भारतमा सबैभन्दा ठूलो विदेशी लगानी साउदीबाट, यस्तो छ तेलको व्यापार रणनीति



काठमाडौं । गत १४ अगस्टमा पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पाकिस्तान प्रशासित कश्मीरको मुजफ्फराबादको एक सम्मेलनमा सम्बोधन गर्दै भने, ‘कश्मीरको समस्यामा विश्वभरीका सवा अर्ब मुसलमान एकजुट छन्, तर शासक भने मौन छन् ।’

कश्मीरमा इमरान खान मुस्लिम देशसँग एकजुट हुन अपिल गरिरहेका छन् । तर यसैबीच भारतीय बिजनेश म्यान मुकेश अम्बानीले भने मुस्लिम देश साउदी अरेबियाको तेल कम्पनी अरामकोबाट अहिलेसम्मकै सबैभन्दा बढी लगानी भित्र्याउन सफल भएका छन् ।

यो साउदी सरकारको कम्पनी हो जसलाई त्यहाँका राजा सलमानले नियन्त्रण गर्दछन् । यो घोषणा इमरान खानको इच्छा विपरीत भएको देखिन्छ ।

एक समय थियो जतिबेला तेल हतियारको रुपमा प्रयोग हुन्थ्यो । सन् १९७३ मा साउदी अरेबियाले इजरायलको समर्थन गर्ने देशमा तेल आपूर्ती बन्द गरिदिएको थियो । जसलाई लिएर अमेरिका असन्तुष्ट बनेको थियो ।

त्यसपछि अमेरिकाले साउदीसँग तेलको विषयमा यस्तो निर्णय गरेको छैन । र, तेललाई यसरी प्रयोग पनि गरेको छैन ।

यो वर्ष फेब्रुअरी १९ तारिखमा साउदी अरबका क्राउन प्रिन्स मोहम्मद बिन सलमान जब पहिलो पटक आधिकारिक भ्रमणमा भारतमा आउँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी एयरपोर्टमा स्वागतका लागि गएका थिए । विमानको सिँढीबाट ओर्लंदै गर्दा मोदीले प्रिन्सलाई अंकमाल गरेका थिए ।

फाइनान्सियल टाइम्सको रिपोर्ट अनुसार क्राउन प्रिन्स सलमानसँग दुई दिने भ्रमणमा मुकेश अम्बानीले पनि भेट गरेका थिए । यसै भेटमा साउदी अरबको तेल कम्पनी अराम र मुकेश अम्बानीको कम्पनी आरआईएल आइल टु केमिकलबीच सम्झौता बलियो भएको थियो ।

भारतमा अहिलेसम्म कै ठूलो विदेशी लगानी

संयुक्त राष्ट्रको ट्रेड रिपोर्ट अनुसार पछिल्ला वर्ष भारतमा कुल प्रत्यक्ष विदेशी लगानी अर्थात एफडीआई ४२ अर्ब डलर भित्रिएको थियो । सन् २०१७ मा यो रकम ४० अर्ब डलर थियो ।

पछिल्लो साता १२ अगस्टको एसियाका सबैभन्दा धनी व्यक्ति तथा रिलायन्स इन्डिस्ट्रीका अध्यक्ष अम्बानीले आफ्ना सेयर होल्डरसँगको वार्षिक बैठकमा घोषणा गर्दै साउदी अरबको तेल कम्पनी अरामकोले आरआईएइल आयल टु केमिकलको २० प्रतिशत सेयर खरिद गर्ने बताएका थिए । जसले भारतमा इतिहासकै सबैभन्दा बढी विदेशी लगानी बताइएको थियो ।

आरआइइल आयल टु केमिकल ७५ अर्ब डलरको कम्पनी हो । यसको २० प्रतिशत आरामकोले खरिद गर्ने गइरहेको छ । अर्थात १५ अर्ब डलर लगानी हुनेछ ।

सन् २०१८ मा कुल ४२ अर्ब डलरको लगानी र सन् २०१९ मा एउटा मात्रै कम्पनीले १५ अर्ब डलर लगानी आएको हो । यसको एक ठूलो उपलब्धीका रुपमा हेरिएको छ । यसभन्दा पहिले एस्सारको तेल तथा ग्यास कम्पनीमा रुसको रासनेफ्ट कम्पनीले १२ अर्ब डलर लगानी गरेको थियो ।

किन गर्यो साउदीले यति ठूलो लगानी ?

