कसरी घटाउने गरिबी ? यी हुन् उपाय




सामान्यतया गरिबी भन्ने वित्तिकै मानिसले बाच्नका लागि आवश्यकीय न्यूनतम कुराहरु खाद्य, लत्ताकपडा, आवास, खानेपानी, स्वास्थ्य, शिक्षाजस्ता आधारभुत कुराहरुको अपुग हुनु निम्नस्तरको जीवन आयपन गर्न वाद्य हुनु भन्ने बुझिन्छ । अर्थात् गरिबी भनेको यस्तो अवस्था जसले मानिसलाई मानव भएर बाच्नुको पहिचान दिलाउन बाट बाञ्चित गरेको हुन्छ । आज विश्वका ६५ प्रतिशतभन्दा बढी जनसङ्ख्या कुनै न कुनै प्रकारको गरिबीको समस्या बाट ग्रसित भएका छन् ।

विशेष गरि दक्षिण अफ्रिकी र एसियाका अधिकाम्स राष्टका नागरिकहरुले गरिबीको समस्याको मारमा परेका छन् । गरिबी एक सामाजिक आर्थिक विकासमा प्रत्यक्ष रुपमा सम्बधिन्त तत्व हो । विश्व बैकङ्कका अनुसार ‘गरिबी अपर्याप्त आम्दानी वा मानव विकास मात्रै नभएर कमजोर आवाज हिन शक्ति हिन र प्रतिनिधित्व विहिन अवस्था हो ।’

यस परिभाषाका आधारमा गरिबीको व्यााख्या गर्दा गरिबी सामाजिक, आथिएक तत्व मात्र नभएर राजनैतिक तथा समकालिन आर्थिक मुद्दा हो । एउटा उखान छ– गरिबी अदमुन कुरो हो, सबै साथीले छोडे पनि गरिबीलाई यसको छोड्दैन मानिस जाति गरिबी हुदै जान्छ त्यतित्यति नै उसका आफन्तहरु टाढिँदै जान्छन् । जीवनका सामान्य आवश्यकता पूरा गर्न सक्ने अवस्थामा नहुनु हो ।

चाणन्य नीतिका अनुसार धनहीन मनुष्यको सुन्दर घर पनि तारा नभएको आकाश पानी नभएको कुवा, तलाउ, मसानझै भयंकर डरलाग्दो र उदास एवं सुनसान देखिन्छ । अर्थशास्त्रका जन्मदाता एडम स्मिथले सन् १७७६ मा भनेका थिए कि बाँच्न र श्रमशक्तिको पुनउत्पादको विश्वासको लागि अन्ततोगत्वा धनी वर्गले प्रर्याप्त ज्याला दिनु पर्छ अथवा यसले प्रणालीलाई तल घचेटेको छ ।

नेपालको सन्र्दभमा गरिबी भन्दा गासबास कपासको अवला वा जमिनको पहुँच ऋणको पहुँच तथा पूर्वाधारहरुको पहुँचबाट टाढा रहेको अवस्था पनि गरिबी विशेष गरी रोजगारको पहुँच शिक्षाको पहुँच साधन स्रोतको पहुँच नभएको अवस्था हो । राज्यद्धारा जातिगत क्षेत्रगत भेदभावका कारण विकासको गति मन्द रहेको कारण सिर्जना हुने गर्दछ नेपालको प्रमुख समस्या भनेको वर्तमान समयमा गरिबी नै हो । बिगत देखि नै गरिबीलाई विश्व आर्थिक मञ्चमा दुई अवधारणा बाट विश्लेषण गर्दै आईएको छ ।

१.निरपेक्ष गरिबीः

आधारभुत आवश्यकताहरु पनि पुरा गर्न नसकिने गरिबीलाई निरपेक्ष गरिबी भनिन्छ । निरपेक्ष गरिबीलाई नाप्नका लागि गरिबी रेखा आयस्तरको सहायता लिईन्छ । जस्तैः विश्वव्यापी मान्यताका अनुसार निरपेक्ष गरिब त्यस्तो गरिब हो जसको प्रतिदिन आम्दानी १.२५ डलर भन्दा कम हुन्छ । जसका आधारमा नेपालमा गरिबीको दर २८.६ प्रतिशत रहेको छ । त्यस्तै आर्थिक सर्वेक्षण २०७४/७५ अनुसार नेपालको गरिबी २१.६ प्रतिशत रहेको छ । प्रादेशिक हिशाबले सबैभन्दा कम गरिबी ३ नम्बरमा र बढी कणार्ली प्रदेशमा क्रमश , १२.२ र ५१.२ प्रतिशत रहेको छ ।

