बैंकहरुले अनैतिक काम गरे: राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीको टिप्पणी



अहिले बजारमा तरलताको अभाव छ । द्वन्द्वको समयमा लगानी गर्ने अवस्था थिएन । त्यो समयमा बैंकमा प्रसस्त पैसा थियो । त्यो समयमा बैंकहरुले घरजग्गाको लागि न्यून ब्याजदरमा ऋण दिए । त्यो पनि ६, ७ प्रतिशतमा । त्यो बेलामा फण्ड प्रचुरमात्रामा थियो । एक वर्ष यता बैंकहरुमा फण्ड नभएको देखिएको छ । निक्षेप भन्दा कर्जाको माग बढी भयो ।

सोझो हिसाबले हेर्दा बजारमा सकारात्मक ब्याजदर छ भने बैंकले डिपोजिट निक्षेप आकर्षित गर्न सक्छ । ब्याजदर नकारात्मक भयो भने समस्या हुन्छ । अहिले पनि ठूला बैंकले बचतमा ३/४ प्रतिशत मात्र ब्याज दिने गरेका छन् । तर धेरै बैंकले बचतमा ६ देखि ६.५ प्रतिशत दिन्छौ भनेर सूचना जारी गरी रहेका छन् ।

हामीसँग बैंकसँग पनि पैसा छ, सम्भावनाका क्षेत्रहरु पनि छन भने फण्ड जुटाउन सक्छ । पैसा प्रयोग गर्ने माध्यम धेरै हुन्छन् । बैंकहरुले घर जग्गामा, अटोमा लगानी गरेको कारण तिनै हुन । बैकल्पिक लगानीको अवसर हेर्ने हो भने तरल अवस्था समय समयमा तलमाथी आँउछ भन्ने हो ।

पछिल्लो समयमा स्थानीय तहले खर्च गर्न सकेको छैनन् । त्यो पैसाको ५० प्रतिशत बैंकमा पार्किङ गरेको छ । जसको लागि उनीहरुले पैसा तिर्नुपर्दैन भन्ने हो । जसको लागि एउटा महत्व के हुन्छ भने निशुल्क पाएको पैसा ड छ भने बैंकहरुको बेसटेरको आधारमा ब्याजदर तय गरिन्छ । त्यो कम भएको हुनाले ब्याजदर कम हुन सक्छ । उनीहरु लिक्विड पनि बन्नसक्छन् ।

तर यो आफैमा समस्या किन हो भने स्थानीय तहले हामीलाई विकास, निर्माणका लागि चाहियो पैसा भनेको खण्डमा बैंकले लामो समयमा लागि लगानी गर्ने र स्थानीय तहले हामीलाई पैसा चाहियो भन्ने बेलामा दिन सकेनन् भने समस्या हुन्छ ।

डिपोजिट मोबिलाईज गर्नका लागि अनुकुलता छैन भन्ने बैंकहरुको भनाई छ । त्यो हैन भन्ने कताबाट लाग्छ भने कुनै राम्रो कम्पनीले सेयर जारी गर्यो भने चाँडै बिक्री हुन्छ ।

कर्पोरेट सेभिङमा बढी रिलायन्स भयो बैंकहरुको यसले पनि समस्या ल्याएको छ । यसले ब्याजदर बढाउन सहयोग गर्यो भनिन्छ । बजारमा तरलताको समस्या छ भन्ने भएपनि कर्पोरेट बडीहरुले पनि बाग्रेनिङ गरेर ब्याजदर माथि लैजानको लागि प्रत्यत्न गर्ने अवस्था रहेछ । ठूलो रकम त्यहाँबाट उपलब्ध हुने भएकाले भने जस्तो ब्याज दिएर ल्याउने र ल्याएपनि बेस रेट बढ्यो । कस्ट बढेपछि बेसरेट बढ्छ । यो भएपछि त्यसलाई प्रिमियममा राखेर जाँदा बैंकको ब्याजदर माथि जाने भयो ।

पछिल्लो चरणमा उद्यमी व्यवसायीहरुले हामी व्यवसाय गर्न नसक्ने परिस्थितीमा पर्यौ भन्नु भएको छ । त्यो परिस्थिती एउटा सहुलियत पनि छ । किन भने बैंकबाट लोन लिएर उद्योग चलाउँछौं, हामी टाट पल्टिदै जाने, नाफा गर्न नसक्ने तर जुन बैंकबाट ऋण लिएको हो त्यो बैंक दिनमा दुई गुणा, चारमा चौग्ुणा भएको छ ।

अहिले लोनको माग बढी भएको कारणले पैसा पुर्याउन नसकेको हो । सरकारले आठ प्रतिशतको आर्थिक वृद्धि भन्ने पैसाको माग बढेको समयमा पैसा दिन नसक्ने हो भने सरकारको योजना पुरा हुनसक्दैन । अहिले सरकारले पुँजीगत खर्च गर्न सकेको छैन । यो भएको खण्डमा बजारमा पैसा जाने थियो । त्यो पैसा पुन बैंकमा नै आउने हो । त्यो पैसाले सजिलो हुने थियो भनिरहेका छन् । सरकारले तीन तीन महिनामा कर संकलन गर्ने गरेको छ । त्यो पैसा पनि पुँजीगत खर्च नहुने भएको कारणले पनि समस्या भएको छ । यो खर्च जम्मा २२ प्रतिशत मात्र भएको छ । ६ महिनामा खर्च राम्रोसँग हुन सकेको छैन । हाम्रो अर्थतन्त्रमा अनौपचारिक अर्थतन्त्र डोमिनेट छ ।

