राष्ट्रपतिज्यू ! मदन भण्डारीको नाममा राज्यकोष यसरी लुटिएको तपाइलाई जानकारी छ ?



काठमाडौं । २०४६ साल चैत २६ गते प्रजातन्त्र पुनस्थापना भयो । त्यसपछि नेपाली काँग्रेस र तत्कालिन बाममोर्चाको संयुक्त सरकार बन्यो । त्यो अन्तरिम सरकारको नेतृत्व नेपालीका काँग्रेसका तत्कालिन पार्टी सभापति कृष्णप्रसाद भट्टराई (किसुनजी) ले गरे ।

प्रजातन्त्र पुनस्थापनामा महत्वपूर्ण भूमिका खेलेको र तत्कालिन सरकारको एक प्रमुख घटक नेकपा माले पनि थियो ।

अन्तरिम सरकारमा मालेबाट पनि मन्त्री बने । तर मालेका तत्कालिन महासचिब तथा उदायमान नेता मदन भण्डारीलाई ब्यक्तिगतरुपमा सरकारबाट कुनै लाभ चाहिएन ।

किसुनजी नेतृत्वको अन्तरिम सरकारले २०४७ कात्तिकमा संविधान जारी गर्यो । संविधानको ब्यवस्थाले जनतालाई अधिकार सम्पन्न बनाएन भन्दै मदन भण्डारी नेतृत्वको नेकपा मालेले ‘नोट अफ डिसेन्ट’ नै लेख्यो । तर पनि मालेले प्रतिस्पर्धात्मक बहुदलीय ब्यवस्था स्वीकार गर्यो । र, नेकपा माक्र्सबादीसँग एकिकरण गरेर नेकपा एमाले बन्यो ।

यसरी रकम पाउनेमध्येमा एकमुष्ठ रुपमा मोटो रकम पाउने संस्था मदन भण्डारी फाउन्डेसन, गौशाला, काठमाडौं हो । यसले चालु आर्थिक बर्षमा नै २ करोड ४५ लाख रुपैयाँ संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट पूँजीगत अनुदान लगेको छ ।

कम्युनिष्टहरु एक ठाउमा भएर संयुक्त आवाज उठाउन नसक्दासम्म भूमिहिन, सर्बहारा, किसान, मजदुर जस्ता बर्गको अधिकार संरक्षण गर्न सकिदैन भन्ने मान्यताले मदन भण्डारी नै यो एकिकरणको पहलमा लागेका थिए ।

२०४८ बैशाखमा आम निर्वाचन भयो । त्यो निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ र ५ बाट मदन भण्डारी उम्मेदबार बने । क्षेत्र नम्बर १ मा प्रधानमन्त्री तथा नेपाली काँग्रेसका पार्टी सभापति किसुनजी नै चुनाब लडेका थिए । भण्डारीले किसुनजीलाई समेत पराजित गरेर दुबै क्षेत्रबाट निर्वाचन जिते ।

यो निर्वाचन पछि मात्रै मदन भण्डारीले राज्यबाट आर्थिक लाभ (सांसदको रुपमा पाउने तलब भत्ता) पाउन थाले । तर २०५० जेठ ३ गते दासढुंगा काण्ड भयो । उनीसहित पार्टी संगठन विभाग प्रमुख जिबराज आश्रितको मृत्यू भयो । अर्थात मदन भण्डारीले राज्यकोषबाट करिब २ बर्ष मात्रै सांसदको रुपमा पाउने तलब भत्ता जस्ता सुविधा बाहेक कुनै लाभ लिएनन् ।

यसरी आफ्ना नाममा राज्यकोषको ब्रम्हलुट भएको देख्दा मदन जस्ता स्वच्छ छविका नेताको आत्माले शान्ति पाउला र ?

लाजमर्दाे विषय के छ भने मदन भण्डारीको मृत्यूपछि उनको नाममा राज्यकोषबाट ठूलो रकम दुरुपयोग भएको छ । गरिब निमुखा जनतालाई राजनीतिक, आर्थिक र सास्कृतिक अधिकार सम्पन्न बनाएर सम्मृद्धिको बाटोमा लाने राजनीति गरेका भण्डारीको नाममा अहिले एक बर्षमा नै ४ करोड भन्दा बढी रकम राज्यकोषबाट बाड्न थालिएको छ । राज्यकोषको रकम बाड्नु भनेको तिनै गरिब र निमुखा जनताले तिरेको कर बाड्नु हो ।

संस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्रालयले चालु आर्थिक बर्ष मात्रै मदन भण्डारीका नाममा खुलेका प्रतिस्ठानहरुलाई ३ करोड ७१ लाख रुपैयाँ दिएको छ । मदन भण्डारीका नाममा प्रतिष्ठान खोलेर राज्यबाट पैसा लाने प्रतिष्ठान १६ वटा भेटिए ।

