अखबारमा छापिएको एक टुक्रा समाचारबाट फूरेको आइडियाले गोदरेजलाई खर्बपति बनायो
पेशाले वकिल भए पनि उनले युवा उमेरमा कैयन व्यवसायमा हात हालेका थिए । तर सफलता भने उनीबाट टाढै थियो । एकपछि अर्को गर्दै व्यवसायमा सफलता पाउने चाहनाले गति लिन सकेको थिएन ।
त्यसै क्रममा सन् १८९७ तिर पारसी मूलका यूवा अर्देशिर गादरेजले अखबार पढ्ने क्रममा एक टुक्रा समाचारमा तानिए । जसमा मुम्बई लगातार चोरी घटना बढिरहेको विषयलाई समाचार बनाइएको थियो ।
त्यही समाचारमा उनी तानिए । त्यसमा व्यवसायिक नजर दौडाए । अनि ताल्चा निर्माण गर्ने योजना बनाए । चोरीका घटना बढेसँगै ताल्चाको व्यापार बढ्ने भन्ने योजनामा भाइ पिरोजशालाई साथमा लिए । अनि गोदरेज नाममा ताल्चा बनाउन सुरु गरे ।
उनको सोचले यतिबेला काम गर्यो । अर्थतन्त्रका लागि बलियो केन्द्र बन्दै गरेको बम्बइ सहरमा बलियो ताल्चा धेरैले मन पराए । नभन्दै यसले गति लिन थाल्यो । व्यापार चम्कन थाल्यो ।
यतिसम्म कि यसले तत्कालिन बम्बईमा मात्रै होइन, देशका अन्य भागमा र विदेशमा समेत व्यापार विस्तार भयो । पछि गोदरेजले लकर निर्माण गर्न थाल्यो । व्यापारीका लागि लकर निकै काम लाग्ने भयो ।
आजभन्दा १२२ वर्ष अगाडि सन् १८९७ मा अर्देशिरले गोदरेज नाममा चोरी रोक्नका लागि ताला बनाउन सुरु गरे । र उनलाई त्यही अखबारको समाचारको टुक्राबाट फुरेको आइडियाले उनलाई विश्वमा अर्बपतिको सूचीमा ल्याइपुर्यायो ।
अहिले गोदरेज कम्पनीसँग कैयन कम्पनी सञ्चालनमा छन् । गोदरेजले सन् २००८ मा चन्द्रयान १ का लागि विइकल र ल्यूनर आर्बिटर समेत बनाए । हाल कम्पनीसँगै २.९ बिलियन अमेरिकी डलर सम्पत्ति छ ।
संस्थापक अर्देशिर निसन्तान थिए
अर्देशिरका कुनै पनि सन्तान थिएनन् । तर पिरोजशाका ४ जना छोराहरु थिए । शोराब, दोसा, बुरजोर र नवल ।
जेठा शोराब अंकल जस्तै निसन्तान थिए ।
माइलो छोरा दोसाका छोरा रिशदले कम्पनी चलाउनमा रुचि देखाएनन् । यद्यपि उनी कम्पनीमा सेयर होल्डरका रुपमा भने रहे । उनी वन्यजीव तथा फोटोग्राफीका सौखिन रिसदका पनि कोही सन्तान भएनन् ।
साइलो छोरो बुरजोरका छोराहरु आदि गोदरेज र नादिर गोदरेज हुन । दुबै गोदरेज प्रपर्टी, गोदरेज इंडस्ट्रि, गोदरेज कन्ज्यूमर प्रडक्सन र गोदरेजका काम देख्छन् ।
त्यस्तै, संस्थापक पिरोजशा कान्छो छोरा नवलका दुई सन्तान जमशेद गोदरेज र स्मिता गोदरेज छन ।
कस्ले के गर्दैछन् ?