मुकेश अम्बानीको रिलायन्स तथा आरामको सम्झौता विश्वको सबैभन्दा ठूलो तेल उत्पादक देश साउदी अरब र सबैभन्दा ठूलो उर्जा उपभोक्ता भएको देशमध्येको एक भारतका बीच भएको यो सम्झौतालाई महत्वपूर्ण मानिएको छ ।

अरामको विश्वको सबैभन्दा धेरे नाफा कमाउने कम्पनी हो । गत वर्ष आरामकोले १११.१ अर्ब डलरको आम्दानी गरेको थियो । यो कुनै पनि एक कम्पनीले आम्दानी गरेको रकममध्ये ठूलो रकम हो । यसभन्दा पहिले यो उपलब्धी एप्पलको आइफोनले गरेको थियो । एप्पलले सन् २०१८ मा ५९.५ अर्ब डलर मुनाफा गरेको थियो ।

यसका साथै अन्य तेल कम्पनी रोयल डच सेल तथा एक्सोन मोबाइल यस दौडमा निकै पछाडि छन् । अर्कोेतर्फ मुकेश अम्बानी एसियाका सबैभन्दा धनी व्यक्ति हुन् भने भारतमा उनको कैयन क्षेत्रमा कारोबार फैलिएको छ । त्यसैले यी दुई कम्पनीको गठबन्धनलाई महत्वपूर्ण मानिएको छ ।

आखिर साउदी अरबले भारतमा यति ठूलो लगानी किन गर्यो ? के यो लगानी कसैको हकमा धेरै हो त ? यस्ता प्रश्नको उत्तरमा तेल इन्डस्ट्रिको अर्थव्यवस्थामा नजिकबाट जानकार भारतीय वरिष्ठ पत्रकार परजाय गुहा ठाकुरता साउदी वा खाडीका देशका लागि एसिया नै बजार हो । उनी पश्चिममा तेलको बजार सीमित बन्दै गउको छ । यस्तो अवस्थामा भारतमा यतिठूलो लगानी आश्चर्यजनक होइन । तर भारतको हकमा भने यो आफैमा राम्रो हो ।

उनी भन्छन, ‘जामनगरमा मुकेश अम्बानीको दुनियाँमा सबैभन्दा ठूलो तेल रिफाइनरी छ । भारत आफ्नो जरुरीको ८० प्रतिशतभन्दा धेरै तेल आयात गर्छ । यसको ठूलो हिस्सा पश्चिम एसिया र गल्फबाट आउँछ ।’

साउदी तथा अमेरिकाको सम्बन्ध पनि राम्रो छ । त्यसैले यो एक लामो अवधिका लागि हुने सम्बन्ध बन्नेछ । भारतले तेल मात्रै आयात गर्दैन, भारतले रिलाइन्सको जामनगरमा रिफाइनरीबाट तेल विदेशमा पनि निर्यात गर्दै आएको छ ।

त्यस्तै, तलमीज अहमद भन्छन्, ‘हामी वर्षैदेखि भारतीय कम्पनी र जहाँबाट भारतमा तेल आयात हुन्छ त्यहाँको कम्पनीसँग सम्बन्ध होस भन्ने चाहना राखेका थियौं, अहिलेसम्म हाम्रो सम्बन्ध खरिददार र बिक्रेतामा मात्रै सीमित थियो, हामी भारतीय कम्पनी र खाडी देशका तेल प्रोजेक्ट कम्पनीमा सामिल भए हुन्थ्यो ।’

उनका अनुसार अरामकोसँग कारोकार साझेदारीको घोषणा योजना अनुसारनै हो ।

रिलाइन्स साउदीबाट ठूलो मात्रामा तेल खरिद गर्दछ । साथै यसको जामनगर रिफाइनरीमा आधाभन्दा धेरै तेल साउदी अरबबाट आउँछ । यस सम्झौतापछि दुबै कम्पनीमा भरोसा अझ बढनेछ ।

यस्तो पनि भनिँदैछ कि, वैश्विक अर्थशास्त्रमा बलियो परिवर्तन आएको छ । तेलको विषयमा अमेरिकाले आफूलाई आत्मनिर्भर बनाएको छ । पछिल्लो डिसेम्बरको दोस्रो सातामा अमेरिकामा तेल निर्यातकर्ता देश बनिसकेको छ । यस्तो पछिल्लो ७५ वर्षमा पहिलो पटक भएको हो । यसबीच अमेरिकाले तेल आयात मात्रै गर्दै आएको थियो ।

अमेरिकामा तेल उत्पादन नाटकीय रुपबाट बढेको छ । टेक्ससको पेरअयान इलाकामा, न्यू मेक्सिको, उत्तरी डकोटाको ब्याकन र पेन्सेभेनियाको मर्सेल्समा तेलको हजारौं कुवाबाट तेल निकाल्दै आइएको छ ।

