बिजुलीको बल्ब कस्तो बाल्नु हुन्छ? दिमागलाई पार्छ यस्तो असर



light

उज्यालोलाई सकारात्मक विम्बको रूपमा लिइन्छ । तर सबैखाले उज्यालोले मानव स्वास्थ्यमा राम्रो मात्र प्रभाव पार्दैनन् । नियमित प्रयोगमा आउने बिजुलीका बल्बले मानव मस्तिष्कलाई सिधै प्रभाव पारेर विभिन्न रोगको सिकार पनि बनाउन सक्दछन् ।

अहिलेसम्म आम बुझाइमा स्वस्थ आहार दैनिक रुपमा गरिने कसरत तथा व्यायाम र आरामलाई सरिर स्वस्थ रहन आवस्यक न्यूनतम चिज मानिन्थ्यो । तर पछिल्लो अध्ययनले यसको दायरा फराकिलो बनाईदिएको छ । अव स्वस्थ रहन आवस्यक सामग्रीमा उज्यालोको विकल्पमा प्रयोग गरिने दैनिक सामाग्रीहरु पनि थपिएका छन् ।

थोमस जोफर्सन युनिभर्सिटी र अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले गरेको एक अध्ययनले जथाभाबी बिजुलीको बल्ब प्रयोग हुँदा मोटोपना, निद्रा सम्बन्धी,  मानसिक समस्या, हर्मोनमा गडबडी  जस्ता समस्या आउने निष्कर्ष निकालेको थियो । अनुसन्धान अनुसार उज्यालोले प्रत्यक्ष रूपमा मष्तिष्क र आँखाको सम्बन्धलाई प्रभावित गर्दछ ।

जथाभाबी बिजुलीको बल्ब प्रयोग हुँदा मोटोपना, निद्रा सम्बन्धी, मानसिक समस्या, हर्मोनमा गडबडी  जस्ता समस्या आउने निष्कर्ष निकालेको थियो । अनुसन्धान अनुसार उज्यालोले प्रत्यक्ष रूपमा मष्तिष्क र आँखाको सम्बन्धलाई प्रभावित गर्दछ ।

कस्तो बल्ब छनोट गर्ने त ?

बजारमा मूल्य, टिकाउ, उज्यालो, रिसाईकल पश्चात पुन प्रयोग गर्न मिल्ने, कम विद्युत खपत गर्ने आदि विभिन्न विशेषता भएका बल्बहरू उत्पादक पिच्छेका छन् ।

बिजुलीका बल्ब खरिद गर्दा त्यसमा भएका प्राबिधिक विवरणको जानकारी प्रायजसो कसैले लिदैनन् । बल्बहरुको प्याकिंङ्गमा हुने कलर रेंडरिंङ्ग इन्डेक्स (सिआरआइ) जसले बल्बले दिने उज्यालोको वास्तविक बस्तुको रङ दिनको प्रकाशको तुलनामा देखाउन सक्ने सामर्थ्य जनाउँछ ।

‘कलर रेंडरिंङ्ग इन्डेक्स’ जति धेरै हुन्छ त्यति नै वास्तविक बस्तुको रङ यसले देखाउन सक्छ । यसमा शत प्रतिशत सिआरआइले शत प्रतिशत वास्तविक रङ र घट्दो सिआरआइले घट्दो वास्तविक रंग देखाउछ ।

अर्को भनेको ‘कलर टेम्प्रेचर’ अर्थात् रङको तापक्रम जसले बल्बले दिने प्रकाशको रङ बुझाउछ । यसलाई केल्भिनमा मापन गरिन्छ ।  हामीले दैनिक रुपमा प्रयोग गर्ने फिलामेन्ट बल्बमा २७०० केल्भिन सम्मको बल्ब पहेंलो प्रकारको हुन्छ र यो ५००० केल्भिनमा पुगेमा आफै ब्लू लाइट बन्छ  । यसले हाम्रो शरीरको किकार्डीएन रिदममा असर गर्छ । किकार्डीएन रिदमले दिउँसोको समयमा सक्रिय रहन सघाउँछ र रातको समयमा निन्द्रा जगाउन सहयोग गर्छ । यसले शरीरमा उत्पादन गर्ने धेरै हार्मनहरुमध्ये मेलाटोनिन हर्मन पनि एक हो जसले रातको समयमा निन्द्रा लगाउँछ ।  अनावश्यक चर्को उज्यालोले मेलाटोनिनको उत्पादन हुन दिदैन र निन्द्रामा अनियमितता सिर्जना गर्छ ।

कुन रोज्ने पहेलो कि नीलो ?

अहिले बजारमा उत्पादकहरुले चम्किला र सेतो उज्यालो दिने बल्बहरु निर्माण गरेका छन् । यिनिहरुले  चर्को नीलो उज्यालो निकाल्छन् । यस्ता बत्ति प्राय कार्यालयहरूमा राखिएका हुन्छन् ता कि काम का दौरान कर्मचारी ननिदाउन ।

साधारणतया कार्यालयमा उज्यालो बत्तीको जडान गरेपनि घरको सुत्ने कोठामा कम स्पेकट्रम रहेका रातो बत्तिहरु राख्न उपयुक्त हुने प्रकाश अन्वेषक रिचार्ड क्यारोल बताउँछन् ।

उनको सुझावमा अहिलेका कम बिजुली खपत गर्ने लिड बल्ब र फ्लोरिसेन्ट लाइटको प्रयोगमा झन् असर गर्ने उनको ठम्याई छ । लिड र फ्लोरेसेन्ट लाइटको मेकानिजम परिबर्तन गर्न नसकेपनि त्यसको भित्र पट्टि गरिने कोटिंगले यसले गर्ने असर कम गर्न सकिने क्यारोलले उल्लेख गरेका छन् ।

यसको असर बाट कसरी बच्ने ?

  • रातको समयमा मधुरो रातो बत्ति बाल्ने, रातो बत्तिले हाम्रो किकार्डीएन रिदमलाइ अन्य उज्यालोभन्दा कम असर गर्छ ।
  • सुत्नुभन्दा करिब २ वा ३ घण्टा अगावै चम्किला प्रकाशका स्रोतभन्दा टाढा रहनु ।
  • रातीको समयमा काम गर्नेले आँखामा पोलराइज्ड चस्माको प्रयोग गर्ने । मोबाइल अथवा कम्प्युटर स्क्रिनबाट आउने प्रकाशबाट बच्न ब्लु लाइट छेक्ने प्रकारका एप्सको प्रयोग गर्ने । मोबाइलमा रिडमोड र डेस्कटपमा एफ.लक्स एप्सको प्रयोग गर्ने ।
  • दिउँसोको समयमा पर्याप्त उज्यालोमा बस्ने जसले गर्दा रातको समयमा निदाउन सहयोग हुन्छ ।


क्लिकमान्डु