोक हसाए ।

दोस्रो कुरा कर्मचारी संयन्त्र थकित र गलित जस्तो देखियो । कार्यालयको काम पनि गर्नुपर्ने र अतिरिक्त समय, श्रम र दिमाग लगाएर चेक अफ कमान्डभन्दा बाहिरको ब्यक्तिलाई आल्हादित पार्नुपर्ने भएपछि कर्मचारीमा थकान बढी भएको हुनुपर्छ ।

तेस्रो कुरा बिकासप्रति कसैको चासो नै भएन । अर्थमन्त्रालयले भर्खरै आयोजना गरेको छलफलको निचोढ पनि बिकास बजेट खर्च गर्नेमा मात्रै केन्द्रीत थियो । त्यो छलफलमा खर्च बढाउने कुरा मात्र आयो । गुणस्तर र दीर्घकालिन प्रभाबको विषयमा कसैले एक शब्द पनि बोलेन । महिना तोकिएर बन्ने सरकारको दिमागमा आफ्नो कार्यकाल लम्ब्याउने बाहेकको कुरा नै पसेन ।

बिकासका कुरा गर्नेहरु पनि सान्दर्भिक जस्ता देखिएनन् । बीर अस्पतालमा भर्ना भएको बिरामीलाई दिने पानी तताउन ५ केजी दाउरा दिन नसकिरहेको बेलामा प्रधानमन्त्रीले घरघरमा पाइपबाट ग्यास पुर्याउछु भनेर लोक हसाए ।

वडास्तरमा छनोट गरिएका आयोजनाको स्वामित्व लिने ब्यक्ति वा संयन्त्र भएन । सम्बन्धित स्थानीय निकायलाई एकमुष्ठ बजेट दिने र आयोजना छनोटको अधिकार उसैलाई दिने परिपाटी लागू गर्न सके अहिलेको समस्या केही हदसम्म कम हुन सक्छ ।

चौथो कुरा स्थीरतासँग सम्बन्धित देखियो । चालु आर्थिक बर्षको बजेट बनाउने बेलामा बिष्णु पौडेल अर्थमन्त्री थिए । लोकदर्शन रेग्मी अर्थसचिब थिए । बजेट कार्यान्वयन गर्ने बेलामा कृष्णबहादुर महरा अर्थमन्त्री छन् । शान्तराज सुबेदी अर्थसचिब छन् । त्यो बेलाको बजेट महाशाखा प्रमुख अहिले अन्यत्र पुगेका छन् । यो बजेटको स्वामित्व कसले लिने ? बजेट ल्याउने सरकारका प्रधानमन्त्री केपी ओली हुन् । कार्यान्वयन गर्ने सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल हुन् । बजेटका कार्यक्रम र नीतिको स्वामित्व लिने मान्छे भएन । एमालेले ल्याएको कार्यक्रम सफल बनाउदा माओबादीलाई के फाइदा हुन्छ भन्ने राजनीतिक जोड घटाउ बढी भयो ।

पाँचौं कुरा योजना तर्जुमामा पनि खोट देखियो । सरकारले चालु आर्थिक बर्षको लागि ३ खर्ब १२ अर्ब रुपैयाँ बिकास बजेट छुट्टयाएको छ । पुस मसान्तसम्ममा नै बजेटमा नपरेका कार्यक्रमको लागि २ खर्ब १५ अर्ब रुपैयाँ थप बिकास बजेट मागियो ।

निजगढ र पोखरामा अन्तराष्ट्रिय उडानका जहाजको आवतजावत हुन्छ नै । मेलम्चीको पानी काठमाडौंका धारमा झर्छ । माथिल्लो तामाकोशीको बिजुली बल्छ । बिकास भएको छ, तर कम छ ।

योजना तर्जुमाको प्रक्रिया वडास्तरबाट सुरु भएर सम्बन्धित मन्त्रालय हुँदै योजना आयोगमा पुग्छ । बजेट बिनियोजन हुँदा अर्थमन्त्रालयबाट सम्बन्धित मन्त्रालय हुँदै वडास्तरसम्मका आयोजनामा पुग्छ । स्थानीय निकाय खाली छ । जुन पार्टीको अर्थमन्त्री भयो, त्यही पार्टीका स्थानीय कार्यकर्ता हाबी भएर योजना केन्द्रमा पठाउछन् । अर्थमन्त्री परिवर्तन हुने वित्तीकै वडास्तरसम्मका आयोजना प्रभावित हुन्छन् । वडास्तरमा छनोट गरिएका आयोजनाको स्वामित्व लिने ब्यक्ति वा संयन्त्र भएन । सम्बन्धित स्थानीय निकायलाई एकमुष्ठ बजेट दिने र आयोजना छनोटको अधिकार उसैलाई दिने परिपाटी लागू गर्न सके अहिलेको समस्या केही हदसम्म कम हुन सक्छ ।

यसको निष्कर्ष के हो भने हामी जुन गतिमा बिकास गर्न सक्थ्यौं त्यो गति लिन सकेनौं । बिग्रेको राजनीति नै हो । बिगारेको राजनीतिले नै हो । सिंहदबारको बिकृति बिकेन्द्रीत भएर वडास्तरसम्म पुगेको छ । अब सप्रनु पर्ने राजनीति नै हो । र, सपार्ने राजनीतिले नै हो ।

यसो भन्दै गर्दा पनि सूर्यबिनायकदेखि तिकुनेसम्मको सडक फराकिलो भएकै हो । काठमाडौंका सडक चौडा भएकै हुन् । गाउगाउसम्म जाने सडक बनेकै हुन् । संचार क्षेत्रमा क्रान्ति भएकै हो । काठमाडौं तराइ द्रुत मार्गमा गाडी दौडने नै छन् । निजगढ र पोखरामा अन्तराष्ट्रिय उडानका जहाजको आवतजावत हुन्छ नै । मेलम्चीको पानी काठमाडौंका धारामा झर्छ । माथिल्लो तामाकोशीको बिजुली बल्छ । बिकास भएको छ, तर कम छ । यसको गति बढाउन तगारो बनेको राजनीतिक कारण कम गर्नुपर्छ ।


क्लिकमान्डु