यसरी रकम पाउनेमध्येमा एकमुष्ठ रुपमा मोटो रकम पाउने संस्था मदन भण्डारी फाउन्डेसन, गौशाला, काठमाडौं हो । यसले चालु आर्थिक बर्षमा नै २ करोड ४५ लाख रुपैयाँ संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट पूँजीगत अनुदान लगेको छ ।

अर्काे संस्था मदन भण्डारी अध्ययन केन्द्र, काठमाडौं छ । यसले ३ लाख रुपैयाँ लगेको छ ।

मदन भण्डारीसँग नाम जोडिएको अर्काे संस्था पनि काठमाडौंमा छ । मदन आश्रित प्रतिष्ठान नाम गरेको संस्थाले पर्यटन मन्त्रालयबाट २५ लाख रुपैयाँ प्राप्त गरिसकेको छ ।

रामेछापको मन्थलीमा मदन आश्रित पार्क छ । त्यसले पर्यटन मन्त्रालयमा आएर ५ लाख रुपैयाँ लगेको छ ।

सिन्धुपाल्चोकमा मदन भण्डारी स्मृति फाउन्डेसन छ । सो प्रतिष्ठानलाई पर्यटन मन्त्रालयले ५ लाख रुपैयाँ दिएको छ ।

धादिङमा भने मदन भण्डारी फाउन्डेसनको नाममा संस्था छ । सो संस्थाले मन्त्रालयबाट ५ लाख रुपैयाँ लगेको छ ।

नुवाकोटमा पनि मदन भण्डारी फाउन्डेसन नै छ । सो संस्थाले पनि ५ लाख रुपैयाँ नै पाएको छ ।

नुवाकोटमा अर्काे पनि संस्था छ । मदन आश्रित प्रतिष्ठान नुवाकोटले राज्यकोषबाट ५ लाख रुपैयाँ लगेको छ ।

बिकास निर्माणका काम दुर्गम जिल्लाहरुमा नपुगेपनि मदन भण्डारीको नाम जोडिएका संस्था पुगेका छन् । मन्त्रालयले दिएको विवरण हेर्दा मदन भण्डारीको नाम जोडिएको संस्था पुगेको ठाउमा राज्यकोषको अनुदान नपुग्ने कुरै भएन । भोजपूरमा मदन भण्डारी स्मृति प्रतिष्ठान छ । सो प्रतिष्ठानले मन्त्रालयबाट ५ लाख रुपैयाँ अनुदान लिएर गएको छ ।

उर्लाबारी मोरङमा मदन भण्डारी स्मृति प्रतिष्ठान छ । सो प्रतिष्ठानले यो बर्ष मात्रै राज्यकोषबाट ३५ लाख रुपैयाँ अनुदान लिएर गएको छ ।

सिराहाको विष्णुपूरा भन्ने ठाउमा मदन भण्डारी स्मृति प्रतिष्ठान छ । त्यसले पनि पर्यटन मन्त्रालयबाट १० लाख रुपैयाँ अनुदान पाएको छ ।

रुपन्देहीको देबदहमा देबदह मदन आश्रित स्मृति प्रतिष्ठान छ । सो प्रतिष्ठालाई पर्यटन मन्त्रालयले ५ लाख रुपैयाँ अनुदान दिएको छ ।

पाल्पाको रामपूरमा मदन आश्रित स्मृति प्रतिष्ठान छ । यो प्रतिष्ठानले पर्यटन मन्त्रालयबाट मात्रै ५ लाख रुपैयाँ अनुदान पाएको छ ।

स्याङ्जामा मदन आश्रित स्मृति प्रतिष्ठान छ । सो प्रतिष्ठानलाई पर्यटन मन्त्रालयले ३ लाख रुपैयाँ अनुदान दिएको छ ।

मदन आश्रित स्मृति प्रतिष्ठान दैलेखमा पनि छ । यो प्रतिष्ठानलाई मन्त्रालयले ५ लाख रुपैयाँ अनुदान दिएको छ ।

काभ्रेमा मदन भण्डारी फाउन्डेसन छ । यो फाउन्डेसनले गत बर्ष मात्रै पर्यटन मन्त्रालयबाट ५ लाख रुपैयाँ अनुदान लगेको छ ।

अहिले नेपालको राष्ट्रपति विद्यादेबी भण्डारी छन् । उनी मदन भण्डारीकी श्रीमती हुन् । आफ्नै पति मदन भण्डारीको नाममा यति धेरै संस्थाहरु खुलेका र त्यसलाई राज्यकोषबाट बार्षिक करोडौं रकम बाढ्ने गरिएको कुरा राष्ट्रपति विद्यादेबी भण्डारीलाई थाहा होला कि नहोला ? यसरी आफ्ना नाममा राज्यकोषको ब्रम्हलुट भएको देख्दा मदन जस्ता स्वच्छ छविका नेताको आत्माले शान्ति पाउला र !


क्लिकमान्डु