३१ परियोजनामा ४८ वटा आवेदन, २५ खर्ब लगानी गर्न विदेशी इच्छुक



काठमाडौं । सरकारले गरेको लगानी सम्मेलनपछि विभिन्न देशमा लगानीकर्ताले २५ अर्ब रुपैयाँ नेपालमा लगानीगर्न चासो देखाएका छन् ।

लगानी बोर्डले आइतबार पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी गराएको हो ।
बोर्डका प्रमुख कार्यकारी अधिकृत ९सिइओ० महाप्रसाद अधिकारीका अनुसार विभिन्न ३१ परियोजनाका लागि ४८ वटा आवेदन परेका छन् ।

आवेदन दिएका मध्येलाई परियोजनामा लगानी गर्न कसरी दिने भनेर भ्यालुएसन गर्ने सिइओ अधिकारीको भनाई छ ।

उनका अनुसार निजगढ विमानस्थल निर्माणका लागि नै ६ वटा आवेदन परेका छन् । परेका आवेदनलाई भ्यालुएसन गरेर बाँकी काम अघि बढ्ने उनको भनाई छ ।


क्लिकमान्डु