पछिल्लो ५० वर्षमा ओपेक विश्वभरमा तेलको राजनीतिको केन्द्र बन्दै आएको छ । तर रुस र अमेरिकामा तेलको बढ्दो उत्पादनमा ओपेकको बादशाहतलाई चूनौती पनि मिल्ने तय थियो । यसै कारणले तेल निर्यातकर्ता देशको संगठन ओपेक कमजोर बन्दै गएको छ ।

अमेरिकाको स्वतन्त्र उर्जा शोध संस्थान रिस्तान एनर्जीको २०१६ को एक रिपोर्ट अनुसार अमेरिकामा २६४ अर्ब ब्यारल तेलको भण्डार छ । जसमा मौजूदा तेल भण्डार, नयाँ प्रोजेक्ट हालमा खोजिएको तेल भण्डार तथा तेलको भण्डार खोजी हुन बाँकी रहेका समेत सामिल छन् ।

यस रिपोर्टका अनुसार रुस र साउदी अरबमाभन्दा बढी अमेरिकामा तेलको भण्डार छ । रिस्तान एनर्जीको अनुमानमा रुसमा तेल २५६ अर्ब ब्यालर, साउदी अरबमा २१२ अर्ब ब्यारल, क्यानडामा १६७ अर्ब ब्यारल, इरानमा १४३ अर्ब ब्यारल, ब्राजिलमा १२० अर्ब ब्यारल तेल छ ।

तलमीज अहमदका अनुसार पश्चिम देशमा तेलको बजार कमजोर छ । अर्थात् आयात कम भइरहेको छ । यस्तोमा साउदी अरबको ध्यान एसियमा तलमीज अहमदका अनुसार पश्चिम देशमा तेलको बजार कमजोर छ । अर्थात् आयात कम भइरहेको छ । यस्तोमा साउदी अरबको ध्यान एसियामा छ । एसियामा चीन, भारत र जापान सबैभन्दा ठूलो तेल आयातकर्ता हुन् ।

उनी भन्छन्, ‘अमरिकामा तेलमा आत्मनिर्भर भइसकेको छ, जसले थोरै आवश्यकता हुँदा मात्रै क्यानडा र मेक्सिकोबाट खरिद गर्न सक्छ त्यस्तै अर्कोतर्फ यूरोपमा तेल आयात लगातार कमजोर भइसकेको छ । यस्तोमा कि उनीहरुले तेलको प्रयोग कम गर्नुपर्छ वा अक्षय उर्जाको दिशामा जानुपर्छ ।’

यस्तोमा पश्चिम एसियाको तेल निर्यातकर्ता देशका लागि एसियाभन्दा अर्को ठूलो बजार छैन् । र, एसियामा भारत जस्तो ठूलो बजार छैन । पश्चिम एसियाको कुल कच्चा तेलको ६२ प्रतिशत हिस्सा एसियामा आउँछ । चीनपछि भारत यिनीहरुका लागि दोस्रो ठूलो बजार हो ।

तेल कारोबारका अध्येता तथा भारतीय जनता पार्टी बीजेपीका नेता नरेन्द्र तनेजाका अनुसार यो सम्झौताले कसैलाई एकतर्फी मात्रै फाइदा गर्दैन । यो दुबै पक्षका लागि लाभदायक छ । उनी भन्छन्, ‘रिलायन्सको जामनगर रिफाइनरीमा अरामको लामो समयसम्म कच्चा तेल दिनेछ र यो डिलको हिस्सा पनि हो ।’

तनेजाका अनुसार तेल इन्डस्ट्रि कुनै नयाँ उद्योग होइन र पुरानो उद्योग हो । आगामी २० वर्षमा यस क्षेत्रको महत्व आजको दिनमा जस्तो हुनेछैन । अब वैकल्पिक उर्जा अर्थात् सूर्य र वायू उर्जाको दायरा बढिरहेको छ ।

आगामी समयमा आणविक उर्जाको पनि योगदान पनि बढ्नेछ । कुनै पनि हालतमा यदि एक रिफाइनरीलाई साउदीले तेल आपूर्ती गर्दछ भने यो भारतको उर्जा सुरक्षाका लागि राम्रो कुरा हो ।

मुकेश अम्बारका अनुसार अरामकोबाट लगानी आएपछि रिलाइन्स कर्जा मुक्त कम्पनीको दिशामा अगाडि बढ्नेछ । रिलायन्स अरामकोबाट हरेक दिन ५ लाख ब्यालर तेल खरिद गर्नेछ । जुन वर्तमानको तुलनामा दोब्बर बढी हो ।

लामो समयसम्म भारतमा सबैभन्दा बढी तेल इराकबाट आउँछ । साउदी जहिले पनि दोस्रो स्थानमा थियो । तर रिलायन्स र अरामकोका बीचमा यो करारपछि के भारतको तेल बजारमा साउदी र रिलायन्सको एकाधिकार हुनेछ ?