२.सापेक्ष गरिबी

सापेक्ष गरिबी आधारभुत आवश्यकताको परिपूर्ति हुने नहुने भन्दा पनि आय वितरण सँग सम्बन्धिच हुन्छ । यो त्यस्तो अवस्था हो जहाँ एउटा समुह वा समुदायको साधनहरु वा आम्दानी अर्को समुदाय वा विश्वको औसतको तुलनामा कम हुन्छ । यो धारणा विकसित देशहरुका लागि बढी उपर्युक्त हुन्छ । ती देशहरुमा देशको मध्यिक आम्दानीस्तर भन्दा कम आम्दानी भएको अवस्थालाई सापेक्षिक गरिबी भनिन्छ ।

गरिबी यस्तो अवस्था हो जसले आर्थिक विकासका लागी अनिवार्य रुपमा आश्यक तत्व मानविय दक्ष जनशक्ति विकासमा प्रत्यक्ष असर पुर्याउँदछ अर्थात गरिबीले गर्दा नै गरिबीको बिस्तार हुन्छ । गरिबीका कारण देशमा उपलब्ध प्राकृतिक स्रोत र साधानहरुको समुचित परिचालन गर्न देशको अनुपात्दक जनसङ्ख्यालाई उत्पादन कार्यमा प्रयोग गर्न वाधा उत्पन्न हुन्छ ।

त्यसैगरि जनताको जीवनस्तर उस्कान दिगो आर्थिक विकास प्रक्रियालाई अगाडि बढाउन तीव्र जनसङ्ख्या वृद्धि नियन्त्रण गर्न खाद्यय आपूर्तिमा विस्तार, पुँजी निमार्णको गतिलाई अगाडि बढाउन बेरोजगारी समस्या समाधान गर्न आयको असमान वितरणलाई रोक्न तथा देशमा उपलब्ध रहेका कला संस्कृति मूल्यमान्यता धार्मिक आस्थाहरुको उचित विकास संरक्षण संवद्र्धन गर्नमा अवरोध उत्पन्न हुने गर्दछ ।

अर्थशास्त्री तथा समाजशास्त्रीको दृष्टि कोणमा नेपाल जस्ता विकास उन्मुख राष्टको आर्थिक वृद्धि र विकास नहुनुको मुख्य कारक तत्वको रुपमा गरिबी नै हो । उनिहरुका अनुसार गरिबीले अर्थतन्त्रका माग पक्ष र आपूर्ति पक्षलाई प्रत्यक्ष रुपमा गरिबीको दुष्चक्र मार्फत परोक्ष प्रभाव पारेको हुन्छ जस्ले गर्दा ती राष्ट्रहरुका आर्थिक विकासमा सुचिहरु सहज रुपमा फैलाबट हुन पाईरहेका हुँदैनन् ।

विश्व आर्थिक जगतमा सन् १९९० को दशकदेखि गरिबीलाई आर्थिक विकासको एक सशक्त मुद्दाका रुपमा सम्बोधन गरि यसलाई घटाउने तर्फ विश्व बैङ्क दक्षिण एसियाली विकास बैङ्क सार्क जस्ता अन्र्तराष्टिय क्षेत्रिय सङ्घ संस्थाहरुले विशेष चासो व्यक्त गरेको पाईन्छ शास्त्रीय अर्थशास्त्रीका अनुसार दिर्घकालमा सम्पूर्ण जनताहरु पैर्ण रोजगार हुने मान्यता राखेका हुन्छन् ।