अर्थतन्त्रमा अनौपचारिक पैसा ४० प्रतिशतको हाराहारीमा रहेको छ भनिन्छ । पछिल्लो समयमा अख्तियारको घुसको कुरा आएको छ । घुस दिँदा बैंकबाट निकालेर दिने होला की ? लिनेले त्यो पैसा बैंकमा नै राख्ने होला की भन्नेमा त्यसो नहुने रहेछ । त्यो पैसा ट्रयाक होला भन्ने भएर त्यो पैसा बैंकमा नआउने रहेछ । केही दिन अघि बिराटनगरतिर केही व्यापारीहरुले १२/१३ अर्ब हुण्डी ह्वाट्सएप भन्नेको प्रयोगले कारोबार भयो भन्ने पनि सुन्नमा आएको थियो । अर्बौको कुरा हाम्रो सिस्टममा नहुने भन्नु त हाम्रो अर्थतन्त्र गम्भिर रुपमा नै रहेको देखिन्छ । केही मात्रामा बिप्रेषण आउने भएकोले केही सहज होला भन्न सकिन्छ ।

अहिले बैंक तथा वित्तीय संस्थाहरुले भनेको जस्तो साँच्चै नै तरलतको अभाव भएको हो त ? भनेर हेर्दा यसमा दुई पक्ष देखिने रहेछ । नेपाल राष्ट्र बैंकले बजार तहसनहस भएको समयमा स्टेटमेन्ट आउने गरेको छ । करिब दुई साता अघि ३४ अर्ब अहिले पनि बजारमा तरलता रहेको छ । बैंकहरुले त्यसलाई लोनबल फण्डको रुपमा प्रयोग गर्न सक्ने परिस्थिती रहेको छ भनेर भनियो । त्यसको चार पाँच दिन पछि ५ अर्बको रिपो जारी गरेको, बैंकहरुले तीन अर्ब ६० करोड रुपैयाँ मात्र किने । बाँकी १ अर्ब ४० करोड बैंकहरुले लिएनन । त्यो भनेको त तरलताका समस्या नभएको हो भन्ने केन्द्रिय बैंकले बुझ्ने भयो ।

यो भन्दा बढी ब्याज भएको अन्तर बैंकमा ६ प्रतिशत ब्याज हुन्छ । यो नितान्त छोटो समयको लागि हुने गरेको छ । यो अन्तर बैंक ब्याज र्बैकहरुले निकै लिने गरेका छन् । त्यो पैसा आफ्नो हितमा त्यो पैसा प्रयोग गर्न पाइने रहेछ । रिपो ल्यायो भने त्यो पैसा सिसिडीमा गणना हुने भयो । इन्टर बैंकमा त्यो नहुँने रहेछ ।

पहिला दुई अर्बमा बैंक सञ्चालन गर्न पाइन्थ्यो । तीन चार वर्ष अघि त्यो रकमलाई बढाएर छोटो अवधिमा ८ अर्ब पुर्याउन भन्यो । दुई अर्बको पुँजी हुँदा आरओई जति पाएको पुँजी बढाएपछि त्यो बेला जति प्राप्त भएको थियो, ८ अर्ब पुगेपछि नाफा आउन नसक्ने कारणले गर्दा धेरै लगानी थपेर आम्दानी बढाउनु पर्ने भएको भयो । अहिलेको समस्या यो पनि हो भन्ने बैंकको भनाई छ ।

तरलताको अभाव भयो भन्नासाथ बैंकहरुले चार वर्ष अघि लगानी गरेको ऋणमा रिमोट थिच्दैन, आधा प्रतिशत बढ्यो , भोली आधा प्रतिशत बढने सम्भावना पनि छ भन्ने गरेका छन् ।

बैंकहरुले चार वर्ष अघि गरेको लगानीमा ब्याज बढाउने स्वतन्त्रता पाउने गरेका छन् । धेरै बैंकले अनैतिक काम पनि गरेको छन् । त्यसो भन्दा केही बंैक रिसाउने गरेका पनि छन् । तमशुकमा बैंकले सेट गरेको कुरा पालना गर्न मञ्जुर छ भनेर ऋण लिने समयमा सही गर्ने । अनी बेला बेलामा बढाउँदै गएपनि राष्ट्र बैंक पनि चुप रहने, अदालतले पनि नहेर्ने गरेका छन् ।

पहिला निर्धारण गरेपनि पछि रिभाइज गर्ने भन्ने हुँदैन । त्यो रकममा इन्स्टलमेन्ट र ब्याज पनि यदि ओभर डिउ रहेछ भने त्यो रकममा पछि चेन्ज गर्न सक्नुहुन्छ तर पुरानै रकममा गर्ने हो भने त्यो अनैतीक हो । यसको सुनुवाई अझै भएको छैन ।

ब्याजको विषयलाई लिएर उद्योगीहरु प्रधानमन्त्रीकोमा जानु भयो । प्रधानमन्त्रीले तीन दिन भित्र समाधान अर्थमन्त्री र गभर्नरलाई राखेर समाधान खोज्न भन्नुभयो । नभन्दै तीन दिन भित्र राष्ट्र बैंकले आधारातमा मौद्रिक नीतिको समिक्षा गर्यो । तीन दिन पनि कट्न पाएन । ब्याजदरको विषयमा सरकारले बोल्नु पर्ने हो की हैन । २०४६ पनि लिभरल इकोनोमी भन्दै आयौ । यसमा ब्याजदर तोक्ने विषय इतिहास भएको छ ।

राष्ट्रिय योजना आयोग पूर्वउपाध्यक्ष र राष्ट्र बैंकका पूर्वगभर्नर क्षेत्रीले नेपाल व्यवस्थापन संघको कार्यक्रममा व्यक्त गरेको विचार


क्लिकमान्डु