एयरपोर्ट सेवा शुल्क नतिरि एयर एशियाको उडान बन्द, सौर्य सक्पर्कबिहीन, हिमालयको म्याद थप
काठमाडौं । गत असोज २७ गते मलेसियन निजी हवाई सेवा प्रदायक कम्पनी एयर एशियाको जहाज विमानस्थल कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थमा अवतरण गरेपछि मलेसिया उडानमा रोक लगायो।
विमानस्थल कार्यालयका प्रमुख राजकुमार क्षेत्रीले विमानस्थल सेवा शूल्क वापतको १३ करोड रुपैयाँ भुक्तानी नगरेसम्म जहाज उडान गर्ने नदिने भन्दै जहाज उडानमा रोक लगाइएको जानकारी दिए ।
जहाजले उडान भर्न नपाएपछि मलेसियान एयरलाइन्सका प्रतिनिधिले आफ्नो हेड अफिसमा सम्पर्क गरे। एयरलाइन्सको हेड अफिसले जहाज मलेसिया लैजान कसरत सुरु गर्यो ।
एयरलाइन्सले मलेसियन दुतावासमा पत्र पठायो । एयरलाइन्सको पत्र पाउन साथ दुतावासले पनि नेपाल नागरिक उड्डयन प्राधिकरण एयरलाइन्ससँग लिन बाँकी रहेको बक्यौत रकम असुलीमा सहयोग गर्ने प्रतिबद्धता गर्दै जहाज उडान भर्न दिन भन्दै आग्रह गर्यो ।
प्राधिकरणले पनि दुतावासको पत्र पाएपछि एयरलाइन्सको जहाज मलेसिया जान दियो। तर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रु अभाव देखाउँदे उडान बन्द गरेको एयर एशियाले ५ महिना हुन लाग्दा पनि बाँकी बक्यौता तिरेको छैन ।
एयर एशियाले विमानस्थल कार्यालय बाहेक पनि नेपाल पर्यटन बोर्डलाई ७ करोड २३ लाख रुपैयाँ चुक्तानै नगरी उडान बन्द ग¥यो।
गत मंसिर २० गते बिहीबार नेपाल नागरिक उड्डयन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले विमानस्थल सेवा शुल्क वापतको बक्यौता चुक्ता नगरेको भन्दै सौर्य एयरलाइन्सले उडानमा प्रतिबन्ध लगाएको थियो।
उडान बन्द भएको डेढ महिना भइसक्यो । ४ करोड भन्दा बढी रकम तिर्न बाँकी रहेको सौर्य एयरलाइन्स विमानस्थल कार्यालयको सम्पर्कमा आउन सकेको छैन।
विमानस्थल कार्यालयले सौर्य एयरलाइन्सलाई कहिले महिना दिन त कहिले एक साताको समय दिंदै वर्ष दिनको समय दिएको समेत क्षेत्री बताउँछन्।
सौर्य एयरलाइन्सँग दुई वटा जेट विमान छ। दुई वटा जहाजमध्ये एउटा जहाज भने लामो सयमदेखि ग्राउन्डेड भएको छ भने एउटा जहाज उडान गर्न मिल्ने अवस्थमा छ।
एयरलाइन्सले नेपालगञ्ज, विराटनगर, धनगढी, भैरहवा र भद्रपुरमा उडान गर्न पाउनेगरी अनुमति समेत लिएको छ। साथै एयरलाइन्सले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट टर्वो जहाज खरिदका लागि अनुमति समेत लिइसकेको छ।
यसैगरी विमानस्थल कार्यालयलाई ‘विमानस्थल सेवा शूल्क’ बापतको बक्यौता चुक्ता नगरी नेकोन एयर र कस्मिक एयर पनि सम्पर्क भन्दा बाहिर भइसकेका छन।
नेकोन एयरका लगानीकर्ता दीपमणि राजभण्डारी हुन् भने कस्मिक एयरका रवीन्द्रप्रसाद प्रधान।
अहिले दुई वटै एयरलाइन्सको उडान अनुमति समेत खारेज भइसकेको छ। तर, एयरलाइन्स कम्पनीले ८ करोडभन्दा बढी बक्यौता तिरेका छैनन्। विमानस्थल कार्यालय र नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि रकम असुलीमा कुनै चासो देखाएका छैनन्।
विमानस्थल कार्यालयका अनुसार बन्द नेकोन एयरले विमानस्थल सेवा शुल्क बापतको ४ करोड ६३ लाख ८५ हजार ५३ रुपैयाँ तिर्न बाँकी छ। नेकोन एयर २०६२ पुषमा बन्द भएको थियो। प्राधकिरणका अनुसार कस्मिक एयर २०६९ सालको मंसिर महिनादेखि बन्द छ।
एयरलाइन्सले विमानस्थल कार्यालयलाई विमानस्थल सेवा शूल्क बापतको ३ करोड ३३ लाख १२ हजार ९ सय ६ रुपैयाँ बक्यौता रकम चुक्ता गरेको छैन।
यसैगरी निजी हवाई सेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले पनि विमानस्थल कार्यालयलागि विमानस्थल सेवा शूल्क वापतको झन्डै १६ करोड रुपैयाँ रकम लामो समयदेखि तिर्न सकेको छैन। एयरलाइन्सले यही माघ ३ गते बाँकी बक्यौता तिर्नको लागि एक महिनाको समय पाएको छ।
नेपाल-चीन संयुक्त लगानीमा २०१४ अगष्टमा स्थापित हिमालय एयरलाइन्सले अन्तर्रा्ष्ट्रिय हवाइ सेवा प्रदान गर्दै आएको छ। पछिल्लो सयम हिमालय एयरलाइन्सले यही कात्तिक १ गतेदेखि काठमाडौं–चोङकिङमा चार्टर उडानमार्फत सिधा उडान गरिरहेको छ।