त्यसैले गर्दा उनीहरुले गरिबीलाई अल्पकालिन आर्थिक मुद्दाका रुपमा लिइएका थिए । तर सन् १९३० को विश्वको विश्व आर्थिक मन्दिको समयमा जन्मिएका अर्थशास्त्री जेएम किन्सले गरिबीलाई आर्थिक विकासको गतिलाई अगाडि बढाउन अवरोध पुर्याउने मुख्य तत्व हो भनि व्याख्या गरेका थिए ।

प्राचिन समय देखि नै विश्वमा गरिबीको समस्या थियो भन्ने कुरालाई तत्कालिन समयमा अस्तित्वमा रहेका भूमिपति वर्ग र श्रमिक वर्गले प्रमाणित गर्दछ । त्यही कारणले गर्दा नै विश्वका ठुलाठुला आर्थिक सामाजिक राजनैतिक आन्दोलन भएका थिए । जुन वर्तमान समयमा पनि कुनै न कुनै नाम वा संस्थाका साझा उद्देश्यका रुपमा क्रियाशिल भएको पाईन्छ, साधारण बुझाइमा गरिबीलाई आर्थिक तत्व मानेर व्याख्या गरिएता पनि यो आर्थिक तत्व माग नभएर कुनै पनि राष्टको आर्थिक, सामाजिक परिवर्तनलाई प्रत्यक्ष रुपमा असर पुर्याउने तत्व हो । यसरी विकशित तथा विकाश उन्मुख देशमा गरिबी समस्या परिणात्मक तथा गुणात्मक दुवै रुपमा रहेको हुन्छ यहाँ विकास उन्मुख राष्टमा गरिबी रहनुका कारक तत्वहरुलाई यस प्रकार उल्लेख गरिन्छ ।

१.पुँजीको अभाव
२.बेरोजगारी,
३.अशिक्षा,
४.तिव्र जनसंख्या वृद्धि,
५.असमानता,
६.ग्रामिण बसोबास,
७.राजनैतिक अस्थिरता,
८.परम्परागत कृषि प्रणाली,
९.उपर्युक्त सरकारी नीतिको अभाव,
१०.न्यून औद्योगिकरण,
११.धार्मिक मूल्यमान्यता,
१२.प्रतिभा पलायन,
१३.व्यवसायिक स्वरोजगार मूलक सीपको अभाव ।

उल्लेखित कारणले गर्दा नै जुनसुकै विकासन्मुख राष्टमा गरिबीको समस्या सिर्जना हुने गर्दछ जसलाई न्यूनीकरण गर्नका लागि सम्बन्धित पक्षहरु बाट कागजी सुझाव पत्रहरु मात्र प्रयोगमा ल्याई विकसित राष्टको सहयोगको दुरुपयोग गर्नुका साटो निम्नलिखित सुधारका प्रयासहरु गर्नु आवश्यक छ ।

१.औद्योगिकरण्को सरुवात गर्ने,
२.स्थानिय स्तरमा रहेका स्रोत र साधानको पहिचान तथा परिचालन गर्ने,
३.रोजगारमूलक एवंम् व्यसायिक शिक्षा प्रणाली लागु गर्ने,
४.राष्ट्रिय आयको समुचित बाडँफाड गर्ने,
५.कृषिमा आधुनीकीकरण र व्यवसायिककरणलाई जोड दिने,
६.प्रतिभा पलायनलाई रोक्ने,
७.सरकारी नीति उपयुक्त बनाउने जुन व्यवहारिक होस् ।

अतः गरिबी एक आर्थिक सामाजिक समस्या हो जसलाई तुरुन्तै शून्य स्तरमा झार्न सकिँदैन । तर यसलाई वर्तमानमा रहेको स्थितिबाट माथि जान रोक्दै क्रमश घट्दो दरमा ल्याउन सकिन्छ । जसको लागि सम्पूर्ण, व्यक्ति, समाज, समुदाय, राष्ट्र तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट सकरात्मक कदम चालिनु पर्दछ ।

अन्त्यमा गरिबीका लागि भन्दै सहयोगी संस्थाहरुबाट सहयोग जुटाई आफुले सुख सयल अनुभव लिई जुन परम्परा नेपालका गरिबी निवारणका अभियानमा रहेको वर्तमान विशेषतालाई पनि समयमै सुधारनु पर्ने कुरा आजको समयको माग भएको छ ।


पुष्प दुलाल