बैंकहरुले गाँउका साहु जस्तो घर खेतमा आँखा लगाउने काम बन्द गर्नुपर्यो: प्रधानमन्त्री



सबै भन्दा सस्तो ऋणको ब्याजदर कृषिमा हुनुपर्छ । कृषकले मंहगो ब्याजदर तिर्न सक्दैनन् । सबै भन्दा बढी मानिस कृषिमा आत्मनिर्भर हुनुपर्ने, कृषि प्रणाली आधुनिक रण, व्यवसायिकरणबाट उद्यमशीलतातर्फ जान्छ । उद्योग व्यवसायतर्फ जान्छ । धेरै ठुलो सङ्ख्यालाई समेट्छ । एकै ठाउँमा नजाने, धेरैतिर छरिएर जाने भएकोले यसलाई थोरै देखेको पनि हुनसक्छ । यसको ब्याजदर सस्तो हुनुपर्छ । रोजगारीको अवसर पनि सृजना गर्छ ।

मैले सुनेको छु, बैंकहरुले लगानीको मात्रा जस्तो यदि कसैले खर्ब लगानी गर्‍यो र त्यहाँबट यति अर्ब नाफा लियो भने त्यो धेरै ठुलो हुँदैन, किनभने त्यहाँ खर्ब लगानी रहेको हुन्छ । तर यहाँ लगानीको प्रतिशत र त्यसको मात्रा वा त्यसबाट आएको प्रतिफल हेर्दा भोलि उद्योग र उद्यामशीलता मात्रै समाप्त हुने हैन, बैंक तथा वित्तीय क्षेत्र पनि समाप्त हुन्छ । त्यसले औद्योगिक क्षेत्रलाई बैंकहरु सल्ला जस्तै हुन्छ, तलदेखिको सबै रस तान्छ, यसरी तान्दै गयो भने आफै रहन सक्दैन । यसका लगानीका क्षेत्रहरु आर्फै समाप्त पार्छ । छोटो समयमा छोटो समयमा लागि नाफा कमाउने मात्रै हुनसक्छ ।

बैंक उत्पादनका लागि सहयोगी हुनुपर्छ । बैंकको नाफा कमाउने मात्रै उद्देश्य हैन । देशको अर्थतन्त्रलाई चलायमान बनाउने, वित्तीय आवश्यकता पुरा गर्ने, वित्तीय संकलन र त्यसको विस्तार, त्यसको लगानी गर्नुंपर्छ ।

चर्को ब्याजदर चर्को नाफा सम्भव हुनसक्दैन । आफैलाई समाप्त पार्ने खालको अल्पदृष्टि बैंक तथा वित्तीय क्षेत्रले राख्नु हुँदैन । ब्याजदरको समाधान खोज्नु पर्छ । बैंकिङ र वित्तीय क्षेत्र पहिलाका गाँउका साहु जस्ता मौका मिल्यो कि घर, खेतमा आँखा लगाउने, त्यो साउजी जस्तो बैंक हुनुहुँदैन ।

बैंक उत्पादनका लागि सहयोगी हुनुपर्छ । बैंकको नाफा कमाउने मात्रै उद्देश्य हैन । देशको अर्थतन्त्रलाई चलायमान बनाउने, वित्तीय आवश्यकता पुरा गर्ने, वित्तीय संकलन र त्यसको विस्तार, त्यसको लगानी गर्नुंपर्छ । पैसा संकलन गर्नेदेखि लगानी गर्नेसम्म गर्दछ ।चलायमान गराउँछ । चलायमान गराउँदा उत्पादनका लागि सहयोगी भूमिका हुनुपर्छ । यस पक्षमा राष्ट्र बैंकले पनि ध्यान दिनुपर्छ । अर्थशास्त्रीय तर्कको मात्र काम छैन । बैंक, वित्त, बीमा जुन नै क्षेत्र किन नहोस ।

बीमामा अहिले भएको सिन्डीकेट अन्त्य हुनुपर्छ भनेर साथीहरुले भन्नु भएको छ । यो कस्तो खालको सिण्डीकेट हो म बुझ्दैछु ।

उखु उत्पादन र चिनी मिलवाला उद्यमीहरुसँग मैले कुरा गरे । उहाँहरुले माग ल्याउनु भयो । माग पुरा गरेपछि सबै बेईमानी भयो । हामीसँग अर्को वर्ष पनि उखु किन्न नपर्नेगरी, नसक्ने गरी चिनीको स्टक छ, आयात रोकीदिनु पर्यो हजुर भने । तर पछि यो वर्ष त त्यस्तै हो, अर्को वर्षलाई पनि पुग्ने यति लाख मेर्टिकटन चिनी स्टकमा छ भनेर उहाँहरुले बिलौना गर्नुभयो होला भन्ने लाग्यो । उहाँहरुको माग पुरा भएपछि चिनी छैन, गायब भयो ।

देश बनाउन सबैले के गर्नुपर्छ रु उद्योगीलाई सिध्याएर, उद्योगलाई मासेर देश बन्ने होईन । यता बैंक तथा वित्तीय क्षेत्र सिध्याएर बैंक तथा वित्तीय क्षेत्र चाँहिदैन भनेर देश बन्दैन । हामीलाई सबै चाहिन्छ ।

उद्योग क्षेत्र त्यस्तो बेइमानी हुनुहुँदैन । कति १०५, कही ९०, कँही ८० रुपैयाँ प्रतिकेजी । जनताले पाउन सकेनन् । त्यो बेला आउनेहरु यहाँ हुनुहुन्छ भने पनि केही आपत्ती छैन । बेइमानी गरेकै हो । त्यो खालको तरिका अली भएन । देश, जनतालाई दुख दिएर, सरकारसँग बेइमानी गरेर, एक छिनका लागि झुट कुरा गर्नु उपयुक्त हुँदैन । दुई दिनअघि यही कोठामा बसेर २ लाख ७६ हजार मेट्रिक टन चिनी छ भनेर भन्नुभएको थियो । उहाँहरुको माग पुराभएपछि चिनी गायब भयो । यो एउटा नमुना मात्रै हो ।

