श्रेष्ठ कार्यदलको सुझावले सेयर बजारमा उत्साह, पौने २ घण्टामै ४१ करोडको कारोबार




काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ नेतृत्वको टोलीले ‘मुद्रा तथा पुँजी बजारमा देखिएका प्रबृत्तिहरुको समग्र अध्ययन गरी वित्तीय स्थायित्व कायम गर्न एबम् औद्योगिक तथा पँजी बजारमा लगानीका लागि देखिएका समस्याहरु पहिचान गरी सुझाव’ दिएपछि सेयर बजारमा उत्साह देखिएको छ ।

कार्यदलले अर्थमन्त्री डा. युवराज खतिवडालाई दिएको ५८ बुदे सुझाव गत शुक्रबार अर्थमन्त्रालयले सार्बजनिक गरेको छ । सो सुझाव सार्बजनिक भएपछि आइतबार खुलेको सेयर बजारमा पौने १ बजेसम्ममा नै ४१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भइसकेको छ ।

यो समाचार तयार पारिरहदासम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक १७.८१ अंकले बढेको छ ।

सो समयसम्ममा बैंकिङ समुहको सुचक १६.१२ अंकले, होटल समुहको सुचक २३.६८ अंकले, विकास बैंक समुहको सुचक १६ अंकले र जलविद्युत कम्पनी समुहको सुचक २४.४२ अंकले बढेको छ । यस्तै वित्त कम्पनी समुहको सुचक ४ अंकले, निर्जीबन बीमा कम्पनी समुहको सुचक १३८.१९ अंकले, अन्य समुहको सुचक ७.८९ अंकले, लघुवित्त कम्पनी समुहको सुचक ३०.८ अंकले र जीबन बीमा समुहको सुचक १११.९९ अंकले बढेको छ ।


क्लिकमान्डु