बेलायतको केन्द्रीय बैंकले ल्याएको थियो विश्वकै पहिलो मौद्रिक नीति, यस्तो छ नेपालको इतिहास



C

मौद्रित नीति मुद्रा आपूर्ति नियन्त्रण गर्नका लागि बनाइने नीति हो । यो नीति कुनै पनि मुलुकको केन्द्रीय बैंकले निर्माण र कार्यान्वयन गर्छ ।
मौद्रित नीति सबैभन्दा पहिले बेलायतबाट सुरु भएको पाइन्छ । सन् १६९४ मा बेलायतमा केन्द्रीय बैंक स्थापना भएको थियो । मौद्रिक नीति ब्याजदर तथा ऋणसँग नीति निर्माणसँग सम्बन्धित छ ।

तत्कालिन समयमा मौद्रित नीति पेपर मनिसँग सम्बन्धित थियो । र, त्यसलाई मुलुकको ढुकुटीमा मौजाद सुनका आधारमा नीति बनाइन्थ्यो ।

मौद्रिक नीतिको लक्ष्य सिक्काका मूल्यलाई बनाइ राख्नुमा थियो । नोट छाप्नुसँग पनि सम्बन्धित थियो जो व्यापारिक कारोबार गर्नका लागि प्रचलित थियो ।

नेपालमा सबैभन्दा पहिले विस २०५९/६० सालमा तत्कालिन गभर्नर डा. तिलक रावलले ल्याएका थिए । जसमा प्रत्यक्षतर्फ ब्याजदर, मार्जिन दर, अनिवार्य तरलता अनुपात र अप्रत्यक्षतर्फ अनिवार्य नगद मौजदात, ओपन मार्केट अपरेसन, बैंक रेटलगायतका नीतिगत विषयहरु समावेश गरिएको थियो ।

सन् १८७० देखि १९२० सम्मको अवधिमा राष्ट्रहरुले केन्द्रीय बैंकिङ प्रणाली विकास गरिसकेका थिए । त्यसयता मौद्रिक नीति प्रचलनमा आएको पाइन्छ ।

तत्कालिन समयमा छोटो अवधिका लागि ब्याजदर निर्धारण, लामो अवधिका लागि ब्याजदर निर्धारण, अर्थव्यवस्थामार्फत पैसाको गति, सटही दरलगायतका विषयमा नीति बनाउनका लागि सुरु गरिएको थियो ।

मौद्रित नीति एउटा यस्तो प्रक्रिया हो, जसद्वारा कुनै पनि देशको मौद्रिक प्राधिकरण आमरुपमा केन्द्रीय बैंक वा मुद्रा बोर्डले निर्धारण गर्दछ । खासगरी मूल्यको स्थितरता र मुद्राको सामान्य सुनिश्चितता गर्नका लागि मुद्रास्फीति वा ब्याज दरलाई लक्षित गरिएको हुन्छ ।

मौद्रिक नीति केन्द्रिय बैंकले जारी गर्ने एकमात्र नीति हो, जसभित्र वित्तीय नीति र विदेशी विनिमय नीति समावेश गरिएको हुन्छ । वित्तीय नीति अन्तर्गत नेपाल राष्ट्र बैंकको मातहतमा रहेका बैंक तथा वित्तीय संस्थाहरुको नियमन सम्बन्धी नीति पर्दछ ।

नेपालमा नेपाल राष्ट्र बैंकले मौद्रिक नीति बनाउँदै आएको छ । मानिससँग आवश्यकताभन्दा बढी पैसा हुँदा बजार मूल्य बढ्ने हुँदा मागअनुसारको मात्रै मुद्रा आपूर्ति गर्नका लागि मौद्रिक नीति बनाइन्छ ।