बैंक होस वा अरु होस, सरकार, उद्यामी व्यवसायी, बैंक वित्तीय क्षेत्र, बीमा सबै क्षेत्र मिलेर सहकार्य गरेर देश बनाउनु पर्यो । बैंक वित्तीय क्षेत्र, बीमा, उद्योग व्यवसाय सबै मजबुद हुन आवश्यक छ । सबै मजबुद भएर देशको अर्थतन्त्र बजबुत बनाउनु पर्छ ।

तपाईहरुले सुझाव दिनु भएको छ । प्रतिवेदन बुझाउनु भएको छ, सबैलाई मेरो धन्यवाद छ । हामीलाई लिनुदिनु केही छैन । तर देशको देश बनाउन सबैले के गर्नुपर्छ रु उद्योगीलाई सिध्याएर, उद्योगलाई मासेर देश बन्ने होईन । यता बैंक तथा वित्तीय क्षेत्र सिध्याएर बैंक तथा वित्तीय क्षेत्र चाँहिदैन भनेर देश बन्दैन । हामीलाई सबै चाहिन्छ । उत्साही उद्यमी पनि चाहिन्छ । रिक्स लिएर काम गर्ने उद्योगी चाहिन्छ । नेपालमा धेरै रिक्स छैन ।

हामी लगानी सम्मेलन गर्दैछौं, त्यसका लागि हामीले के गर्नुपर्छ । सम्मेलन अघि हामी यस्तो बाताबरण बनाउन चाहन्छौं की सबै सन्तुलीत होस । कुनै क्षेत्र निरास हुने हैन । बैक वित्तीय क्षेत्र पनि खुसी नै होस । तर खुसीको पनि सिमा भने हुनैपर्छ । उद्योगीलाई टाट पल्टाएर, केही कमाएर खुसी हुने होईन । त्यो अझै पनि छ । हामी सबैको साझा समस्या केलाएर के गर्दा उचित हुन्छ त्यसमा म जान तयार छु ।

म अहिले इन्टरफेयर गर्दिन भनेर भन्दिन, सरकारले त आउट अफ ट्रयाकमा गयो भने ट्रयाकमा ल्याउनुपर्ने हुनसक्छ । तर हामीले सल्लाह गरेर साझा समाधान निकाल्नु उपयुक्त हुन्छ । मजदुर समस्या समाधान भयो त । यसमा उद्योगी व्यवासयीको सहयोग छ । यसमा पनि मानवीय भावना छ ।

जहाँ जति हुन्छ त्यती नाफा कमाउन पाइने बेथिती गर्न दिनुहुँदैन । राष्ट्र बैंकले त्यसलाई नियमन गर्नुपर्छ ।

म अहिले अर्थमन्त्री ज्यूलाई के आग्रह गर्न चाहन्छु भने उद्योगी व्यवसायी र बैंक, वित्तीय र बीमा समेतलाई सिन्डीकेट तोडन आवश्यक छ । यहाँ कोही पनि औचित्य भन्दा बाहिर जान पाँउदैन ।

अचम्म के भने आज त यहाँ उद्योगी व्यवसायीहरु शोसीत भयौ मारमा पर्यौ भन्दै आउनु भयो । मलाई के लाग्छ भने उद्योगी व्यवसायी बुझ्दै नबुझी त आउनु भएको छैन । उहाँ केही न केही त छ । त्यसैले त्यसमा सहमति जनाउनका लागि तर्क तथ्ययुक्त कुरा हेरौ । उहाँहरुको लगानी कति छ, लगानीकहाँ गर्नु भएको छ हेर्न राष्ट्र बैंकलाई आग्रह गर्न चाहन्छु । जहाँ जति हुन्छ त्यती नाफा कमाउन पाइने बेथिती गर्न दिनुहुँदैन । राष्ट्र बैंकले त्यसलाई नियमन गर्नुपर्छ ।

अर्थ मन्त्रालयले राष्ट्र बैंकलाई निर्देशन दिने कुरा अथवा अरु वित्तीय आर्थिक र वित्तीय क्षेत्रहरुलाई निर्देशन दिने कुरामा निर्देशन दिनु र कडाई गर्नुस । आज उद्योगीहरु नै सोशित, पीडित भैयो भनेर भन्दैछन भने यो त भएन । यसलाई अन्त्य गर्न तुरुन्तै, भोली, पर्सी कहिले हुन्छ गरी हाल्नु । टाढा टाढा बाट आउनु भएको छ ।

एकातिर चर्को ब्याज अर्कोतीर उहाँको पेशा व्यवसायमा अर्को खालको समस्या आउन सक्छ । छिटै संयुक्त बैठक राखेर त्यो बैठकमा तर्क र तथ्य सामुन्नेमा राखेर यसलाई छलफलबाट टुंग्याउ ।

यति कुनै सहमति भएन भने उचित जे हुन्छ त्यो सरकारले कदम चाल्छ । आन्दोलन गर्न पर्दैन । अहिले तपाइहरुले भनेपछि सरकारले हुन्छ, तथ्यकरण भए हुन्छ । अब तपाईहरु निर्धक्क भएर आफ्नो व्यवसायमा लाग्नुस ।

(उद्योग वाणिज्य महासंघका प्रतिनिधिसँग शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्त गरेको बिचार)


क्लिकमान्डु