टिभीको रिमोर्ट चलाउँदा आएको आइडिया, जसले खडा गर्यो ५ अर्ब डलरको कम्पनी



मोबाइल एपबाट होटलको कोठा बुक गर्ने कम्पनी ओयोले १ अर्ब अमेरिकी डलर फण्ड जुटाउने घोषणा गरेको छ । यसको साथै कम्पनी भ्यालुएसन ५ अर्ब अमेरिकी डलरको भएको छ ।

यो मूल्यांकनसँगै ओहियो भारतीय स्टार्टअपको लिस्टमा तेस्रो ठूलो कम्पनी बनेको छ । पहिलो कम्पनी २० अर्ब अमेरिकी डलरको फ्लिपकार्ट र १० अर्ब अमेरिकी डलर पेटिएमपछि तेस्रो ठूलो कम्पनी बनेको छ ।

यो कम्पनीका संस्थापक रितेश अग्रवाललाई ओहिओ खोल्ने आइडिया टेलिभिजनको रिमोर्ट कन्ट्रोलबाट आएको थियो ।

ओयोले यो पैसाबाट चीन र विश्वका अन्य देशमा कारोबार बढाउने छ । जसबाट कम्पनीको बजार पुँजीकरण ५ अर्ब अमेरिकी डलर भएको छ । कम्पनीलाई सफ्ट बैंक,भिजन फण्ड,सिक्वोवा क्यापिटल जस्ता भेन्चर क्यापिटलले ८० करोड अमेरिकी डलर लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् भने अन्य कम्पनीले २० करोड अमेरिकी डलर लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

ओयो रुमका फाउन्डर रितेश अग्रवालले विश्वविद्यालयको डिग्री बिना यो सफलता हासिल गरेका छन् ।

५ वर्ष अगाडि २४ वर्षको उमेरमा उनले ओयो रुम सुरुवात गरेका थिए । भारतको उडिसामा सिम कार्ड बेच्ने गर्थे आज उनले अर्बैको व्यापार खडा गर्न सफल भएका छन् ।

उनलाई बिजनेशको आइडिया भने टिभी हेर्दा रिमोर्ट कन्ट्रोलबाट आएको हो । उनले टिभीको रिमोट कन्ट्रोल गरेजस्तै घरमा बसेर ग्राहकले होटल खोज्न सक्ने कुरा सोचे । यही आइडिया नै ओयो रुमको सुरुवात हो ।

उनले सुरुवाती दिनमा गुडगाउँमा पहिलो होटल सुरु गरे । त्यो बेला उनले हाउसकिपिङ,सेल्स सिइओ सबैको काम गरे । उनी ओयोरुमको ड्रेस लगाएर ग्राहकलाई कोठा देखाउने गर्थे । उनलाई कतिपटक ग्राहकलले टिप्स पनि दिने गर्थे ।

रितेश विश्वका चर्चित अर्बपति जस्तै विश्वविद्यालयको पढाई बीचमा नै छाड्नेमा पर्छन् । तर,उनले अहिले २० जना आईआईएम र २०० जना आईआईटीबाट पास भएकाहरुलाई नेतृत्व प्रधान गर्छन् । सफ्ट बैंकले भिजन फण्ड अन्तर्गत ओयोमा लगानी गरेको थियो । अहिले ओयो रुमसँग १ लाख कोठा छन् । हरेक महिना १० हजार कोठा थपेका छन् । ओयो रुम नेक्स्ट जेनरेशन होटल चेन हो जसले इन्टरनेटको माध्यमबाट सेवा उपलब्ध गराएको छ ।

रितेश अग्रवालको परिवार व्यवसायमा नै संलग्न थियो । सन् २०११ मा दिल्ली आएका उनले इन्जिनियरिङ कलेजको प्रवेश परिक्षा छाडेर लण्डन विश्वविद्यालय गएका थिए । उनले १८ वर्षको उमेरमा ओरावल स्टे बनाएका थिए । जुन एयरबिएनबीको इण्डियन भर्सन थियो ।

तर, उनलाई अनुमान गरे अुनसारको सफलता मिलेको थिएन ।

त्यही समय रितेशललाई १ लाख अमेरिकी डलरको थील फेलोसिप पाएका थिए । पिटर थिल पेपलका संस्थापक हुन् । जसले २० वर्षको उमेरमा कलेज छाडेर व्यवसाय गर्न खोज्ने युवाको सोचमा लगानी गर्छ । उनले त्यो फेलोसिपको पैसा ओयो रुममा लगाएका थिए । बिजेशन भाष्करबाट


क्लिकमान्डु