यो प्रश्नको उत्तरमा ठाकुरता भन्छन्, ‘यो दुई देशबीच भएको खरिदबिक्री सम्बन्धि सम्झौतमा भर पर्छ, जसमा के कस्ता सर्तहरु छन्, अहिलेसम्म सबै सम्झौता सार्वजनिक भएका छन भन्न सकिन्न ।’

हामीले यस दृष्टिकोणबाट पनि हेर्नुपर्छ । करारमा साउदीको क्राउन प्रिन्स मोहम्मद बिन सलमान तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका बीचमा सम्बन्ध निकै राम्रो छ । दुबै देशको सम्बन्धमा आएको निकटता यसले पनि झल्काउँछ ।

साउदी अरामकोको सेयर स्टक मार्केटमा लैजानेमा बिचार भइरहेको छ । ५ प्रतिशत लगानीकर्तालाई दिने विषय पनि उठिरहेको छ । यदि अरामको सेयर बजारमा लिस्टिङको नियम पालना गर्दछ भने उसले तेल भण्डारको बारेमा पनि जानकारी साझा गर्नुपर्नेछ ।

यद्यपि यो पनि भनिँदै छ कि आरामकोको सेयर बजारमा आएपछि धेरै पारदर्शी हुन्छ भन्ने आशा गर्न सकिन्छ । साउदीमा तेल भण्डार कति छ र अहिलेसम्म चल्ने छ यसको रहस्य पनि खुल्ने अनुमान गरिएको छ ।

अरामको र रिलायन्समा करारमा तजेना भन्छन्, ‘एक फाइदा यो पनि हुन्छ कि साउदी र भारतमा यति ठूलो रकम लाग्छ भने कुनै विषयमा भारतको विरुद्ध जाँदैन ।’

साउदी भारतमा ५० अर्ब डलर लगानी गर्दैछ । विषय मित्रताबाट अगाडि बढेको छ । कुटनीति र उर्जा सुरक्षाका लागि यो निकै राम्रो हो । भारतमा रिलायन्सका जुन पेट्राल पम्प छन उसमा पनि अरामको हिस्सेदारी हुनेछ । अर्थात् आगामी दिनमा भारतमा अरामकोका पेट्रोल पम्प पनि हुनेछ ।

भारतमा कल्ला तेल आयतकर्ता देश हो तर रिफाइनका लागि तेल अर्थात पेट्रोल र डिजलका लागि निर्यातकर्ता देश पनि हो ।

तजेनाका अनुसार भारत १०६ देशमा पेट्रोल तथा डिजल निर्यात गर्दछ । रिलायन्सको जामनगर रिफाइनरीबाट १०३ देशमा पेट्रोल र डिजल निर्यात गर्दछ । पेट्रोल, डिजल तथा टर्बाइन फ्युलका लागि भारत ठूलो निर्यातकर्ता देश हो ।

यहाँबाट जर्मनी, जापान, यूरोप तथा अफ्रिकासम्म पेट्रोल डिजल तथा टर्बाइन फ्यूल बिक्री गरिँदै आइएको छ । त्यसैले पनि विकसित देशहरु आफ्नो देशमा रिफाइनरी प्रदुषणका कारण लगाउन चाहन्नन् ।

तनेजाका शब्दमा अरामको लुक इस्ट पोलिसीका अनुसार एसियामा आउन चाहेको छ । भारतसँग विशेष लगाव यसैकारण भइरहेको छ । यो भविष्यको योजनाका लागि बलियो हो । तेलको भविष्य अब भारतमै छ । आगामी २० वर्षमा खाडी देशले पनि यो सोच्नु पर्ने अवस्था आउने छ कि अब आफ्नो तेल कहाँ बेचौं ?

फाइनान्सियल टाइम्सबाट रिलायन्सका कार्यकारी निर्देशक पीएमएस प्रसादका अनुसार भारतको घरेलू उत्पादन बलियो छ । तथा भारतका पाटर्नरहरु यसको फाइदा उठाउन सक्छन् । यहाँ उनीहरुलाई सबै कुरा जोखिमबाट मुक्त तरिकाले प्राप्त गर्न सक्छन् । साउदी अरामको डिलबाट भारतले कर्जा कम गर्नका लागि एउटा उपाय हुनेछ । सोच त यहाासम्म छ कि रणनीतिक सम्झौता हो न कि कर्जा चुकाउनका लागि ।

कर्जाका कारणनै मुकेश अम्बानीका भाई अनिल अम्बानी जेल जानबाट बचेका थिए जसमा मुकेश अम्बानीले नै सहयोग गरेका थिए । अरामको डिलको कारोबार विश्वमा मुकेश अम्बानीको दूरदर्शितासँग जोडेर हेर्ने गरिएको छ ।


पुष्प दुलाल