बजारमा मुद्रा आपूर्ति बढी भयो भने महँगी बढ्न जान्छ । कसैसँग उसको आवश्यकताभन्दा बढी सम्पत्ति छ भने उसले आफूले मन परेको कुरा खरिद गर्नका लागि जति पनि पैसा खर्च गर्न तयार हुन्छ । यसरी पैसा हुनेले जति पनि पैसा तिर्दै जाने हो ने बजारमा वस्तुका भाउ महंगो हुन्छ । यसले स्वतः मूल्यवृद्धि हुन्छ । यस्तो समस्या नआओस् भन्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले सीमित मात्रामा मात्रै बजारमा रकम पठाउँछ ।

यस्ता नीतिहरु समयको माग र आवश्यकताअनुसार परिवर्तन गर्दै जानुपर्ने भएकाले राष्ट्र बैंकले हरेक वर्ष आवश्यक परिमार्जन सहितको नीति ल्याउने गर्दछ ।

बैंक तथा वित्तीय संस्थाहरु पैसाको कारोबार गर्ने संस्था हुन् । ठूल्ठूला उद्योगपतिदेखि लिएर सर्वसाधारण जनतासम्म सबैको रकम बैंकहरुमा बचत गरिएको हुन्छ । उनीहरुको परिचालन हुन सकेन भने बचत कर्तालाई ब्याज दिन सकिँदैन ।

धेरै पैसा परिचालन भयो भने पनि बचतकर्ताले चाहेको समयमा रकम निकाल्न पाउँदैनन् । त्यसैले यहाँ सुन्तुलनको आवश्यकता पर्दछ, जुन काम मौद्रिक नीतिले गर्छ ।

यसबाहेक, मूल्यवृद्धि नियन्त्रणमा मौद्रिक नीतिको मुख्य भूमिका रहन्छ । अर्थमन्त्रालयले सार्वजनिक गरेको बजेटले लिएको लक्ष्य पूरा हुने किसिमको मौद्रिक नीति ल्याउनु राष्ट्र बैंकको मूख्य उद्देश्य रहन्छ । यस हिसाबले मौद्रिक नीतिको सम्बन्ध बैंक तथा वित्तीय संस्थासँग मात्र नभई मुलुकको समग्र अर्थतन्त्रसँग पनि रहेको हुन्छ ।

मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थाहरुलाई कुन क्षेत्रमा कति न्यूनतम लगानी गर्ने भनि लगानीको दायरा तोकिदिएको हुन्छ ।

जसअनुसार विगतका मौद्रिक नीतिले उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन बैंकहरुलाई पटकपटक निर्देशन दिँदै आएको छ ।

नेपालमा मौद्रिक नीतिको सुरुवात

नेपालमा सबैभन्दा पहिले विस २०५९/६० सालमा तत्कालिन गभर्नर डा. तिलक रावलले ल्याएका थिए । जसमा प्रत्यक्षतर्फ ब्याजदर, मार्जिन दर, अनिवार्य तरलता अनुपात र अप्रत्यक्षतर्फ अनिवार्य नगद मौजदात, ओपन मार्केट अपरेसन, बैंक रेटलगायतका नीतिगत विषयहरु समावेश गरिएको थियो ।

जसमा मूल्य वृद्धि ४ प्रतिशत, मुद्रा स्फीति ४ प्रतिशत, ब्रोड मनी सप्लाई १२ प्रतिशतको लक्ष्य लिइएको थियो । त्यसमा मूल्य स्थिरता कायम गर्न र दीगो विकासका लागि भूक्तानी प्रणाली बलियो बनाउने लक्ष्य लिइएको थियो ।

त्यस्तै, दोस्रो मौद्रिक नीति पनि गभर्नर डा. रावलले नै विस २०६१ मा ल्याएका थिए । जसमा मूल्य वृद्धि ४.७ प्रतिशतमा कायम राख्ने, मुद्रास्फीति दर ४.३ प्रतिशतमा कायम राख्ने र ब्रोड मनि सप्लाई ११.२ प्रतिशतमा कायम राख्ने लक्ष्य लिइएको थियो ।


पुष्प दुलाल