जमशेद परिवारको होल्डिङ कम्पनी गोदरेज एन्ड वायसका अध्यक्ष हुन् । स्मिता परिवारको कारोबारमा नजोडिए पनि उनका पति विजय कृष्ण र छोरी नायरिका होल्कर विजनेश अपरेसनमा जोडिएका छन् ।
आदिका ३ जना सन्तान छन् । तान्या, निसाबा र पिरोजशाले व्यवसायमा आफ्नो भूमिका निभाइरहेका छन् ।
उसैगरी नादिरका ३ सन्तान छन् । सबैभन्दा छोरो बुरजिस गोदरेज एग्रोवेटमा र दोस्रो सन्तान शोराब गोदरेज इन्डष्ट्रिको काम हेर्छन् ।
सबैभन्दा कान्छो छोरा होरमुसजीले परिवारको व्यवसायमा कुनै रुचि राखेका छैनन् ।
जमशेद गोदरेजका छोरा नवरोज गोदरेज एन्ड बायस कम्पनीमा गैर कार्यकारी निर्देशकका रुपमा काम गरिरहेका छन् । भने छोरी राइकाले यस ग्रुपमा औपचारिक रुपमा प्रवेश गरेकी छैनन् । परिवारका धेरै जसो सदस्य ग्रुप कम्पनीको बोर्डमा सहभागी छन् । उनीहरुको ग्रुपको सबै कम्पनीमा प्रत्यक्ष र परोक्ष रुपमा साझेदार छन् ।
गोदरेज परिवारमा आदि, जमशेद, नादिर, स्मिता र रिशदसँग गोदरेज एन्ड बायस कम्पनीको ९ देखि १० प्रतिशत सेयर छ । जबकी गोदरेज इन्वेस्टमेन्ट कम्पनीमा २७ प्रतिशत सेयर छ ।
जमिनमा अल्झँदा २ खेमामा बाँडियो परिवार
गोदरेज कम्पनीका ५ लिस्टेड कम्पनी छन् । जसको कुल मार्के क्याप १.२ लाख करोड भारु छ । जसमा गोदरेज इन्डस्ट्रिमा १६ हजार २२५ करोड भारु, गोदरेज कन्ज्यूमरको ६८ हजार ५९५ करोड भारु, गोदरेज एग्रोवेटसँग ९ हजार ६९१ करोड भारु, गोदरेज प्रपर्टीको २२ हजार १७ करोड भारु र एस्टेक लाइफसाइन्सेजको ९१७ करोड भारु मार्के क्याप छ ।
गोदरेज एन्ड वायस मुम्बइमा सबैभन्दा धेरै जमिन भएको निजी कम्पनी हो । सरकारी रेकर्ड अनुसार कम्पनीसँग बिखरोली, नाहुर र कुर्लामा ३४०१ एकड जमिन छ । गोदरेज ग्रुप यी जमिनमा पछिल्ला वर्षमा कमर्सियल रुपमा ठूला आवासीय परियोना विकास भइरहेका छन् ।
गोदरेज परिवारमा बढ्दो मतभेद यसै जमिनलाई मानिएको छ । परिवारसँग बिखरोलीमा अति संरक्षित म्यानग्रोवको बगौँचा समेत छ ।
महाराष्ट्रको स्लम अथ्योरिटीको आँकलन अनुसार गोदरेज ग्रुपले बिखरोली स्टेश नजिकै कम्तीमा पनि ३०० एकड जमिन अतिक्रम गरेको छ । गोदरेजले मुम्बईको पूर्वी उपनगरिय इलाकामा सन् १९४० को दशकको सुरुवातमा यो खरीद गरेको थियो । यो जमिन मूल रुपमा पारसी व्यापारी फ्रैमजी बानाजीलाई सन् १८३० मा इस्ट इन्डिया कम्पनीसँग मिलेको थियो ।
सन् १९४०–४१ मा यो बिक्रीका लागि राखिएको थिथयो । गोदरेज ग्रुपले यस जमिन खरीद गरेको थियो । साथै आसपासका २०० जमिन मालिकसँग उनीहरुले जमिन खरीदका वार्ता सुरु गरेका थिए । पछिल्लो दशकमा गोदरेज ग्रुपले मुम्बईको अग्रणी रियल एस्टेट सेक्टमा प्लेयर बनेका थिए ।
तालाबाट सुरु भएको व्यवसायको चन्द्रयानसम्मको यात्रा
सन् १८९७ मा युवा पारशी वकिल अर्देशिरले ताला बनाउने कम्पनी स्थापना गरेका थिए ।
सन् १९१८ मा गोदरेजले जनावरको बोसोरहित विश्वको पहिलो वनस्पति तेल युक्त साबुन बनाएका थिए ।
सन् १९२३ मा अलमिरा बनाउनुका साथै फर्निचर बिजनेसमा समेत प्रवेश गरेका थिए ।
सन् १९५१ मा स्वतन्त्रतापछि पहिलो लोकसभा निर्वाचनका लागि कम्पनीले १७ लाख वटा ब्यालेट बक्स बनाउनका लागि सरकारबाट ठेक्का समेत लिएको थियो ।
सन् १९५२ मा स्वतन्त्रता दिवसको अवसरमा सिन्थोल सावुनको उत्पादन बजारमा ल्याए ।
सन् १९५८ मा रेफ्रिजेरेटर बनाउने भारतको पहिलो कम्पनी बन्यो ।
सन् १९७४ मा लिक्विडेट हेयर कलर उत्पादन र बिक्री सुरु ।
सन् १९९० मा रियल स्टेट व्यवसायमा प्रवेश ।
सन् १९९१ मा कृषि व्यवसायमा प्रवेश ।
सन् १९९४ मा लामखुट्टे भगाउने गुड नाइट ब्राण्डको मस्क्यूटो मेट्स बनाउने कम्पनीको ट्रास्लेक्टाको खरीद ।
सन् २००८ मा चन्द्रयान १ का लागि लञ्च विइकल र ल्यूनर अर्विटर बनाए ।
(एजेन्सीहरुको सहयोगमा)